पुस १६, २०८०
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
काठमाडाैं | पुस १३, २०८०
अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा होटल पौवाले भैरहवा शाखामा न्यु इयर इभ २०२४ गर्ने भएको छ ।
नेपाली स्वाद, नेपाली संस्कृति र रैथाने परिकारको ब्रान्डिङ गर्दै आएको पौवाले आफ्नो ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्न भैरहवामा न्यु इयर इभ गर्न थालेको हो ।
होटल पौवाका अनुसार पुस १५ गते साँझ आयोजना हुने इभमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा र आधुनिक संगीत क्षेत्रकी चर्चित गायिका रचना रिमालको प्रस्तुति रहने छ भने अमित बरालको ब्याण्डसहित स्थानीय कलाकारहरूले इभमा मनोरञ्जन प्रदान गर्नेछन् ।
प्रवेश निःशुल्क रहने इभमा प्रवेश गर्ने ग्राहकहरूका लागि एकै पटक १ हजार जनालाई पूर्ण सेवा दिन सकिनेगरि व्यवस्थापन गरिएको पौवाका जनसम्पर्क तथा ब्रान्ड प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।
नेपाली परिकार र परम्परागत नेपाली सत्कारलाई आत्मसाथ गर्दै सेवा प्रदान गर्दै आएको पौवाले अंग्रेजी नयाँ वर्षमा पनि सम्पूर्ण नेपालीपाराको सत्कार, परिकार र सेवा प्रदान गर्ने तयारी गरिएको पौवा भैरहवाका प्रबन्धक गिरीराज पाण्डेले बताए ।
पौवाले नेपाली चाडपर्व, भाषा संस्कृति विशेष र जनजातीहरूको मौलिक परम्पराहरूमा विशेष कार्यक्रम गर्दै आएको छ । नेपाली हस्पिटालिटीको मुल उद्देश्यका साथ २०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका विभिन्न स्थानमा १२ वटा शाखा रहेका छन् भने १३ औं शाखाका रुपमा नेपालगन्जमा निर्माण कार्य सुरु गरिएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवाली बताउँछन् ।
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...