कात्तिक १७, २०८०
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा आज भएको फाइनल खेलमा पर्सा ११ लाई ९९ रनको फराकिलो अन्तरले स्तब्ध पार्दै पुलिस क्लबले उपाधि चुमेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रनको योगफल जोडेको थियो । पुलिसका लागि करण केसीले अविजित ४० रन, अर्जुन साउद २६ रन, शङ्कर राणाले १९ रन, दिलीप नाथले १७ रन र कप्तान आरिफ शेखले १६ रनको योगदान दिए ।
पर्सा ११ का सैफुल्ला अन्सारी र पवन सर्राफले समान दुई/दुई विकेट र रुपेश सिंह र रञ्जित कुमारले समान एक/एक विकेट लिए । प्रतिउत्तरमा एक सय ४६ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको पर्सा ११ ले ११ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४५ रन मात्र बनाउन सक्यो ।
पर्सा ११ का अनिल साहले १३ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । पुलिसका सागर ढकालले चार विकेट, ललित राजबंशी र रसिद खानले समान दुई/दुई विकेट तथा शेर मल्ल र करण केसीले समान एक/एक विकेट हात पारे। फाइनल प्रतियोगिताको म्यान अफद म्याच पुलिसका करण केसी घोषित भए । प्रतियोगिताको उपाधिसँगै पुलिस क्लबले रु पाँच नगद तथा कप हात पारेको छ भने उपविजेता पर्सा ११ ले रु तीन लाख नगद तथा कपमा चित बुझाएको छ । प्रतियोगितापश्चात आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंहले पुरस्कार प्रदान गरे ।
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...