×

NMB BANK
NIC ASIA

क्रिकेट विकासमा भारतीय सहयोगको आशा

नेपाली क्रिकेटलाई भारतीय सहयोगको आश्वासन: जयशंकरले भने– 'नोएडामा म आफैं स्वागत गर्छु'

सहयोग मागसम्बन्धी ठोस प्रस्ताव तयार पार्दै क्यानका सचिव पारस, शुक्रवार भारत पठाइने

काठमाडाैं | पुस २५, २०८०

NTC
जयशंकर र क्यान पदाधिकारी तथा खेलाडीहरूको भेट
Premier Steels

नेपाली क्रिकेटको विकासमा सघाउन भारत तयार देखिएको छ । भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकर (एस जयशंकर) गत साता नेपाल आएका बेला नेपाली क्रिकेटलाई अगाडि बढाउन सहयोग गर्ने वाचा गरेका हुन् ।

Muktinath Bank

नेपाल भ्रमणका क्रममा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी तथा राष्ट्रिय टीमका कप्तानसहित खेलाडीहरूसँगको भेटमा जयशंकरले सहयोगका लागि ठोस प्रस्ताव समेत मागेको खुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द्वारिकाज् होटलमा बिहीबार साँझ सवा ६ देखि ७ बजेसम्म भएको भेटमा जयशंकरले के कस्तो सहयोग चाहिएको हो, त्यसबारे ठोस प्रस्ताव पठाउन आग्रह गरेको क्यानका उपाध्यक्ष रोशन सिंहले लोकान्तरसँग बताए ।


Advertisment
Nabil box
Kumari

'उहाँले के कस्तो सहयोग चाहिएको हो, त्यस विषयमा ठोस प्रस्ताव पठाउनुहोस्, भारत सरकार र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सहयोगका लागि तयार छ भन्नुभयो,' सिंहले लोकान्तरसँग भने ।

Vianet communication

भेटवार्तामा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको विकासमा भारत सरकारका तर्फबाट सहयोगको अपेक्षा गरेका थिए ।

'नेपालको त्रिभुवन विश्वविद्यालयको मैदान सन् १९९९६ मा भारतकै जी टीभीले बनाएर हस्तान्तरण गरेको प्रसंग अध्यक्षज्यूले सुनाउनुभएको थियो,' सिंहले उक्त भेटवार्ताको प्रसंगमा थपे, 'फ्लड लाइट जडान गर्नेदेखि अन्य सहयोगका लागि समेत उहाँले आग्रह गर्नुभयो ।'

टीयू ग्राउन्डमा अन्तर्राष्ट्रिय स्तरको एकदिवसीय खेल र टी- २० अन्तर्राष्ट्रिय खेल समेत भइरहेको बारे चन्दले जानकारी गराएका थिए ।

भारतमा होम ग्राउन्डको प्रसंग

भेटका क्रममा नेपाली क्रिकेट टीमलाई भारतमा 'होम ग्राउन्ड' उपलब्ध गराउने विषयमा समेत कुराकानी भएको उपाध्यक्ष सिंहले खुलाए ।

भारतले अफगानिस्तानलाई 'होम ग्राउन्ड' उपलब्ध गराएर अहिलेको स्थितिसम्म ल्याएको प्रसंग उल्लेख गर्दै क्यानका सचिव पारस खड्काले नेपाललाई पनि त्यस किसिमको सहयोग गर्न प्रस्ताव राखेको सिंहले बताए ।

'सचिवज्यूले नेपाललाई पनि होम ग्राउन्ड उपलब्ध गराएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन दिन आग्रह गरेपछि विदेशमन्त्रीज्यू (जयशंकर)ले त्यसका लागि तयार रहेको बताउनुभयो,' उपाध्यक्ष सिंहले भने ।

टी-ट्यान्टी विश्वकपको तयारीका लागि समेत भारतमा ग्राउन्ड उपलब्ध गराउने विषयमा कुरा भएको सिंहले जानकारी थिए ।

'तत्काल टी-२० वर्ल्डकपको तयारीका लागि भारतको राजधानी दिल्लीसँगै टाँसिएको उत्तर प्रदेशको नोएडा क्रिकेट ग्राउन्ड उपलब्ध गराउन तयार छु । खेलाडीहरूलाई म आफैं मैदानमा स्वागत गर्न आउँछु भन्ने उहाँ (जयशंकर)को कुरा थियो,' सिंहले थपे ।

त्यसक्रममा जयशंकरले सचिव पारस खड्काको प्रशंसा समेत गरेका थिए ।

'तपाईं पहिले क्रिकेटर हुनुहुन्थ्यो । नेपाल क्रिकेट टीमको नेतृत्व गरेको मान्छे अहिले क्रिकेट बोर्डमै पदाधिकारी हुनुभएको रहेछ । यो धेरै राम्रो कुरा हो । नेपाली क्रिकेटको विकासका लागि तपाईंहरूसँग सहकार्य गर्न तयार छौं भनेर उहाँले भन्नुभयो,' सिंहले लोकान्तरसँग भने ।

जयशंकरसँग हिन्दी भाषामै कुराकानी भएको उनले खुलाए ।

'उहाँ (जयशंकर)ले आफैं पहल गरेर हाम्रो अध्यक्षज्यूसँग भेटको समय मिलाउनु भएको थियो,' सिंहले थपे, 'भारतको विदेशमन्त्रीको तहबाट यसरी पहल लिनु नेपाली क्रिकेटको विकासमा धेरै ठूलो कुरा हो ।'

त्यसक्रममा आफूले नेपाल-भारत सम्बन्धको चर्चा गर्दै सहयोगका लागि आग्रह गरेको सिंहले जानकारी दिए ।

भारतीय विदेशमन्त्रीसँगको भेटपछि क्यान अध्यक्ष चन्दले सचिव खड्कालाई प्रस्ताव तयार पार्ने जिम्मा दिएका छन् । आवश्यक सहयोग माग्ने विषयमा सचिव खड्काले प्रस्ताव तयार पारिरहेको सिंहले खुलाए ।

'सचिवज्यूले प्रस्ताव तयार गरिरहनुभएको छ । आगामी शुक्रवार भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई सहयोगको प्रस्ताव पठाउँछौं,' सिंहले लोकान्तरसँग भने ।

भेटमा क्यानका अध्यक्ष चन्द, उपाध्यक्ष सिंह, सचिव खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का, नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल तथा खेलाडीहरू सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, अविनाश बोहोरालगायत सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x