×

NMB BANK
NIC ASIA

जेनेरल म्यानेजर नियुक्तिमा चलखेल

क्यानमा गडबडी– पारसले आफ्नै संस्थाका डाइरेक्टरलाई बनाए जीएम

काठमाडाैं | माघ २, २०८०

NTC
Premier Steels

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)को जेनेरल म्यानेजर (महाप्रबन्धक) नियुक्ति विवादमा परेको छ ।

Muktinath Bank

क्यानका सचिव पारस खड्काले स्वार्थ बाझिने गरी आफ्नै संस्थाका डाइरेक्टर उत्सव ढुंगानालाई जीएम पदमा नियुक्ति दिलाएको भन्दै विवाद भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्षिक १ मिलियन डलर (१३ करोडभन्दा बढी) बजेट चलाउने जेनेरल म्यानेजर पदमा खड्काले आफू बोर्ड मेम्बर रहेको गैरसरकारी संस्था 'बलियो नेपाल'मा काम गरिरहेका ढुंगानालाई नियुक्ति दिलाएका हुन् ।


Advertisment
Nabil box
Kumari

बलियो नेपालले खेलकुदसम्बन्धी विभिन्न गतिविधि, खेलकुद प्रतियोगितामा स्पोन्सर तथा आयोजनालगायतका काम गर्दै आएको छ ।

Vianet communication

क्यानमा नियुक्ति पाएकै दिनसम्म आफू बलियो नेपालमा डाइरेक्टर रहेको ढुंगाना स्वयंले स्वीकारिसकेका छन् । सचिव खड्का भने बलियो नेपालमा 'एक्जुकेटिभ बोर्ड मेम्बर' छन् ।

बलियो नेपालको वेबसाइटमै पारसको नाम उल्लेख छ ।

बलियो नेपालको वेबसाइटमा पारस र विवरण

आजको मितिसम्म पनि बलियो नेपालमा बोर्ड मेम्बर छन् पारस । आधिकारिक वेबसाइटबाट आज लिइएको स्क्रीन शट

एक मिडियामा पारसले बलियो नेपालको बोर्ड मेम्बरकै रूपमा प्रतिक्रया समेत दिएका छन् ।

बलियो नेपालको कार्यक्रममा पारस खड्का

क्यानका पूर्व म्यानेजर वृत्तान्त खनाल पनि म्यानेजर नियुक्तिमा सचिव खड्काको स्वार्थ बाझिने बताउँछन्।

'ढुंगानाले नियुक्त भएकै दिन एक अन्तर्वार्तामा बलियो नेपालमा आबद्ध रहेको भनेर स्वीकार गरिसक्नुभएको छ,' पूर्व म्यानेजर खनालले लोकान्तरसँग भने, 'अहिले प्रश्न उठेपछि ब्याक डेटमा राजीनामा गरेर देखाउन खोजिएको छ । उहाँले कागजमा ब्याक डेटमा दिएको राजीनामाले हुँदैन, इमेलसहितको आधिकारिक प्रमाण पेस गर्नुपर्ने हुन्छ ।'

उत्सव ढुंगानासम्बन्धी विवरण बलियो नेपालको बेवसाइटमा अहिले पनि भेटिन्छ ।

प्रश्न उठिसकेपछि क्यान सचिव खड्काले पनि आफू बलियो नेपालमा आबद्ध नरहेको पुष्टि गराउन सक्नुपर्ने उनले बताए ।

म्यानेजर नियुक्तिका विषयमा जिज्ञासा राख्दा सचिव खड्काले सबै प्रक्रिया पूरा गरेर नियुक्त गरिएको बताए ।

'सबै प्रक्रिया पूरा गरेर नियुक्ति भएको हो, धेरै टेन्सन नलिनुहोला,' एसएमएसमार्फत दिएको प्रतिक्रियामा खड्काले भने ।

तपाईंको स्वार्थ बाझियो नि भन्ने प्रश्नमा खड्काले 'इन्डिपेन्डेन्ट कमिटी'ले छनोट गरेको प्रतिक्रिया दिए । 'उहाँले त्यो संस्था छाडेको ७/८ महिना भैसक्यो । क्रिकेटमा काम गरेको प्रोफाइल, पढाइ, इंग्लिश/नेपाली भाषा, परीक्षा तथा अन्तर्वार्तामा सबैभन्दा बढी माक्स ल्याएर सेलेक्ट हुनुभएको हो । स्वतन्त्र समितिले उहाँलाई छनोट गरेको हो,' खड्काले लोकान्तरसँग भने ।

वृत्तान्त खनालले असार १४ गते पदबाट राजीनामा गरेका थिए । क्यान अध्यक्ष चतुरबहादुर चन्दले असार १५ गते राजीनामा स्वीकृत गरेपछि म्यानेजर पद रिक्त थियो ।

क्यान अध्यक्ष चन्दले राजीनामा मागेपछि आफू क्यानबाट बिदा भएको खनालले बताए । 'अध्यक्षले मेरो राजीनामा माग्नुभएको थियो । क्यानभित्रकै केही आर्थिक कारोबार तथा लेनदेनका विषयमा इस्यु आएको थियो,' खनालले लोकान्तरसँग भने, 'त्यसपछि स्वेच्छाले राजीनामा दिएर बाहिरिएँ ।'

क्यानभित्र आर्थिक हिसाबकिताबमा गम्भीर प्रश्न रहेकाले त्यसको पनि छानबिन हुनुपर्ने खनाल बताउँछन् । 'वार्षिक १ मिलियन डलर अर्थात् १३ करोडभन्दा बढीको आर्थिक कारोबार क्यानमा हुन्छ,' खनालले थपे ।

मासिक डेढ लाख रुपैयाँसम्म पारिश्रमिक दिइने क्यान म्यानेजरको भूमिका धेरै ठूलो हुन्छ । 'क्यान म्यानेजरको मुख्य काम नै व्यवस्थापनको हो । आर्थिक व्यवस्थापनको काम होस् वा स्पोन्सर खोज्ने काम नै किन नहोस्, क्यानभित्र रहेको आन्तरिक  तथा बाह्य आर्थिक स्रोतलाई परिचालन गर्ने सबै काम म्यानेजरले नै गर्छ,' पूर्व म्यानेजर खनालले लोकान्तरसँग भने, 'क्यानमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को सम्पर्क व्यक्ति र करेस्पोन्डेन्ट पनि म्यानेजर नै हुन्छ ।'

क्यान नै कुनै गैरसरकारी संस्थाको कब्जामा पुग्ने हो कि भन्ने उनको चिन्ता छ ।

'बलियो नेपालका मालिक सीजी ग्रुपका निर्वाण चौधरी हुन् । विगतमा पारस खड्का बोर्ड सदस्य थिए,' खनालले लोकान्तरसँग भने, 'अहिले पनि अनिल केशरी शाह बलियो नेपालका बोर्ड सदस्य छन् । पारस खड्का सचिव बनेर आएपछि शाहलाई कुनै एक म्याचमा अतिथि बनाएर खेलाडीलाई म्यान अफ द म्याचको उपाधि दिलाएजस्तै भोलि क्यान नै गैरसरकारी संस्थाको कब्जामा पुग्ने वा राष्ट्रिय स्वतन्त्र पार्टीका लागि काम गर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।'

बलियो नेपालका बोर्ड मेम्बर शाह अहिले रास्वपाका नेता समेत हुन् । स्पोन्सरशिपदेखि हरेक आर्थिक गतिविधिमा आशंका उब्जिने अवस्था आएको उनले बताए ।

'एउटा प्रतियोगिताको टेलिभिजन राइट दिँदा मात्र कम्तीमा डेढदेखि दुई करोड रुपैयाँ मुनाफा हुन्छ,' उनले थपे, 'निर्वाण चौधरीले हात नहालेको कुनै क्षेत्र नै छैन । भोलि कुनै पनि स्पोन्सरशिप बलियो नेपाल वा उसको साझेदार संस्थालाई दिइयो भने के हुन्छ ?'

बलियो नेपालमा पारस खड्का आबद्ध रहेकै बेला क्यानसँग सहमति नलिई क्रिकेट प्रतियोगिताहरू आयोजना गरिसकेको हुँदा बलियो नेपालमा आबद्ध व्यक्तिलाई क्यानको म्यानेजर बनाउनुले सिधा स्वार्थ बाझिने उनले बताए ।

आवेदकहरूले पनि उठाए प्रश्न

क्यानले क्रिकेट म्यानेजर पदका लागि सन् २०२३ को नोभेम्बर २३ मा सूचना प्रकाशित गरेको थियो । एमबीए वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेको हुनुपर्ने शैक्षिक योग्यता निर्धारण गरिएको थियो ।

खेल क्षेत्रमा कम्तीमा ७ वर्षको नेतृत्व अनुभव, कर्पोरेट सुशासन वा नीतिगत क्षेत्रमा अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख थियो ।

null

उक्त सूचनामा आवेदन दिएका व्यक्तिहरू आफूहरूलाई कुनै सोधखोज समेत नगरी अचानक कुनै व्यक्तिलाई नियुक्त गरेको भनेर सामाजिक सञ्जालमा आएको बताउँछन् ।

'हामीलाई छनोट गर्नु/नगर्नु क्यानको कुरा होला, तर किन छनोट भइएन भन्ने कुरामा त कम्तीमा क्यानजस्तो संस्थाले आवेदकलाई केही न केही जानकारी गराउनुपर्थ्यो,' म्यानेजर पदमा आवेदन दिएका एक आवेदकले लोकान्तरसँग भने, 'रिजल्टका लागि हामी कुरेर बसिरहेका थियौं, अचानक एकदिन क्यानका सचिवले आफ्नो मान्छे उत्सव ढुंगानालाई नियुक्त गरेको कुरा आयो । क्यानको फेसबूक पेज र इन्स्टाग्राममार्फत थाहा पायौं ।'

विज्ञापनमा उल्लेख भएअनुसार योग्यता पुगे पनि परीक्षा वा अन्तर्वार्ता केही नलिइएको उनको गुनासो छ ।

'मैले सबै योग्यता पुगेको छ । ठीक छ, मेरो क्राइटेरिया मीट भएन होला, तर त्यसबारे क्यानले कम्तीमा हामी आवेदकलाई जानकारी त गराउनुपर्थ्यो होला नि !'

उत्सव ढुंगानाको ब्याकग्राउन्ड के हो, पढाइलेखाइ कति हो, स्पोर्ट्समा के कति एक्सपर्टिज छ, अन्य खेलमा के कति योगदान गरेको छ भन्ने कुरा क्यानले सार्वजनिक गर्नुपर्ने उनले बताए ।

नियुक्ति प्रक्रिया पारदर्शी नभएको तथा स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गरेको भन्दै अन्य आवेदकहरूले पनि प्रश्न उठाएका छन् ।

तर, क्यान अध्यक्ष चतुरबहादुर चन्द भने बलियो नेपालमा आबद्ध हुँदैमा नियुक्त गर्नु हुँदैन भन्न नमिल्ने बताउँछन् ।

'प्रक्रियालाई फलो गरेर नै महाप्रबन्धक नियुक्त गरिएको हो । क्यानलाई राम्रो गर्न सक्ने व्यक्तिलाई छानिएको हो । बलियो नेपालसँग आबद्धता भएकै आधारमा छान्न नहुने भन्ने हुँदैन,' चन्दले लोकान्तरसँग भने, 'आईसीसीको फन्डबाट म्यानेजरको पारिश्रमिक दिइने हुँदा यसमा बेकारको प्रश्न उठाएर विवादित बनाउने काम भइरहेको छ ।'

जेनेरल म्यानेजर पदका लागि दुईपटक भ्याकेन्सी आह्वान गरिएको थियो ।

'पुरानो भ्याकेन्सीमा ७ जना र नयाँ भ्याकेन्सीमा ६१ जना गरी कुल ६८ जनाले आवेदन दिनुभएको थियो,' चन्दले लोकान्तरसँग थपे, 'त्यसमध्ये हामीले १४ जनालाई सर्ट लिस्ट गरेर लिखित परीक्षाका लागि बोलाएका थियौं ।'

त्यसमध्ये ११ जनाले मात्र परीक्षा दिएको उनले बताए ।

'११ जनाले लिखित परीक्षा दिएकोमा ७ जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएका थियौं,' चन्दले भने, 'त्यसमध्ये हामीलाई राम्रो लागेका उत्सव ढुंगानालाई नियुक्त गरेका हौं ।'

ढुंगानालाई अहिले २ वर्षको लागि नियुक्त गरिएको तथा आपसी समझदारीमा पारिश्रमिक तय गरिने उनले खुलाए ।

'आईसीसीले त ५ जनालाई मात्र अन्तर्वार्तामा बोलाउन भनेको थियो, तर हामीले ७  जनालाई बोलाएका थियौं,' उनले थपे, 'बलियो नेपालमा आबद्ध हुने मान्छे क्यानको जीएम बन्न हुँदैन भन्ने प्रश्न नै गलत हो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x