×

NMB BANK
NIC ASIA

विमानस्थलमा नयाँ सुरक्षा व्यवस्था

विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्रः एक्सरे मशिन थपियो, जुत्ता–कपडा नै खोलेर चेकजाँच

काठमाडाैं | माघ ३, २०८०

NTC
Premier Steels

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सशस्त्र प्रहरी बल खटाइएको छ । माघ १ गतेदेखि सशस्त्र प्रहरीले विमानस्थलको भन्सार कार्यालयलाई सहयोग गर्दै आएको छ ।

Muktinath Bank

देशभरका सीमा नाकामा भन्सारलाई सहयोग गर्दै आएको सशस्त्रलाई विमानस्थलमा पनि चेकजाँचमा खटाउने निर्णय गृह मन्त्रालयले पुस २६ गते गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सशस्त्र प्रहरीलाई खटाउने भनेपछि उहाँहरू खटिनुभएको हो,’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सारक टोकराज पाण्डेले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

पुस १६ गते अर्थ मन्त्रालयले स्वीकृति दिएपछि गृह मन्त्रालयले निर्णय गरेको थियो । 

Vianet communication

विमानस्थलमा साउन २ गते ६०.७१६ केजी सुन स्कूटर र मोटरसाइकलको ब्रेक शूमा राखेर तस्करी भएको थियो । त्यसभन्दा अगाडि विद्युतीय चुरोट (भेप)मा राखेर ९ केजी सुन तस्करी र पछिल्लो समय १४ केजी सुन तस्करी भएपछि विमानस्थलको भन्सार चेकजाँचमा सुरक्षा निकायको उपस्थिति हुनुपर्ने आवाज उठेको थियो । चर्को दबाबपछि सरकारले देशका अन्य ठाउँमा भन्सारलाई सहयोग गर्दै आएको सशस्त्र प्रहरीलाई विमानस्थलमा पनि राख्ने निर्णय गरेको हो ।

प्रमुख भन्सारक पाण्डेका अनुसार अहिले विमानस्थलमा सशस्त्र प्रहरी इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली खटिएको छ । त्यो टोलीले आगमन कक्षमा रहेका ४ वटा एक्सरे मशिनसहितमा बसेर चेकजाँचको काम गरिरहेका छन् । भन्सारले पछिल्लो समय आगमन कक्षमा नयाँ एक्सरे मशिन जडान गरेको छ ।

एक्सरे मशिनसँगै सशस्त्रले प्रत्येक शिफ्टमा ५ जनालाई चेकजाँचमा खटाइएको छ । उनीहरूलाई ३ शिफ्टमा सुरक्षामा खटाइएको प्रमुख भन्सारक पाण्डेले लोकान्तरलाई बताए ।

‘अहिले प्रत्येक शिफ्टमा ५ जनाले चेकजाँच गरिरहनुभएको छ,’ पाण्डेले भने । 

पाँचजनामा १ जना कमान्डर तथा महिलासहित अन्य प्रहरी कर्मचारी हुन्छन् । यसअघि चेकजाँचको काम गर्दै आएका सेक्युरिटी गार्डहरूलाई भने हटाइएको छ ।

जुत्ता फुकालेर जाँच गर्दै सशस्त्र प्रहरी

विमानस्थलमा चेकजाँचमा खटिएका सशस्त्र प्रहरीले शंका लागेको खण्डमा जुत्ता समेत खोलेर चेकजाँच गर्न थालेका छन् । विमानस्थलमा ओर्लिएर भन्सार हुँदै एक्सरे मशिनबाट बाहिरिनुपर्छ ।

मशिनमा हरियो बत्ती नबलेसम्म बाहिर निस्किन दिइँदैन । आवश्यक परेको खण्डमा शरीरमा भएका सबै सामानहरू र ब्यागेजमा भएका सामान पनि चेकजाँच भइरहेको छ ।

‘शंका लागेको खण्डमा हामीले तलदेखि माथिसम्मका सबै कपडाहरू खोल्न लगाएका छौं । अधिकांशको जुत्ता समेत खोल्न लगाएका छौं । त्यो शंका लागेका व्यक्तिहरूलाई हो, सबैलाई भने होइन,’ सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीले लोकान्तरसँग भने । 

विमानस्थल भन्सारका प्रमुख भन्सारक टोकराज पाण्डेका अनुसार अहिले आउने यात्रुहरूको चेकजाँचका लागि ४ वटा मशिन चालू अवस्थामा छन् ।

‘अहिले हामीले विभिन्न तहमा ४ वटा एक्सरे मशिन जडान गरेर जाँच गर्दै आएका छौं,’ पाण्डेले लोकान्तरसँग भने, ‘ती मशिन जडान गरेपछि एकजना व्यक्ति सुरक्षा जाँचपास हुन अधिकतम १० मिनेट लाग्छ । शंकास्पद नभएमा कम समयमा पनि बाहिर आउन सकिन्छ ।’

एक नम्बर एक्सरेमा कर्मचारीहरू, विमानका क्याबिन क्रु, बिरामी र भीआईपीहरूको चेकजाँच हुन्छ  । दुई र तीन नम्बर एक्सरे मशिनबाट नियमित चेकजाँच हुन्छ, जसमा विमानस्थल ओर्लिएर बाहिर आउने प्रत्येक व्यक्तिको चेकजाँच हुने गरेको छ । चार नम्बरको एक्सरे मशिनबाट भीडभाडको समयमा चेकजाँच गरिने प्रमुख भन्सारक पाण्डेले लोकान्तरलाई बताए । 

नियमित जाँच हुने कुनै पनि एक्सरे मशिनबाट पास भएर बाहिर आउन सकिन्छ । तर, भारतबाट आउने यात्रुले भने तोकिएको एक्सरे मशिनबाटै जाँचपास भएर जानुपर्छ ।

‘भारतबाट आउने यात्रुलाई भने केही समय लाग्न सक्छ, किनकि उहाँहरूलाई एउटै एक्सरे मशिनबाट चेकजाँच गर्ने व्यवस्था छ,’ पाण्डेले लोकान्तरसँग भने ।

सुरक्षा जाँचमा ‘चेक एन्ड ब्यालेन्स’

विमानस्थलमा सशस्त्र खटाएपछि सुरक्षा जाँचमा ‘चेक एन्ड ब्यालेन्स’ भएको छ । विमानस्थलमा अहिले ६८ वटा एजेन्सीहरूले काम गरिरहेका छन् । त्यसमध्य मुख्यरूपमा सुरक्षा जाँच प्रहरीले गरिरहेको छ । 

प्रहरीका विमानस्थल सुरक्षा कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखा, लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी), मानवबेचबिखन ब्यूरो र इन्टरपोल नेपाल शाखा विमानस्थलमा सक्रिय छन् ।

थप सुरक्षाका लागि सशस्त्र प्रहरी आएपछि एक प्रकारको डर पैदा भएको विमानस्थलका अधिकारीहरू बताउँछन् । ‘सशस्त्र आएपछि एउटा छुट्टै प्रकारको डर पैदा भएको छ । अरूले नियमित काम गर्दा एकअर्कालाई चिनजान हुन्थ्यो, त्यसले गर्दा सेटिङमा सहज थियो, अहिले त्यो हुन सकेको देखिँदैन, त्यसकारण त्यस्ता कर्मचारी डराएका छन्,’ विमानस्थलमा खटिएका एक अधिकृतले लोकान्तरसँग भने ।

ती अधिकृतका अनुसार सशस्त्र प्रहरीले २ दिनअगाडि भन्सार विभागको सोफा लैजान समेत दिएको थिएन । ‘भन्सार विभागले सशस्त्र आएपछि सोफालगायतका सामानहरू विमानस्थलभित्र लैजान खोज्दा दिएको थिएन, पछि हामीले (टीआईए)सँग समन्वय गरेर लगेका थियौं,’ ती अधिकृतले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x