बैशाख १९, २०८१
महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् ।
मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा रहेर मन्त्रालयका कर्मचारीहरूको भ्रमण दलमा सामेल भएका हुन् । मन्त्री यादवले छोरा सुनिललाई उपसचिव सरहको सेवा सुविधामा स्वकीय सचिव नियुक्त गरेको पाइएको छ ।
खनेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिवहरू मिना श्रेष्ठ, अर्जुन गौतम, खानेपानी तथा ढल व्यवस्थापान विभागका महानिर्देशक कमलराज श्रेष्ठ, विभागका दुईजना सीडीईहरू रवीन्द्र पोखरेल र रतिश ओझासँगै मन्त्रीका छोरा (स्वकीय उपसचिव) सुनिल पनि भारत भ्रमणमा निस्किएका हुन् ।
खानेपानी मन्त्रालयका एक कर्मचारीका अनुसार सातजना कर्मचारीकाे टोली सात दिने भ्रमणका लागि बुधवार उडिसा प्रस्थान गरेकाे छ । ’उहाँहरू आजै काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली जानु भएको छ । दिल्लीलाई ट्रान्जिट बनाएर उडिसा जानु हुन्छ,’ ती कर्मचारीले लोकान्तरसँग भने,’ उताबाट उच्च तहका पाँचजना कर्मचारीको मात्र भ्रमणको निम्तो आएको थियो । मन्त्रीज्यूका छोरा सुनिललाई आमन्त्रण गरिएको थिएन । तर, उहाँले पनि जाने चासो देखाएपछि उपसचिव सरहका कर्मचारीको कोटामा उहाँलाई भ्रमण दलमा समावेश गरी पठाइएको हो ।’
यूएन हेबिट्याटले प्रायोजन गरेको तथा उडिसा प्रदेश सरकारले आयोजना गरेको ’इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एण्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा भाग लिन मन्त्रीपुत्रसहितको उक्त टोली भारत भ्रमणमा लागेको ती कर्मचारीले खुलाए ।
उक्त टोली माघ ८ गते स्वदेश फर्कने कार्यक्रम छ । उक्त भ्रमणको सबै खर्च आयोजक संस्थाले नै गर्ने गरी भ्रमण भएको उनले बताए ।
यसअघि प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूको विदेश भ्रमणमा राष्ट्रिय सतर्कता केन्द्रले रोक लगाएको थियो ।
सरकारी कोष वा नेपाल सरकारलाई दातृ निकाय–देशबाट कार्यालयको कामसँग सम्बन्धित सरकारी कर्मचारीहरूका लागि प्राप्त विदेश भ्रमणसम्बन्धी कोटामा मन्त्री–राज्यमन्त्रीले नियुक्त गरेका सल्लाहकार, स्वकीय सचिव (निजामती कर्मचारीबाहेक) जान लागेपछि राष्ट्रिय सतर्कता केन्द्रले रोक लगाएको हो ।
त्यस्ता सल्लाहकार तथा स्वकीय सचिवलाई विदेश भ्रमणमा खटाउँदा कार्यक्रममा वा दातृ निकायबाट पद नै तोकी माग भएका कर्मचारीहरूको हकमा सोहीबमोजिम र अन्यको हकमा कम्तीमा अधिकृतस्तरका कर्मचारीलाई मात्र पठाउने व्यवस्था मिलाउन भनी २०८० पुस २६ गते सबै मन्त्रालयमा परिपत्र गरिएको हो ।
यस विषयमा आफ्नोमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरीसहित आवश्यक पठाएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयबाट केन्द्रमा आवश्यक कारबाहीका लागि आएको थियो । यसलाई मध्यनजर गर्दै केन्द्रले २०८० पुस २४ गते सचिवस्तरीय निर्णय गरेर सबै मन्त्रालयमा परिपत्र गरेको थियो ।
२०८० मंसिर २० मा आफ्नोमा दर्ता भएको उक्त उजुरी अख्तियारले मंसिर २८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शासकीय सुधार महाशाखाले २०८० पुस ११ गते राष्ट्रिय सतर्कता केन्द्रमा पठाएपछि केन्द्रले उक्त निर्णय गर्दै विदेश भ्रमणमा रोक लगाएको हो ।
महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...