माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवल | माघ ६, २०८०
रुपन्देहीको कञ्चन गाउँपालिका–३ हरैयाँका निर्मल पौडेलका आँखाका दृष्टि जन्मदैदेखि कमजोर थिए । चिकित्सकका अनुसार उनका ‘लो भिजन’को समस्या थियो । १८ वर्षको उमेरमा पुग्दा त उनले यो भौतिक दुनियाँ कहिल्यै नदेख्ने बन्न पुगे । यस्तो गम्भीर समस्या आइपर्दा पनि उनले हरेस खाएनन् । आफ्ना भित्री आँखाका ज्योति तेज गर्ने अठोट गरे । यसै अठोट साथ उनले निरन्तर संघर्ष र मेहनत गरे । हाल ३५ वर्ष पुगेका निर्मलले पढाइमा अब्बल ठहरिँदै हालै माध्यमिक तहको शिक्षक सेवा अयोग उत्तीर्ण गरेका छन् । आँखाको ज्योति गुमेर के भयो र अहिले उनी शिक्षाको ज्योति फैलाइरहेका छन् । विद्यार्थीको रोजाइको शिक्षक बन्न सफल भएका छन् । फरक क्षमता भएका व्यक्ति पनि अन्यसरह जुनसुकै ठाउँमा पुगेर सफलता प्राप्त गर्न पछि पर्दैनन् भन्ने पुष्टि उनले गरेका छन् ।
माविमा नाम निकाल्नुभन्दा अघि निर्मल पहिलो प्रयासमै खुला प्रतिस्पर्धाबाट प्राविको शिक्षक बनेका थिए । पढाइमा सधैं उत्कृष्ट थिए उनी । शिक्षक सेवामा पनि खुला प्रतिस्पर्धामा अब्बल ठहरिए । ‘अध्ययनमा निपूर्णता कायम गर्न सकेमा दृष्टिविहीन पनि अन्यभन्दा कमजोर छैनन् । हरेकसँग प्रतिस्पर्धा गर्न सक्छन्,’ यसबारे उनी भन्छन्, ‘सरकारी सेवामा प्रवेश गर्ने प्रतिस्पर्धा चुनौतीपूर्ण छ । तर असम्भव भन्ने छैन । मानिसमा आँट र चाहना भए शारीरिक अपाङ्गताले पनि रोक्न सक्दैन ।’ निर्मलले विषयवस्तुले माग गरेअनुरूपका शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गर्ने गरेका छन् ।
...अनि शुरू भयो सरकारी सेवा यात्रा
निर्मलसँगै उनका दाजु विमल पौडेल पनि पढाइमा सानैदेखि अब्बल थिए । विद्यालय तह तिलोत्तमास्थित शान्ति नमूनामा अध्ययन गरेका निर्मलले ‘प्लस टू’ गाउँकै हरैया बहुमुखी क्याम्पसमा पढेँ । मुख्य विषय नेपाली लिएर उच्च शिक्षा थालेका उनले प्रथम श्रेणीमा ‘प्लस टू’ उतीर्ण गरी उनी स्नातक तह पढ्न बुटवल बहुमुखी क्याम्पस भर्ना भए । त्यहाँबाट स्नातक र स्नातकोत्तर तह प्रथम श्रेणीमा उत्तीर्ण गरी २०७१ मा औपचारिक रूपमा शिक्षालाई पूरा गरे । ‘मैले ‘प्लस टु’ र स्नातकोत्तर तहमा नेपाली ‘फयाकल्टी टप’ गरेको हुँ,’ गर्विलो पारामा उनले भने ।
आफूले शिक्षक बनेर शिक्षाको ज्योति फैलाउने लक्ष्य सानैदेखि लिएको निर्मल बताउँछन् । पढाइ पूरा गरेलगतै सैनामैनाको सालझण्डीस्थित महेरहवा देवी माविमा राहत शिक्षकको आवेदन खुलेको उनले थाहा पाए । त्यहाँ आवेदन दिएका उनी छनोट पनि भए । नेपाली विषय भए पनि निर्मलको कम्प्युटर सिकाइ र पढाइमा समेत रुचि थियो । यसर्थ त्यो बीचमा पढाइसँगै उनले कम्प्युटरमा आधारभूत र एड्भान्स कोर्ससमेत सकेका थिए । उनले ६, ७, ८ का विद्यार्थीहरूका लागि महेरहवामा कम्प्युटर विषय पढाउन थाले ।
त्यसो त निर्मललाई राहत शिक्षकको जागिर चित्त बुझिरहेको थिएन । यसले गर्दा उनी स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगको तयारीमा लागे । लगतै विस. २०७६ मा शिक्षक सेवा आयोगले विज्ञापन आह्वान गर्यो । सोही वर्ष उनले पहिलोपटक प्रावि शिक्षक सेवाका लागि परीक्षा दिए । अपाङ्गता ( दृष्टिविहीन) भए पनि उनले खुलातर्फबाट नाम निकाले । खुलाबाटै सिफारिस भए । ‘रुपन्देही जिल्लामा म खुलातर्फ २९ नम्बरमा सिफारिस भएँ,’ उनी भन्छन्, ‘प्राविमा स्थायी भएपछि आफ्नै गाउँको रुद्रपुर माविमा अध्यापन गराउन थाले ।’ चार वर्ष राहत शिक्षकमा सेवा गरेपछि निर्मलले प्रावि स्थायीमा नाम निकालेका थिए । त्यसपछि चारै वर्ष प्राविमा स्थायी जागिर खाएका निर्मल अहिले मावितर्फ ३ नम्बरमा नाम निकाल्न सफल भएका छन् । त्यो पनि खुलातर्फ नै ।
लुम्बिनी प्रदेशमा नेपाली विषयका लागि मागेको खुला चारवटा कोटामा उनले ३ नम्बरमा नाम निकाल्न सफल भएका हुन् । गएको महिनादेखि उनी बर्दियाको गुलरियास्थित नेपाल राष्ट्रिय सम्मुशरण माविमा पढाउन थालेका छन् । दृष्टिविहीन भएर पनि निर्मलले खुलातर्फ ३ नम्बरमा नाम निकालेर सिफारिस भएपछि अहिले सिंगो अपाङ्गता भएको समुदाय उनीप्रति गर्व महसुस गरिरहेको पाइएको छ । अरूका लागि पनि उनी प्रेरणाका पात्र बनेका छन् । मावि स्थायीका लागि नेपाली विषयमा पहिलो चरणमा १ हजार ३८ जनाले परीक्षा दिएका थिए । यस्तै दोस्रो चरणका लागि ३५५ जनाले परीक्षा दिएकोमा सबै प्रतिस्पर्धीलाई पराजित गर्दै उनी खुलातर्फ ३ नम्बरमा सिफारिस भएका हुन् ।
सहयोगी पुस्तक नकिनी निकाले नाम
निर्मल न्यून दृष्टिविहीन रहेकी गीता घिमिरेसँग विस २०७६ विवाहमा बाँधिएका थिए । अहिले उनीहरू दुई सन्तान छन् । श्रीमती गीताको पूर्ण सहयोगका कारण नै आफूले माविमा नाम निकाल्न सफल भएको उनी बताउँछन् । रोचक कुरा त के छ भने, उनले बजारमा प्रकाशन भएका आयोगका कुनै पनि किताब अहिलेसम्म किनेका छैनन् । बजारमा प्रकाशन भएका वा शिक्षक सेवाका लागि भन्दै निकालिएका गाइड हालसम्म नकिनेको लोकान्तरसँगको कुराकानीमा उनले बताए । सबै विषयवस्तु र पाठ्यक्रमअनुसार कम्प्युटरबाट ‘डाउनलोड’ गरेर सोहीअनुसार अध्ययन गरेको उनको भनाइ छ ।
‘कम्प्युटरको माध्यमबाट टेक्स रिडरको सहायताले नियमित रूपमा पढेँ’ उनी भन्छन्, ‘आफैंले कम्प्युटरमा नै नोट बनाएर परीक्षाको तयारी गरेको हुँ ।’ सफलताका लागि ठोस कुनै पनि ‘ट्रिक’ वा सूत्र नभएको निर्मण स्पष्ट पार्छन् । आयोगका प्रतिष्पर्धात्मक परीक्षाको तयारीका लागि नियमित रूपमा पाठ्यक्रममा आधारित भएर सबै विषय पढ्नुपर्ने र त्यसलाई तीन तहबाट विश्लेषण गर्नुपर्ने उनले भनाइ छ । ‘प्रतिष्पर्धात्मक परीक्षाका लागि पहिला इच्छाशक्ति, जाँगर र पढ्ने वातावारण चाहिन्छ । एउटा कुरालाई एक स्वरूपबाट भन्दा पनि त्रिकोणत्मक रूपमा विश्लेषण गरेर पढ्न आवश्यक छ,’ उनी भन्छन्, ‘पारिवारिक सहयोग, प्रेरणा र पढ्ने वातावरण भएमा जस्तासुकै परीक्षामा पनि सफल हुन सकिन्छ ।’
दृष्टिविहीन क्रिकेट खेलाडीका प्रशिक्षक
रुपन्देहीमा निर्मलका दाजु विमलले दृष्टिविहीन क्रिकेट संघ जन्माएका छन् । जसको अध्यक्ष निर्मल नै छन् । यसमा उनी विगत १७ वर्षदेखि यसमा आबद्ध छन् । उनी दृष्टिविहीन क्रिकेट खेलाडी हुँदै व्यवस्थापनतर्फ अघि बढेका हुन् । उनी कार्यवाहक अध्यक्ष हुँदै अध्यक्ष बनेका थिए । अहिले दोस्रो कार्यकाल सम्हालिरहेका छन् ।
निर्मल बेला–बेलामा दृष्टिविहीन खेलाडीहरूका लागि क्रिकेट प्रतियोगिता आयोजना र प्रशिक्षणसमेत गर्दै आएका छन् । यसका अलवा उनी दृष्टिविहीन युवा संघ नेपाललगायत अपाङ्तासँग सम्बन्धित विभिन्न संघ–संस्थामा समेत काम गर्दै आएका छन् । उनी ‘मोटिभेसन स्पिकर’को रूपमा तालिमसमेत सञ्चालन गर्दै आएका छन् ।
अबको लक्ष्य निजामती
उद्घोषण कलामासमेत अब्बल रहेका निर्मल दृष्टिविहीन विद्यार्थीहरूका लागि कम्प्युटर तालिमसमेत प्रशिक्षण गर्दै आएका छन् । अब शिक्षक बन्ने रहर पूरा भएको बताउँदै अबको लक्ष्य निजामतीतर्फको अधिकृत बन्ने रहेको खुलाउँछन् ।
‘शिक्षकतर्फ माथिल्लो तहसम्म पुगियो । अब शिक्षक बन्ने रहर पनि पूरा भयो । अब फेरि निजामतीको अफिसर बन्ने रहर छ । हेरौं के हुन्छ । एकपटक राज्यको स्थायी सरकार भनिने निजामतीको अफिसर बन्ने धोको र चाहना छ हेरौँ के हुन्छ ।’
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...