×

NMB BANK
NIC ASIA

सेती अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण

कैलाली | माघ ७, २०८०

NTC
Premier Steels

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमिया तथा थाइलेसिमिया निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको छ । अस्पतालले धनगढी उपमहानगरपालिका–१६ घसिटामा आजदेखि निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको हो ।

Muktinath Bank

विशेषगरी थारु समुदायमा देखिने यो रोग बढी प्रभावित क्षेत्र आँकलन गरेर शिविर सञ्चालन गरिएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुरिटेन्डेन्ट डा शेरबहादुर कमरले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने र यसबाट थारु समुदाय बढी प्रभावित भएको उनले बताए । 'सिकलसेल एनिमिया वंशाणुगत रोग हो,' उनले भने, ' सिकलसेल आमाबुवा दुवैमा छ भने उहाँहरूबाट जन्मिएका सबै सन्तानमा हुने सम्भावना बढी हुन्छ । यो रोग ९९ प्रतिशत थारु समुदायमा देखिने गरेको छ । थारु समुदायका शङ्का लागेका सबै उमेर समूहकाले शिविरमा रगत परीक्षण गर्न सक्नुहुन्छ । अन्य समुदायका मान्छेमा पनि शङ्का लागेको छ भने परीक्षण गर्न सक्नुहुन्छ ।'


Advertisment
Nabil box
Kumari

सेती अस्पतालमा पनि हाल सिकलसेलको निःशुल्क परीक्षण हुने गरेको उनले बताए । अस्पतालमा हालसम्म नौ सय १४ जना सिकलसेल एनिमियाका बिरामी दर्ता भएको अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गौरीदत्त जोशीले जानकारी दिए। उनले भने, 'आर्थिक वर्ष २०७१/७२ बाट यो कार्यक्रम सुरु भएको हो । हालसम्म कैलाली र कञ्चनपुरका गरी नौ सय १४ बिरामी दर्ता भएका छन् ।'

Vianet communication

दर्ता भएका सबै बिरामीले औषधि सेवन गरिरहेको उनको भनाइ छ । उनले भने, 'औषधि फरक–फरक हुन्छ । दुखाइको औषधि सबैले सेवन गरिरहेका हुन्छन् ।'

थारु समुदायलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए । उनले भने, 'यो थारु समुदायमा बढी देखिने रोग हो । जो अस्पतालसम्म आउन नसक्ने छन्, उहाँहरूको समुदायस्तरमै गएर जाँच गर्ने हाम्रो योजना हो ।'

आगामी दिनमा जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पनि यसरी नै शिविर सञ्चालन गरिने उनको भनाइ थियो । प्रदेश सरकारको सहयोग तथा धनगढी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा २ दिने शिविर सञ्चालन गरिएको अध्यक्ष शाहले बताए। उनका अनुसार शिविर माघ ७ गते (आइतबार) वडा नं. १७ धुर्जन्नामा सञ्चालन हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x