×

NMB BANK
NIC ASIA

सन् २०२३ मा इजराइलको वैदेशिक व्यापारमा सङ्कुचन

काठमाडाैं | माघ ९, २०८०

NTC
Premier Steels

इजराइलको केन्द्रीय तथ्याङ्क ब्यूरो (सिबिएस) ले सन् २०२२ को तुलनामा सन् २०२३ मा मुलुकको विदेशी व्यापारको रिपोर्ट दिएको छ । 

Muktinath Bank

सन् २०२३ मा इजराइलबाट सामानको निर्यात (हीराबाहेक) सबैभन्दा बढी हुने देशहरूमा मोरक्को, इजिप्ट, हङ्गेरी, रोमानिया, उरुग्वे, लिथुआनिया, हङकङ र पोल्यान्ड थिए । यसको विपरीत इजराइलबाट निर्यातमा सबैभन्दा धेरै कमी भएका मुलुकहरूमा मलेसिया, अल्बानिया, ताइवान, फ्रान्स, टर्किए, क्यानाडा र संयुक्त अधिराज्य थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजराइलमा सामानको आयात (हीराबाहेक) मा सबैभन्दा धेरै कमी आएका मुलुकहरूमा पाराग्वे, नर्वे, रुसी सङ्घ, उरुग्वे र ब्राजिल थिए । यसको विपरीत सबैभन्दा आयातमा धेरै वृद्धि भएका मुलुकमा नामिबिया, जाम्बिया, दक्षिण अफ्रिका, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स थिए । 


Advertisment
Nabil box
Kumari

इजराइलको सबैभन्दा ठूलो व्यापार बचत (हीराबाहेक) भएका मुलुकहरूमा अमेरिका, आयरल्यान्ड, ब्राजिल, भारत, स्लोभेनिया र साइप्रस थिए । त्यस्तै इजराइलको सबैभन्दा धेरै व्यापार घाटा (हीराबाहेक) भएका मुलुकहरूमा चीन, स्विट्जरल्यान्ड, जर्मनी, टर्किए र इटाली थिए । 

Vianet communication

इजराइलमा सन् २०२३ मा वस्तुहरूको निर्यात कूल दुई खर्ब ३४ अर्ब ८० करोड सेकेल (६५ अर्ब अमेरिकी डलर) थियो । यो सन् २०२२ को तुलनामा आठ अर्ब ९० करोड सेकेल (तीन अर्ब ५० करोड अमेरिकी डलर अर्थात तीन दशमलव सात प्रतिशत) ले कम हो । 

त्यस्तै वस्तुहरूको आयात कूल तीन खर्ब ३७ अर्ब ७० करोड सेकेल (९२ अर्ब अमेरिकी डलर) भएको छ । यो सन् २०२२ को तुलनामा २४ अर्ब सेकेल (छ अर्ब ५० करोड अमेरिकी डलर अर्थात छ दशमलव छ प्रतिशत) ले कम हो । 

समग्रमा वस्तुहरूको कूल व्यापार घाटा एक खर्ब दुई अर्ब ९० करोड सेकेल (२८ अर्ब अमेरिकी डलर) भएको छ । यो सन् २०२२ को तुलनामा १२ दशमलव आठ प्रतिशतले कम हो । 

इजराइलको युरोपेली मुलुकहरूतर्फ वस्तुहरूको निर्यात नौ दशमलव सात प्रतिशतले घटेको छ भने युरोपेली युनियन (इयु) बाट वस्तुहरूको आयातमा १२ दशमलव आठ प्रतिशतले कमी आएको छ । 
अक्टोबरमा सुरु भएको गाजा युद्धले उत्पादन र कृषि दुवैमा स्थानीय उत्पादनलाई प्रतिकूल असर गरेको र युद्धले आयातित सामानहरूको मागलाई पनि घटाएको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x