×

NMB BANK
NIC ASIA

गायिका ‘जेरी’ले ठमेलमा खोलिन् दोहोरी साँझ, डेढ करोड लगानी

काठमाडाैं | माघ ११, २०८०

NTC
Premier Steels

‘जेरी’ उपनामले परिचित लोकदोहोरी गायिका बबिता बानियाँले ठमेलमा दोहोरी साँझ खोलेकी छन् । 

Muktinath Bank

नर्सिङ चोकमा उनले संचालनमा ल्याएको ‘मनको चाहना रोधी घर’को बिहीवार बेलुका औपचारिक उद्घाटन हुँदैछ । यो दोहोरी साँझमा ‘जेरी’सहित गायक कमल विष्टलगायतको लगानी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिलेसम्म जे जति कमाएको छु । अरूलाई झै घर जोडौँ, जग्गा–जमिन जोडौँ, गाडी जोडौँ भन्ने भएन’ गायिका जेरीले भनिन् ‘बरु रोधी खोलेर आफूजस्तै श्रम गरेर खानेहरूको रोजीरोटीको बाटो बन्न सकौँ भन्ने लागिरहन्थ्यो । अहिले ५२–५३ जनाले यहाँ रोजगारी गरिरहनुभएको छ ।’


Advertisment
Nabil box
Kumari

दोहोरी साँझमा झन्डै डेढ करोड लगानी लागेको उनको सुनाइन् । 

Vianet communication

गायिका ‘जेरी’ले अहिले उद्घाटन गर्न लागिए पनि चार महिना अगाडिदेखि दोहोरी साँझ संचालनमा रहेको जानकारी दिइन् । 

चर्चित कलाकारहरूका साथ बिहीवारदेखि १५ गते सोमवारसम्म उद्घाटन विशेष कार्यक्रम राखिएको छ । जहाँ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा, वरिष्ठ गायक एवं संगीतकार नारायण रायमाझी, इन्द्रेणी कार्यक्रममा संचालक कृष्ण कंडेललगायत सहभागी हुँदै छन् । 

गायिका जेरीले यसअघि बागबजारमा दोहोरी साँझ संचालन गरेकी थिइन् । लाइभ दोहोरीबाट चर्चामा आएकी उनी पछिल्लो समय श्रीमानसँगको सम्बन्ध विच्छेदका कारण थप चर्चामा थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x