×

NMB BANK
NIC ASIA

अर्थमन्त्री महतको नालायकी

घुमन्ते अर्थमन्त्री: रित्तो ढुकुटीको चाबी बोकेर ६ महिनामा ७ पटक विदेश, भारत नै ३ चोटि !

काठमाडाैं | माघ ११, २०८०

NTC
Premier Steels

घाटामा रहेको राष्ट्रिय ढुकुटीको चाबी बोकेर अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो ६ महिनामा ७ पटक विदेश भ्रमण गरेका छन् ।

Muktinath Bank

सरकारी हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्यांकअनुसार लक्ष्यभन्दा निकै कम राजस्व असुली भएको छ । चालू आर्थिक वर्षको सातौं महिनासम्म आइपुग्दा २० प्रतिशत पनि पूँजीगत खर्च हुन सकेको छैन । सरकारको ढुकुटी रित्तो मात्र होइन, ऋणात्मक छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महालेखा नियन्त्रकको मंगलवारसम्मको तथ्यांकले देशको ढुकुटी ९० अर्ब ७ करोडले घाटामा रहेको देखाउँछ । आर्थिक वर्षको सातौं महिनामा सरकारको आय लक्ष्यको जम्मा ३५ दशमलव ७१ मात्र छ ।


Advertisment
Nabil box
Kumari

पूँजीगत खर्च चर्चा गर्न योग्य पनि छैन, अर्थात लक्ष्यको १८ प्रतिशत पनि छैन ।

Vianet communication

अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको गफ हान्दै अर्थमन्त्री डा. महत भने विदेश भ्रमणमै रमाइरहेका छन् । '६ महिनामा गरिएको ७ वटा विदेश भ्रमणको उपलब्धि के भयो त ?' यो प्रश्नको जवाफमा मन्त्रालयका एक उपसचिवले प्रतिप्रश्न गर्दै भने, 'यो उहाँबाहेक कसैलाई थाहा छैन । मन्त्रीले देशको उपलब्धिका लागि विदेश भ्रमण गर्छन्, जस्तो लाग्छ तपाईंलाई ?'

मन्त्रीको कार्यशैलीसँग वाक्क भएका ती उपसचिवको प्रश्न हाँसोलाग्दो त छ नै सँगसँगै देशको दयनीय अवस्थामाथि अर्थमन्त्रीले गरेको 'मजाक' पनि झल्किन्छ ।

null

विदेश भ्रमणको सिलसिला

नयाँ वर्ष २०८० लागेपछि मन्त्री महतको भ्रमण सिलसिला शुरू हुन्छ, जेठ १७ गतेबाट । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगै २० गतेसम्म भारत भ्रमणमा गएका थिए ।

डेढ महिनापछि उनी पुनः भारत गए । असार ३१ गते उनले सहसचिव श्रीकृष्ण नेपाल र उपसचिव युगराज पाण्डेलाई लिएर ४ दिनका लागि भारत भ्रमण गरेका थिए । जी- २० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री भारत गएका थिए ।

यो वर्षको तेस्रो विदेश भ्रमणका दौरान उनले भदौ ३ गते क्यानडा यात्रा गरे । एक साताका लागि बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री, अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र उपसचिव तथा आफ्ना निजी सचिव युगराज पाण्डेलाई लिएर मन्त्री महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को सातौं सभामा भाग लिन त्यहाँ पुगेका थिए । उनी दिल्ली हुँदै १० गते नेपाल ओर्लिएका थिए ।

चौथो देशका रूपमा असोज ५ गते इजिप्ट यात्रामा निस्किएका मन्त्री महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी भए । उनले एआईआईबीको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाएका थिए ।

उनीसँगै राजस्व सचिव रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत भ्रमणमा सहभागी थिए ।

यो वर्षको पाचौं भ्रमणका क्रममा मन्त्री महत मोरक्को पुगे । त्यहाँ विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विषयमा छलफल भएको दाबी महतले गरेका थिए । उनी असोजको २२ गते मोरक्को पुगेर ६ दिनपछि नेपाल फर्किए ।

मोरक्कोबाट फर्किएको १५ दिनमै उनी कात्तिक १० गते बेलायत उडे ।

यो सूचनापछि पनि उनी बेलायत र भारत पुगिसकेका छन् ।

बेलायतका ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनसँग भेट गरेका मन्त्री महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेको समाचार आएका थिए ।  

महत सातौं विश्व भ्रमणका क्रममा तेस्रोपटक भारत पुगे । पुस २४ गते भारततिर लागेका उनले पुस २५ देखि २७ गतेसम्म गुजरातस्थित गान्धीनगरमा भएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट'मा नेपालको प्रतिनिधित्व गरे । त्यहाँ मन्त्री महतले भारतीय उद्योगीहरूसँग भेटघाट गरे र वैशाखको तेस्रो साता नेपालमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलनमा निम्तो दिए ।

नेपालबाट बहुराष्ट्रिय कम्पनीहरू धमाधम बाहिरिने सिलसिला चलिरहेका बेला महतो यस्तो निम्तोलाई विदेशी लगानीकर्ताले कुन रूपमा हेर्लान्, त्यो छुट्टै विषय छ ।

नेपालमै पनि कामभन्दा घुमघाम बढी

गत माघ १ गते उनी आफ्नो गृहजिल्ला नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शेराबगर विकास समाजद्वारा आयोजित वृहत् गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रममा पुगे ।

माघ ६ मा उनी पुनः नुवाकोट पुगे । गोविन्द वियोगी पत्रकारिता पुरस्कार, २०८० बाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेसहित चार जनालाई सम्मान गर्न महत ५ दिनको अन्तरालमा दोस्रोपटक नुवाकोट पुगेका थिए ।

त्यसपछि ८ गते सोमबार उनी बारा पुगे । बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षण गरेका मन्त्री महतले भोलिपल्ट महागढीमाइ नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरे । त्यहाँ पुगेर उनले अर्थतन्त्र बिस्तारै लयमा फर्केको झुटो दाबी गरेका थिए ।

माघ १ गतेदेखि १० गतेसम्म जम्माजम्मी ३/४ दिन मात्र काठमाडौं रहेका अर्थमन्त्री महतको नेतृत्वमा अर्थतन्त्र सुधार नहुने र नयाँ बजेटको तयारी पनि पर्याप्त नहुने मन्त्रालयकै एक उपसचिवको भनाइ छ ।

उनका अनुसार पुसमा पनि मुस्किलले १० दिन मात्र मन्त्रालय छिरेका थिए मन्त्री महत । 

null

मन्त्रालयका सूचना अधिकारी भुपालराज शाक्यले भने अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको दाबी गरे । लोकान्तरसँग कुरा गर्दै उनले अर्थतन्त्र सुधारका लागि सबै उपाय अपनाएको बताए ।

मन्त्रीको स्वदेश र विदेश भ्रमणको विषयमा उनले केही कुरा गर्न चाहेनन् । 'यो मन्त्रीज्यूको विषय हो, यसमा टिप्पणी गर्न म चाहन्नँ,' उनले भने ।

उनको सचिवालयका एक सदस्यले अर्थमन्त्री घुम्न विदेश नगएको दाबी गरे ।

'घुम्न होइन, कामका लागि विदेश जानुभएको हो । अर्थमन्त्री वर्ल्ड बैंकको कार्यक्रममा जान पर्दैन ? आईएमएफको कार्यक्रममा जानुपर्दैन ? गुजरात गएर नेपालको लगानी सम्मेलनका लागि उद्यमीसँग भेट्दा केको आपत्ति ?,' ती सदस्यले भने ।

आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै उनले थपे, 'विदेशी लगानी प्रोत्साहनका लागि जाँदा किन गयो र नजाँदा पनि किन गएन भन्नु उपयुक्त होइन ।'

अर्थमन्त्रीले विदेशी लगानी ल्याउने प्रयास गर्दै विदेशमा गरेको भेटघाटलाई अन्यथा लिन नहुने उनको जिकिर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x