×

NMB BANK
NIC ASIA

“हामी शरिफलाई शरिफा बन्न दिनेछैनौँ”, भन्दै प्रदर्शनकारीहरूले लगाए नारा

काठमाडाैं | माघ १२, २०८०

NTC
Premier Steels

स्कुलको पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर व्यक्तिको मान्यता हटाउने मागसहित पछिल्लो विरोध प्रदर्शनमा शुक्रबारको नमाजपछि आयोजित एक इस्लामिक जुलुसमा बङ्गलादेशको राजधानीमा हजारौँ मानिस भेला भएका छन् । 

Muktinath Bank

बङ्गलादेशमा ट्रान्सजेन्डर महिलाहरू बढ्दो कानूनी मान्यताको लाभार्थी भएका छन् । उनीहरूलाई आधिकारिकरूपमा तेस्रो लिङ्गका रूपमा मान्यता दिइएको छ । गत वर्ष पाठ्यक्रम परिमार्जनमा स्कुलका पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर महिलाहरूको पहिचानलाई समावेश गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक विज्ञानको एक पुस्तकले शरिफ नामको एक केटाको कथा बताउँछ । उसले लिङ्ग परिवर्तन गरेर महिलाको नाम शरिफा राख्छ र अन्य ट्रान्सजेन्डर व्यक्तिहरूसँग बस्न जान्छ । 


Advertisment
Nabil box
Kumari

स्थानीय प्रहरी अधिकारी जाकिर हुसेनले मध्य ढाकामा राष्ट्रिय मस्जिदबाहिर परिवर्तनविरुद्ध र्यालीमा पाँच हजारभन्दा बढी मानिस सहभागी भएको बताए। उक्त र्यालीको आयोजना बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीले गरेको थियो । 

Vianet communication

“हामी शरिफलाई शरिफा बन्न दिनेछैनौँ”, प्रदर्शनकारीहरूले नारा लगाएका थिए । उनीहरूले बङ्गलादेशको ठूलो ट्रान्सजेन्डर समुदायलाई मुस्लिम बहुल मुलुक छाड्न माग गर्दैसमेत नारा लगाएका थिए । 

ढाकाको एक प्रमुख विश्वविद्यालयका सयौँ छात्रहरूले यसै साता पाठ्यक्रममा समावेश गरिएको ट्रान्सजेन्डर सामग्रीको निन्दा गरेकामा लेक्चरर आसिफ महताब उत्सालाई बर्खास्त गरेकामा विरोध गरेका थिए । 

 कानूनी मान्यताको विस्तारसँगै बङ्गलादेशी समाजमा यिनीहरू बढ्दोरूपमा देखिन थालेका छन् । कयौँले बङ्गलादेशी राजनीतिमा प्रवेश गरेका छन् । सन् २०२१ मा मुलुकमा पहिलोपटक एक ट्रान्सजेन्डर महिला कुनै ग्रामीण सहरको मेयर बनिन् । 

यद्यपि एलजिबिटिक्यु समुदायले अहिले पनि बङ्गलादेशमा व्यापक भेदभावको सामना गर्नुपरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x