×

NMB BANK
NIC ASIA

भिजिट भिसादेखि कुस्तीसम्म

अन्तर्राष्ट्रिय विमानस्थलमा तनावको उत्कर्ष: किन कुस्तीमा उत्रिए अध्यागमन अधिकृत र प्रहरी ?

काठमाडाैं | माघ १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत र प्रहरीबीच कुस्तीको सीसीटीभी फूटेज सामाजिक सञ्जालमा भाइरल छ ।

Muktinath Bank

अध्यागमन अधिकृत छायाँलाल मोक्तानसँग प्रहरीको केहीबेर वादप्रतिवाद भएको र त्यसपछि ४/५ जना प्रहरीले कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो घटनाले त्रिभुवन विमानस्थलमा पछिल्लो समय विकसित हुँदै गरेको तनावलाई संकेत गर्छ ।


Advertisment
Nabil box
Kumari

अन्तर्राष्ट्रिय विमानस्थल एक हिसाबले हेर्दा अन्तर्राष्ट्रिय सीमा पनि हो । यससँग देशको छवि जोडिएको हुन्छ । यस्तो संवेदनशील क्षेत्रमा हुने हड्ताल र तनावले देशकै प्रतिष्ठा गिराउने काम गरेको छ ।

Vianet communication
Laxmi Bank

यहाँसम्म कि एक विदेशी पाइलट त ‘आई विल नेभर कम टु नेपाल’ भनेर बिदा भएको विषय समेत अहिले विमानस्थलका कर्मचारीबीच चर्चामा छ । 

पाइलटले त्यस्तो गुनासो गरेको घटना यही माघ ८ गतेको हो । विमानस्थलमा अध्यागमनका कर्मचारीले आन्दोलन गर्दा सेवा प्रभावित भएको थियो । सो दिन अध्यागमनको ढिलाइका कारण उडान प्रभावित भएपछि ती पाइलटले यस्तो गुनासो गरेका रहेछन् ।

‘म जापानको नारिताबाट १० घण्टाको हवाई उडान गरेर आएको हुँ । विमान उडाउने बेला भयो, तर ३ घण्टादेखि यात्रु अध्यागमनको लाइनमै छन्,’ ती पाइलटको भनाइ उद्धृत गर्दै एक कर्मचारीले लोकान्तरसँग भने, ‘त्यो दिन उनी आई विल नेभर कम टु नेपाल भनेर बिदा भए ।’

त्यसपछि पनि तनाव कम हुनुको साटो झन् बढिरहेको छ । सोही क्रममा शुक्रवार अध्यागमनका कर्मचारी र प्रहरीबीच कुटाकुटको घटना बाहिर आएको हो ।

के भएको थियो शुक्रवार ?

कुटपिटको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भए पनि प्रहरी र कर्मचारी दुवैको आ–आफ्नै जिकिर छ ।

कर्मचारीहरूले प्रहरीले अनावश्यक रूपमा निहुँ खोजेर कुटपिट गरेको बताएका छन् भने प्रहरीको दाबी अध्यागमन अधिकृतले चेकजाँच गर्न नदिएको तथा अपशब्द बोलेको भन्ने छ ।

चेक गर्ने क्रममा आफूलाई किन बारम्बार चेक गरेको भन्दै अधिकृत मोक्तान गालीगलौजमा उत्रिएको प्रहरी अधिकारीहरू बताउँछन् । भिडियोमा पनि उनीहरूबीच वादविवाद भएको देखिन्छ । तर, के कुरा भएको थियो भन्ने बुझिन्न ।

‘उहाँले बारम्बार सुरक्षा चेकजाँच गरेको भन्दै अपशब्द बोल्नुभएको थियो । त्यसमा सामान्य विवाद हुँदा उहाँले हातपात नै गरेपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा त्यस्तो भएको हो,’ एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले शुक्रवारको घटना सामान्य भएको बताए ।

पछि प्रहरीले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन हमाललाई लात्ती प्रहार गरेको विषय पनि बाहिर आएको छ । मोक्तानमाथि हातपात भएपछि हमालसहित अध्यागमनको टोली सीसीटीभी फूटेज हेर्न भन्दै सुरक्षा कक्षमा पुगेको थियो । त्यही प्रहरीले हमाललाई पछाडिबाट लात्ती हानेको हो ।

पहिले विवाद भएका अधिकृत मोक्तानले सुरक्षा कक्षभित्र आएर टेबलमा मुड्की बजारेपछि बल प्रयोग गरेको दाबी प्रहरीको छ । ‘प्रहरीले अति गर्‍यो भनेर उहाँले टेबलमा मुड्की बजार्नुभयो । टेबलमा क्षति समेत पुगेको छ । त्यसपछि तनाव भएको हो,’ ती प्रहरी अधिकारीले भने ।

प्रहरीले आफूलाई पछाडिबाट लात्ताले हानेको अध्यागमन प्रमुख हमालले बताए ।

‘मलाई पनि पछाडिबाट लात्ताले हाने,’ हमालले लोकान्तरसँग घटनालगत्तै भनेका थिए ।

उनका अनुसार मोक्तान प्रस्थान कक्षबाट आगमन कक्षतर्फ मेटल डिटेक्टरमा पास भएर आएपछि फेरि चेकजाँच गरिएको थियो । त्यही विषयमा विवाद भएको हो ।

‘प्रहरीले आफ्नो मुड चलेको बेलामा मात्रै चेकजाँच गर्ने गरेको छ । कुनै बेला दोहोर्‍याइतेहेर्‍याइ चेक गर्छ,’ हमालले लोकान्तरसँग भने, ‘प्रहरीले आफ्नो दादागिरी देखाएको हो ।’

भिजिट भिसा प्रकरणले चिसिएको सम्बन्ध

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले भिजिट भिसामा हुने सेटिङका सम्बन्धमा अपरेसन चलाएको थियो । यस प्रकरणमा हालसम्म ४२ जनालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ ।

शुरूमा मंसिर २७ गते अध्यागमन अधिकृत नरवीर खड्का तथा नेपाल एयरलाइन्सका कर्मचारीद्वय अरबिन यादव र होम पोखरेल पक्राउ परेका थिए ।

उनीहरू पक्राउ परेदेखि नै अध्यागमनका कर्मचारी र प्रहरीबीच सम्बन्ध चिसिएको थियो । पक्राउको विरोधमा अध्यागमनका कर्मचारीले पटक–पटक विमानस्थलको सेवा अवरुद्ध पार्दै आएका छन् ।

पक्राउ परेकामध्ये निगमका कर्मचारीद्वय अरबिन यादव र होम पोखरेल जिल्ला अदालतबाट एक/एक लाख धरौटीमा छुटेका छन्  । उनीहरू संगठित अपराधमा संलग्न नदेखिएकाले अदालतमा मुद्दा बुझाएपछि धरौटीमा छाडिएको हो । अध्यागमन अधिकृत नरवीर खड्कासहित कन्सल्टेन्सी सञ्चालकहरूमाथि भने संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलगायत प्रहरी हिरासतमा छन् ।

अध्यागमनका कर्मचारीले सेटिङ गरेबापत प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको तथ्य बाहिर आएको थियो । निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले उनीहरूको अनुसन्धान प्रतिवेदन मुद्दा दायर गर्ने प्रयोजनका लागि भोलि (सोमबार) सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

छानबिन गर्दै सरकार

शुक्रवारको घटना बाहिरिएपछि सरकारले छानबिन समिति बनाएको छ । 

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन विभाग प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । समितिलाई ३ दिनको समय दिइएको छ । त्यो समय भोलि (सोमबार) सकिँदैछ । 

विमानस्थलमा भएको यस्तो घटनाले राम्रो म्यासेज नदिने विज्ञहरू बताउँछन् । नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकालले विमानस्थलमा सरकारका दुई निकायबीच यो हदसम्मको विवाद हुनु दुःखद् भएको बताए ।

‘निश्चय पनि यो गलत छ । यस्ता घटनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा असर गर्छ,’ पूर्व एआईजी ढकालले लोकान्तरसँग भने, ‘यस्तो समस्या कहाँबाट निस्किएको हो भन्ने विषयमा सरकारले अध्ययन गर्नुपर्छ ।’

आगामी दिनमा यस्ता घटना हुन नदिन मसिनोसँग अनुसन्धान गरेर टुङ्गो लगाउनुपर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x