×

NMB BANK
NIC ASIA

यस वर्षदेखि ‘प्रादेशिक ललितकला प्रदर्शनी’

काठमाडाैं | माघ १५, २०८०

NTC
Premier Steels

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यस वर्षदेखि प्रादेशिक रूपमा ललितकला प्रदर्शनी गर्ने भएको छ । ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ गर्ने र त्यसबाट छानिएका कलाकृतिलाई समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गर्नेगरी कार्यक्रम सार्वजनिक गरिएको छ । 

Muktinath Bank

यसअघि काठमाडौँमा मात्रै राष्ट्रिय प्रदर्शनी हुँदै आएकामा यसपटकबाट प्रादेशिक प्रदर्शनीको पनि थालनी गर्न लागिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए । प्रतिष्ठानले पहिलोपटक प्रादेशिक प्रदर्शनी गर्न लागिएकाले देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि शुक्रबार सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । यही फागुनपछि प्रदर्शनीको सुरुआत हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ऐन–२०६४’ को दफा ५ को खण्ड (ट) को आधारमा स्वीकृत ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८०’ र ‘प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८०’ बमोजिम सातै प्रदेशमा आयोजना हुने प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिहरु नै २०८१ जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय प्रदर्शनीमा सहभागी हुन पाउने छन् ।


Advertisment
Nabil box
Kumari

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा अप्रतियोगी र आमन्त्रित कलाकृति प्रदेशका हकमा सम्बन्धित प्रदेशको (कोसीको इटहरी मेट्रिक्स (इटहरी), मधेसको मधेस प्रज्ञा–प्रतिष्ठान (जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नक्साल), गण्डकीको गण्डकी प्रज्ञा–प्रतिष्ठान (पोखरा), लुम्बिनीको नेपाल व्यावसायिक कलाकार सङ्घ (बुटवल), सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (धनगढी) र कर्णालीको नेपाल व्यावसायिक कलाकार सङ्घ (सुर्खेत) र राष्ट्रिय प्रदर्शनीका हकमा यस नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल, काठमाडौँमा बुझाउनुपर्ने छ । 
 
कुलपति हार्तम्छालीले यस पटकदेखि राष्ट्रिय ललितकला प्रदर्शनीका लागि प्रदेशबाटै प्रतिस्पर्धा गरी कलाका पूरक गतिविधिका साथै बहुआयामिक पाटालाई समेट्न खोजिएको बताए। यसपटक  सम्मान र मूल्याङ्कनमा पनि विशेष सुविधा, विविध विधा÷उपविधा र क्षेत्रगत पुरस्कार सङ्ख्या तथा रकम पनि विशेष थप गरिएको छ । 
त्यसमा छायाँमा परेका प्रतिभाहरूको समावेशिता सहभागिता हुने सृजनात्मक कला क्रियाकलापहरू पनि समावेश गरिने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले, थुम्केलीले बताए । 

Vianet communication

प्रदर्शनीमा चित्रकला (समसामयिक, परम्परागत, मुद्रणकला छायाचित्र (प्रिन्टमेकिङ) कला), मूर्तिकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला (वास्तुकला (शास्त्रीय), सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गिमा कला, मौलिक दृष्टान्त चित्रकला, कार्टुन, क्यारिकेचर, पोस्टर र डिजिटल कला), लोककला, हस्तकला विधाअन्तर्गत तोकिएको नियममा रही कलाकारले सहभागिता जनाउन पाउनेछन् । 

प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई सो प्रदर्शनीबाट राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गर्न सिफारिस भई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश भएका कलाकृतिमध्ये उत्कृष्ट कलाकृतिलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विधागत पुरस्कार उत्कृष्ट ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार (एक लाख राशिको) सबै विधामध्येबाट सर्वोत्कृष्ट एकजनालाई प्रदान गरिने छ । विधागत पुरस्कारको राशि ६० हजार रुपैयाँ, सबै विधामध्येबाट उत्कृष्ट एक जनालाई ५०, विधागत प्रादेशिक पुरस्कारको राशि ३०–३० हजार रुपैयाँ रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x