पुस १०, २०८०
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
कलाकार राजनीतिमा प्रवेश गर्ने ‘ट्रेन्ड’ नौलो होइन । नेपालमा यस्ता थुप्रै कलाकारहरू छन्, जो कलाकारिताबाट राजनीतिमा पाइला चाले । यद्यपि, पछिल्लो समय भने राजनीतिबाट कलाकारितामा आउनेहरू पनि देखिएका छन् । यतिबेला केही चर्चित नेताहरू फिल्ममा देखिने तयारीमा रहेको खबरको चर्चा भइरहेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नमेटिने घाउ’ नामक फिल्ममा अभिनय गर्दैछन् । सांसद ज्ञानेन्द्र शाहीले पनि उक्त फिल्ममा अभिनय गर्नेछन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘खजुरे ब्रो’ नामक फिल्ममा अभिनय गरिसकेका छन् ।
‘नमेटिने घाउ’ अभिनेता रमित ढुंगानाको निर्माण एवं निर्देशनमा बन्न लागेको फिल्म हो । आइतवारमात्रै निर्माण घोषणा गरिएको फिल्म एसिड आक्रमण पीडितको कथामा बन्न लागेको छ ।
निर्माण पक्षले राजधानीमा आयोजना गरेको फिल्म घोषणा एवं शुभमुहूर्त कार्यक्रममा ओलीले फिल्ममा प्रधानमन्त्रीकै भूमिका निर्वाह गर्ने जानकारी दिइएको हो ।
घोषणा कार्यक्रममा ओली प्रमुख अतिथिका रुपमा सहभागी थिए । उसो त ओलीले यसअघि दीपेन्द्र दाहालको निर्देशनमा फिल्म ‘रातो सूर्य’मा अभिनय गरे पनि यो फिल्मको छायांकन पूरा हुन सकेको छैन ।
‘नमेटिने घाउ’ टिमलाई शुभकामना दिँदै ओलीले निर्माण टिमले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नुपर्छ भनेर राखेको प्रस्ताव आफूले स्वीकार गरेको बताए ।
फिल्मको घोषणा एवं शुभमूहुर्त कार्यक्रममा सांसद शाही पनि उपस्थित थिए । निर्माण टिमले फिल्ममा उनको अभिनय रहने जानकारी दिए पनि भूमिकाबारे भने केही खुलाएको छैन ।
शिवम् अधिकारीको कथा रहेको ‘नमेटिने घाउ’ एसिड पीडितहरुको बायोपिक फिल्मका रुपमा निर्माण हुन लागेको हो ।
फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहार रहने छन् भने, मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरू रहने छन् । फिल्ममा एसिड आक्रमणबाट पीडितहरुको पनि अभिनय रहनेछ ।
मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायतले फिल्ममा अभिनय गर्ने निर्माण टिमले जानकारी दिएको छ । अभिनेता ढुंगाना पनि फिल्ममा केमियो रोलमा देखिने छन् ।
एसिड आक्रमणका घटना भएका ठाउँमा यो फिल्म छायांकन गर्ने तयारी छ ।
यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फिल्म ‘खजुरे ब्रो’मा अतिथि कलाकारका रुपमा देखिँदै छन् ।
उनको भूमिकामा दृश्य निर्माण टिमले गत शनिवार खिचिसकेको छ । साम्पाङले फिल्ममा मेयरकै भूमिकामा अभिनय गरेका हुन् । अभिनयपश्चात मेयर साम्पाङले धराङमा छायांकन हुने फिल्मको टिमलाई विशेष सहयोग गर्ने समेत जनाएका छन् ।
सुरज सुनुवारको निर्देशनमा बनिरहेको यो फिल्म ‘लाइट कमेडी’ जनरामा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतका कलाकारहरू देखिँदै छन् ।
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...