×

NIC ASIA

सञ्चार मन्त्रालयको गुम्न लागेको ४४ करोडको योजना कार्यान्वयनको चरणमा

काठमाडाैं | माघ १६, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

निर्धारित समयमा कार्यान्वयन नहुँदा रद्द हुने अवस्थामा पुगेको विश्व बैंकको ४४ करोडको 'प्राजेक्ट' पुन प्रक्रियामा जाने भएको छ ।

Muktinath Bank

डिजिटल नेपाल फ्रेमवर्कलाई अगाडि बढाउन विश्व बैंकले दिएको ४४ करोडको प्रोजेक्ट फेरि नयाँ प्रक्रियाबाट बढेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग गर्न भन्दै विश्व बैंकले सन् २०२२ जुन १६ बाट शुरू गर्ने गरी भएको सम्झौतामा ढिलो भएपछि उक्त योजना फिर्ता लैजाने तयारी गरेको थियो ।


Advertisment
Nabil box
Kumari

तर पछिल्लो मन्त्रालयमा सचिव परिवर्तन भएसँगै त्यसलाई फेरि पुनर्विचार गरेर नयाँ ढङ्गले अगाडि लैजानका लागि अर्थ मन्त्रालयमा छलफलका लागि गएको सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।

Vianet communication

‘ढिलो हुने भएपछि विश्व बैंकले प्रोजेक्ट रद्द गर्न लागेको थियो । तर त्यसलाई फेरि नयाँ तरिकाबाट लैजाने गरी अर्थ मन्त्रालयमा छलफलका लागि पठाएका छौं', प्रवक्ता सुवेदीले लोकान्तरसँग भने, ‘त्यसका लागि विश्व बैंकले पहिला दिने रकममा केही कम हुने गरी प्रस्ताव ल्याउन भनेको छ ।’

यो योजना सन् २०२७ जुलाई १७ सम्मका लागि तय भएको थियो । तर यो जना मध्य अवधि हुन लाग्दा पनि अगाडि नबढेपछि विश्व बैंकले फिर्ता लैजाने तयारी गरेको थियो । प्रवक्ता सुवेदीका अनुसार अब विश्व बैंकले पहिला दिएको भन्दा कम रकम दिनेछ ।​

तत्कालीन सरकारले २०७६ सालमा डिजिटल प्रविधिको प्रयोगबाट सेवा प्रवाह, उत्पादक र उत्पादकत्व अभिवृद्धि गर्ने भन्दै डिजिटल फ्रेमवर्क ल्याएको थियो ।

त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कमा प्रमुख ८ क्षेत्र छनोट गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x