×

NMB BANK
NIC ASIA

आमा बनिसकिन् ‘भुन्टी’, सिरियलको कथा मिलाउन छोरी जन्मिएको कुरा गुपचुप

काठमाडाैं | माघ २६, २०८०

NTC
Premier Steels

चर्चित सिरियल ‘भुन्टी’का पछिल्ला एपिसोडमा शीर्ष कलाकार आशा खड्का गर्भवती भूमिकामा देखिँदै आएकी छन् । सिरियलकी यी चर्चित कलाकारले सामाजिक सञ्जालमा पनि गर्भावस्थाको तस्वीर र भिडियो राख्दै आएकी छन् । 

Muktinath Bank

यथार्थमा भने ‘भुन्टी’सहित ‘कान्छी’ सिरियलकी निर्माता एवं निर्देशक समेत रहेकी आशा एक महिनाअगाडि नै आमा बनिसकेकी छन् । उनलाई पुत्रीलाभ भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आशाले तीन वर्षअघि सागर गौतमसँग विवाह गरेकी थिइन् । आशाका श्रीमान पनि ‘कान्छी’ सिरियलमा नियमित देखिँदै आएका छन् । 


Advertisment
Nabil box
Kumari

आमाबुवा बने पनि यो जोडीले बच्चाको तस्वीर सार्वजनिक गरेका छैनन्, न त आमाबुवा बनेको जानकारी नै दिएका छन् ।

Vianet communication

सिरियल ‘भुन्टी’मा गर्भावस्थाको कथा अगाडि बढिरहेकाले यो जोडीले सन्तानलाई जन्म दिएको खबर सार्वजनिक नगरेको निकट स्रोतले बतायो । 

‘आमा बनेको तस्वीर राख्दा दर्शकलाई सिरियलको कथा पुरानो लाग्न सक्छ । दर्शकलाई पुरानो कथा आएको महसुस हुन नदिन भनेर नै आमा बनेको खबर सार्वजनिक नगर्नुभएको हो,’ स्रोतले भन्यो । 

व्यक्तिगत जीवनका खुशीहरूसमेत लामो समयसम्म सार्वजनिक नगर्नुले उनीहरू कलाकारिताप्रति कतिसम्म समर्पित छन् भन्ने देखाउने एक कलाकारले बताए ।

छोरीलाई सिरियलमै ल्याउने तयारी

आशाले छोरीलाई जन्म दिनुअघि दुवै सिरियलको केही स्टक एपिसोड खिचिसकेकी छन् । 

‘भुन्टी’ सिरियल वैशाखसम्मका लागि स्टक खिचिएको छ । स्रोतका अनुसार ‘भुन्टी’को कथा अगाडि बढ्दै जाँदा आशाले छोरीलाई सिरियलमै देखाउने सोच बनाएकी छन् । 

null

‘वैशाखमा खिचिने एपिसोडमा छोरी ल्याउने उहाँहरूको तयारी छ । त्यतिबेला बल्ल आमा बनेको खबर सार्वजनिक गर्ने सोच्नुभएको छ,’ आशानिकट रहेका एक कलाकारले भने । 

अहिलेको समयमा नेपालमा सबैभन्दा धेरै भ्युज पाउने सिरियलमा ‘भुन्टी’ र ‘कान्छी’ पर्छन् । 

सामाजिक कथामा निर्माण हुँदै आएको सिरियलका कारण शहरदेखि ग्रामीण भेगका दर्शकसम्म आशा निकै लोकप्रिय छिन् । 

सिरियलमै काम गर्ने क्रममा आशा र सागर नजिक भएका थिए, जतिबेला सागर सिरियलको छायाँकार थिए ।

केही समयको प्रेमपछि लगनगाँठो कसेका उनीहरूले विवाहको खबर पनि दुई वर्षपछि गत वर्ष मात्रै सार्वजनिक गरेका थिए ।

null

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x