×

NMB BANK
NIC ASIA

संकटमा स्वास्थ्य संस्था

बयलपाटा अस्पतालको बिजोग : बजेट अभावले बन्द हुने अवस्था, बचाउका लागि निरन्तर आन्दोलन

कैलाली | माघ २९, २०८०

NTC
Premier Steels

अछामको साँफेबगर नगरपालिकामा अवस्थित बयलपाटा अस्पताल पछिल्लो समय आर्थिक चपेटामा पर्दै गएको छ । दाताहरूको सहयोगमा कमी र प्रदेश सरकारले दिँदै आएको अनुदान रकममा कटौती भएपछि अस्पताल आर्थिक संकटमा पर्न थालेको हो ।

Muktinath Bank

‘आर्थिक अभावको चपेटामा अस्पताल पर्दै गएको छ । यही अवस्था रहे ६ महिनाभन्दा बढी समयसम्म हामीले सेवा प्रवाह गर्न सक्ने अवस्था छैन । अस्पतालको खातामा १३ करोड हाराहारीमा बजेट छ । सरकारी निकाय र दाताहरूबाट सहयोग नभएमा हामीले कसरी सेवा प्रवाह गर्ने,’ अस्पतालका मेडिकल सर्जिकल निर्देशक डा. मन्दीप पाठकले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्देशक पाठकका अनुसार वार्षिक १ लाख बढी बिरामीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

‘प्रत्येक वर्ष हामीले ८० हजारदेखि १ लाख बिरामीलाई सेवा दिँदै आइरहेका छौं । सरकारबाट ५० शय्याको अस्पताल सञ्चालन गर्ने अनुमति हो । व्यवस्थापन समितिबाट थप २० गरी ७० शय्यासम्म सेवा दिन सक्ने पूर्वाधार हामीसँग छ । हामीलाई वार्षिक रूपमा २२ करोड हाराहारीमा बजेट भए गुणस्तरीय सेवा प्रवाह गर्न सक्छौं । बजेट अभावले अहिले जटिल अवस्थामा छौं,’ पाठकले भने ।

Vianet communication

प्रदेश सरकारबाट बजेट कटौती, सरोकारवालाहरू आन्दोलित

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई लक्षित गर्दै २०३४ सालमा संघीय सरकारमातहत रहने गरी बयलपाटा अस्पताल निर्माण घोषणा भयो । २०३९ सालमा निर्माण सम्पन्न भई संरचना तयार रहे पनि अस्पताल भने सञ्चालनमा आउन सकेन । 

निर्माण सम्पन्न भएको २५ वर्षसम्म पनि अस्पतालबाट सेवा प्रवाह हुन नसकेपछि सरकारले अस्पताल सञ्चालनको व्यवस्थापकीय पाटो न्याय हेल्थ नेपाललाई दिए सँगै २०६५ बाट सेवा प्रारम्भ भयो । 

सामान्य बिरामीको समेत उपचार उपलब्ध नरहेको पहाडी जिल्लामा आशाको दियो बल्यो । नागरिकहरू उत्साहित बने । अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह हुन थालेपछि सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका नागरिकहरू पनि उपचारका लागि बयलपाटा पुग्न थाले ।

महामारीका रूपमा आएको कोरोना सङ्क्रमण र त्यसपछि शुरू भएको आर्थिक मन्दीका कारण दाताहरूले पनि सहयोग कटौती गरेसँगै अस्पतालमा आर्थिक समस्या देखिन थाल्यो ।

५० शय्याको अस्पताल प्रदेश सरकारमातहत आएपछि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अनुदान रकम दिन थाल्यो । बयलपाटा अस्पतालका प्रादेशिक साझेदार एवं स्वास्थ्य सेवा व्यवस्थापक हिक विश्वकर्माका अनुसार आर्थिक वर्ष ०७७⁄७८ मा ७ करोड, ०७८⁄७९ मा ८ करोड र ७९⁄८० मा ९ करोड अनुदान सामाजिक विकास मन्त्रालयले दिएको छ । तर, चालू आर्थिक वर्षमा भने मन्त्रालयले अस्पतालका लागि चालूतर्फ बजेट छुट्ट्याएको छैन ।

‘यो वर्ष स्वास्थ्य निर्देशनालयबाट पुँजीगततर्फ अस्पतालका लागि ५० लाख रकम विनियोजन गरिएको छ । हामीलाई चालूतर्फ चाहिएको हो । मानव संसाधन विकासका लागि हामी सँगै अहिले पनि ६ करोड बढी रकम अभाव छ । हामीले बजेटको सुनिश्चितता गरिदिन आग्रह गरेका छौं । मन्त्रालयका सचिव, मन्त्री र मुख्यमन्त्रीसँग निरन्तर छलफलमा छौं,’ विश्वकर्माले भने ।

प्रदेशका पूर्व अर्थमन्त्री झपट बोहरा, साँफेबगर नगरपालिकाका पूर्व मेयर कुलबहादुर कुँवर लगायतका सरोकारवाला पनि बजेट व्यवस्थापनको माग गर्दै आन्दोलित छन् ।

माघ १६ गतेसम्म माग पूरा गर्ने समझदारी भए पनि त्यसको कार्यान्वयन भएन । १६ गते मन्त्रालयले  आन्दोलनरत पक्षलाई भुलाउन एउटा विज्ञप्ति जारी गर्‍यो ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति:

null

‘माग सम्बोधन गर्न प्रक्रियागत अल्झनका कारण केही समय लाग्ने भनिएको हुनाले हामीले अहिलेका लागी आन्दोलनका कार्यक्रम स्थगन गरेका छौं । मागहरू सम्बोधन नभए सशक्त  आन्दोलनमा जान्छौं,’ पूर्व मेयर कुलबहादुर कुँवरले भने ।

प्रदेश सरकारले जिम्मा लिने

न्याय हेल्थ नेपालको सहयोगबाट चल्दै आएको बयलपाटा अस्पताललाई अब भने व्यवस्थापनको सम्पूर्ण पाटो सुदूरपश्चिम प्रदेश सरकारले हेर्ने गरी मिलाउने गृहकार्य भइरहेको सरकारी अधिकारीहरू बताउँछन् ।

नेपाल सरकारले सरकारी सेवा सुविधा दिन भनेर स्थापना गरेको बयलपाटा अस्पताल वर्षौंसम्म सञ्चालन हुन नसकेपछि गैरसरकारी संस्था न्याय हेल्थ नेपालले व्यवस्थापनको जिम्मेवारी लिएको थियो । 

जिम्मेवारीको १४ वर्ष पूरा भइसकेको अवस्थामा आर्थिक अभावका कारण अब भने कसरी सञ्चालन गर्ने भन्नेमा अस्पताल प्रशासन अलमलमा रहेका बेला प्रदेश सरकारले व्यवस्थापनको सम्पूर्ण जिम्मा लिने गरी गृहकार्य अघि बढाएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले बताए ।

‘बयलपाटा अस्पताललाई अनुदान रकम दिएर मात्र हुँदैन, अब अस्पताल सञ्चालनको जिम्मेवारी सरकारले नै लिनेगरी हामी काम गर्दै छौं । ५ वर्षभित्रै सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल सञ्चालन गर्छ,’ सचिव सिंहले भने ।

अस्पतालको व्यवस्थापकीय पाटो प्रदेश सरकारले हेर्नेगरी सकारात्मक छलफल भइरहेको न्याय हेल्थ नेपालका प्रतिनिधि एवं स्वास्थ्य सेवा व्यवस्थापक हिम विश्वकर्माले बताए । 

null

‘प्रदेश सरकार र अस्पताल प्रशासनबीच निरन्तर छलफल भइरहेको छ । सरकारले दायित्व बढाउँदै जाने र हामीले क्रमिकरूपमा दायित्व घटाउँदै जाने गरी गृहकार्य गर्दछौं । केही वर्षभित्र अस्पतालको सम्पूर्ण दायित्व प्रदेश सरकारले लिने गरी वार्ता भइरहेको छ,’ विश्वकर्माले भने ।

न्याय हेल्थ नेपालको ८० प्रतिशत र बाँकी २० प्रतिशत नेपाल सरकारको अनुदानमा चलिरहेको अस्पतालको व्यवस्थापनको पाटो साँफेबगर नगरपालिकाले पनि हेरिरहेको छ । चालू आर्थिक वर्षका लागि नगरपालिकाले १ करोड बजेट विनियोजन गरेको छ ।

कूल १ सय ९४ कर्मचारी कार्यरत रहेको यस अस्पतालमा बहिरङ्ग सेवा तथा २४सै घण्टा अन्तरङ्ग सेवा, आकस्मिक सेवा, प्रयोगशाला तथा एक्स–रे सेवा उपलब्ध छ ।

अमेरिकामा अध्ययनरत नेपाली र अमेरिकी चिकित्सकहरूको सहकार्यमा न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले २०६४ सालमा अछामको साँफेबगरबाट प्राथमिक स्वास्थ्य सेवा थाल्यो । पछि २०६५ मा बयलपाटा अस्पतालबाटै सेवा सुचारु गरेको थियो ।

बयलपाटा अस्पतालले विगत १३ वर्षदेखि नियमितरूपमा यहाँका बिरामीलाई औषधि तथा स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रदान गर्दै आएको छ । सम्पूर्ण सेवाहरू निःशुल्क उपलब्ध हुने यस अस्पतालमा अछाम, बाजुरा, डोटी, दैलेख, मुगु र हुम्लाका बिरामी सेवा लिन आउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x