×

NMB BANK
NIC ASIA

तराई-मधेशमा नयाँ मोर्चाबन्दीको तयारी

६ वर्षपछि नजिकिँदै महन्थ र हृदयेश, उपेन्द्रलाई एक्ल्याउन अरूलाई पनि समेट्ने गृहकार्य

काठमाडाैं | माघ २९, २०८०

NTC
Premier Steels

महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टी सहकार्यका लागि अन्तिम तयारीमा जुटेका छन् ।

Muktinath Bank

आगामी दिनमा दुई पार्टीबीच सहकार्य गरी कार्यगत एकता गर्दै अगाडि बढ्ने विषयमा समझदारी बनिसकेको स्रोतले दाबी गर्‍यो । स्रोतका अनुसार सो समझदारीलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने तयारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोसपा नेपालका अध्यक्ष ठाकुरले दुई पार्टीबीच सहकार्य गर्ने विषयमा छलफल भइरहेको पुष्टि गरे । तर, सहमतिमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

'अहिले प्रक्रियामै छ । छलफल भइरहेको छ,' ठाकुरले लोकान्तरसँग भने, 'दुवै पार्टीबीच सहकार्य गर्ने विषयमा छलफल भएको हो । तर, अहिले कुनै निर्णय भएको छैन ।'

Vianet communication

पार्टी एकता नै गर्ने विषयमा भने छलफल नभएको उनले प्रस्ट पारे ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले पनि दुवै पार्टीबीच कार्यगत एकताको विषयमा छलफल चलिरहेको पुष्टि गरे  ।

'केही विषयहरूमा सहकार्य गर्ने छलफल चलिरहेको छ, बस त्यति मात्र हो,' त्रिपाठीले लोकान्तरसँग भने, 'देशमा उत्पन्न भइरहेको वर्तमान राजनीतिक परिस्थितिलाई लिएर केही विषयवस्तुमा सहकार्य गर्दै जाने भनेर प्रारम्भिक छलफल भइरहेको हो ।'

सहकार्य गर्न लोसपा अध्यक्ष ठाकुरले नै प्रस्ताव गरेको कि तपाईंले भन्ने प्रश्नमा त्रिपाठीले भने, 'प्रस्ताव कसले गर्‍यो भन्दा पनि सहकार्य गर्ने कुरा महत्त्वपूर्ण हो । ठाकुरजीसँग सहकार्य गर्ने विषयमा त साबिकको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) नेपाल निर्माण गर्ने संस्थापक नै म आफैं हो नि ।'

देशको समसामयिक राजनीतिक जटिलताको विषयमा मात्र सहकार्य हुने भने पनि कुन-कुन विषयमा सहकार्य हुने भन्ने दुवैले खुलाएनन् ।

तर, लोसपा नेपालका एक शीर्ष नेता भने आगामी दिनमा अन्य राजनीतिक दलहरूसँग समेत मोर्चाबन्दी गरेर जाने गरी तयारी अगाडि बढेको बताउँछन् ।

'तराई- मधेशलाई केन्द्रित गरी राजनीति गर्ने दलहरूसँग कार्यगत एकता गर्दै आगामी चुनावसम्म मोर्चाबन्दी गरेर जाने गरी गृहकार्य थालिएको हो,' उनले लोकान्तरसँग भने, 'प्रभु साहले नेतृत्व गर्नुभएको आमजनता पार्टी, रेशम चौधरीले नेतृत्व गर्नुभएको नागरिक उन्मुक्ति पार्टी, डा. सीके राउतले नेतृत्व गर्नुभएको जनमत पार्टीसँग पनि सहकार्य तथा मोर्चाबन्दी गरेर जाने गरी गृहकार्य थालिएको हो ।'

अन्य पार्टीसँगको कार्यगत एकता वा मोर्चाबन्दी हुन १ वर्षसम्मको समय लाग्न सक्ने उनले बताए । मधेशमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अलगथलग पार्ने मुख्य लक्ष्य रहेको उनको कथन छ ।

'आगामी चुनावमा उपेन्द्रजीले नेतृत्व गर्नुभएको जसपाबाहेक अन्य तराई-मधेशका शक्तिहरू एक ठाउँमा आएर गठबन्धन गरी जान सकियोस् भन्ने मुख्य उद्देश्य हो,' उनले थपे, 'तर, उक्त रणनीति कति सफल होला वा नहोला, त्यो त भविष्यले नै बताउने छ ।'

यता आमजनता पार्टीका अध्यक्ष प्रभु साहले भने अहिले कुनै पनि पार्टीसँग आफू संवादमा नरहेको खुलाए । पार्टी स्थापनाको १ वर्षसम्म अन्य कसैसँग सहकार्य नगर्ने उनको भनाइ छ ।

'हाम्रो पार्टी स्थापना भएको १ वर्ष पुगेपछि मात्र अन्य कुनै दलसँग सहकार्य गर्नेछौं,' साहले लोकान्तरसँग भने, 'अहिले तत्काल कुनै पनि दलसँग संवादमा छैनौं । तर, सहकार्य गर्न, संवाद गर्न ओपन छौं ।'​

६ वर्षपछि ठाकुर-त्रिपाठी सहकार्य

२०६३ सालमा मधेश आन्दोलनका दौरान नेपाली कांग्रेसको कोषाध्यक्षबाट राजीनामा गर्दै महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन भएको थियो ।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा मन्त्री रहेकै बेला ठाकुरले पार्टी परित्याग गर्दै उक्त पार्टी गठन गरेका थिए ।

त्यसैक्रममा नेपाल सद्भावना पार्टी परित्याग गरेर हृदयेश त्रिपाठी पनि तमलोपामा आबद्ध भएका थिए । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका त्रिपाठीले २०७४ सालको स्थानीय चुनावका क्रममा ठाकुरको साथ छाडेका थिए ।

तीन चरणमा भएको उक्त चुनाव शुरूमा महन्थ नेतृत्वको राजपाले बहिष्कार गरेको थियो । तर, मधेशमा तेस्रो चरणमा चुनाव हुँदा राजपा सहभागी भयो ।

आफ्नो प्रदेश (तत्कालीन ५ नम्बर )मा चुनाव हुँदा सहभागी हुन नदिएर मधेश (तत्कालीन २ नम्बर)मा सहभागी भएपछि हृदयेश महन्थसँग असन्तुष्ट बनेका थिए ।

त्यसपछि २०७४ सालमै स्वतन्त्र विचार समूहबाट नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर त्रिपाठी संसदीय चुनाव लडे ।

लुम्बिनी प्रदेश सभामा अजय शाही, कपिलवस्तुबाट प्रतिनिधि सभामा वृजेश गुप्ता र प्रदेश सभामा धर्मबहादुर श्रीवास्तवलाई पनि त्रिपाठीले आफ्नो कोटामा सूर्य चिह्नबाट उठाएका थिए ।

२०७८ मंसिर २८ गते त्रिपाठीले आफ्नो नेतृत्वमा छुट्टै जनता प्रगतिशील पार्टी नै गठन गरे ।

२०७४ सालमा सूर्य चिह्न लिएर चुनाव जित्न सफल भए पनि जनता प्रगतिशील पार्टीको तर्फबाट पहिलोपटक चुनाव लड्दा त्रिपाठी पराजित भए ।

अर्कातर्फ ठाकुरले तमलोपाबाट राष्ट्रिय जनता दल (राजपा) हुँदै जनता समाजवादी पार्टी (जसपा ) नेपालको नेतृत्व गर्दै अहिले लोसपा नेपालको नेतृत्व गरिरहेका छन् ।

लोसपाले प्रतिनिधि सभामा ४ सीट मात्र जितेको छ । थ्रेसहोल्ड कटाउन नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाउन नसकेको लोसपालाई पनि अस्तित्व रक्षाको संकट देखिएको छ भने त्रिपाठीलाई पनि सहकार्यको आवश्यकता देखा परेको छ ।

२०७४ सालदेखि ठाकुर-त्रिपाठीबीच सौहार्द सम्बन्ध थिएन । ६ वर्षपछि बल्ल आएर ती दुवै नेताहरू एकअर्कासँग सहकार्य गर्न तयार भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x