×

NMB BANK
NIC ASIA

शरणार्थी क्याम्पमा अपराध

रोहिङ्ग्या शरणार्थी क्याम्प लागूऔषधको अखडा, म्यानमार र बंगलादेशदेखि आउँछ 'याबा'

काठमाडाैं | फागुन २, २०८०

NTC
Premier Steels

काठमाडौंमा रहेको रोहिङ्ग्या शरणार्थी शिविर लागूऔषधको अखडा बन्दै गएको पाइएको छ । 

Muktinath Bank

म्यानमारबाट भागेर बंगलादेश हुँदै नेपाल आएका कतिपय शरणार्थी लागूऔषध प्रयोग र कारोबारमा संलग्न रहेको पाइएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द थपलियाले लोकान्तरसँग बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रोहिङ्ग्या क्याम्प लागूऔषधको अखडा बनेको पाइएको छ । त्यहाँ विशेष खालको लागूऔषधका प्रयोगकर्ता र कारोबारीहरू भेटिएका छन्,’ एसएसपी थपलियाले भने । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार त्यहाँ लागूऔषध एम्फेटामाइन (याबा)को प्रयोग र कारोबार भइरहेको छ । 

Vianet communication

प्रहरीले क्याम्पबाट २ जनालाई पक्राउ गरेको छ । ३५ वर्षीय बब्लु मियाँ र १९ वर्षीय अनवर सदिललाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट १/१ ट्याब्लेट याबा बरामद गरेको छ ।

यो लागूऔषध १०० मिलिग्रामको २ हजार रुपैयाँमा बिक्री हुने गरेको एसएसपी थपलियाले बताए । 

‘यो महंगो लागूऔषध हो । यसको १०० मिलिग्रामकै २ हजार रुपैयाँ पर्छ । यसलाई तस्करहरूले १ हजार रुपैयाँमा नेपाल ल्याएर २ हजारमा बिक्री गर्ने गरेको पाइएको छ,’ एसएसपी थपलियाले लोकान्तरसँग भने । 

उनका अनुसार रोहिङ्ग्या शरणार्थी क्याम्पमा गार्मेन्टमा कामदारहरूलाई उक्त लागूऔषध सप्लाइ हुने गरेको तथ्य खुलेको छ । 

‘रोहिङ्ग्याको क्याम्पमा गार्मेन्टमा काम गर्ने कामदारलाई बिक्री गर्ने भएकाले बाहिर आउन निकै अप्ठ्यारो विषय हो । त्यसले गर्दा प्रहरीलाई त्यहाँको सूचना ल्याउन निकै कठिन परेको थियो,’ एसएसपी थपलियाले भने ।

याबा म्यानमार र बंगलादेशमा पाइने लागूऔषध हो । उनीहरूले म्यानमारबाट बंगलादेश हुँदै भारतको बाटो भएर नेपालको काँकडभिट्टा नाकाबाट ल्याउने गरेको पाइएको छ ।

ब्यूरोले माघ २४ गते बूढानीलकण्ठबाट बंगलादेशी नागरिक ३५ वर्षीय मोहमद मामुन खानलाई लागूऔषध याबासहित पक्राउ गरेको थियो । 

उनको साथबाट प्रहरीले १०३ ट्याब्लेट ‘याबा’ बरामद गरेको थियो । उनी बसेको बूढानीलकण्ठको डेराबाट थप २ सय ट्याब्लेट ‘याबा’ बरामद भएको थियो । 

मनोद्वीपक लागूऔषध ‘याबा’ क्रिस्टल एम्फेटामाइन (आइस)मा क्याफिनको मात्रा थपेर बनाइने लागूऔषध भएको एसएसपी थपलियाले बताए ।

उनकाअनुसार यो लागूऔषध गुलाबी र बैजनी रंगको हुन्छ । यो विशेष गरेर म्यानमार र बंगलादेशमा उत्पादन हुने गरेको छ । यो लागूऔषध नेपालमा पहिलोपटक बरामद भएको एसएसपी थपलियाले बताए । 

उनका अनुसार पछिल्लो समय नेपालमा औषधिजन्य लागूऔषधको प्रयोग बढ्दै गएको छ ।

‘नेपालमा औषधिजन्य लागूऔषधको प्रयोग बढेको देखिन्छ । यो भारतमा सहजै पाइने र नेपालमा प्रतिबन्ध भएकाले पनि प्रयोग बढेको देखिन्छ,’ एसएसपी थपलियाले लोकान्तरसँग भने ।

ब्यूरोले पछिल्लो समयमा मात्रै काठमाडौंबाट ६ हजार ६ सय एम्पुल डाइजापाम, ब्रुफिनाफाइन र प्रोमेथाजाइन बरामद गरेको थियो ।

यसक्रममा लागूऔषधसहित काठमाडौं महानरपालिका– १४ खड्कागाउँ बस्दै आएका बेसीशहर नगरपालिका– ३ का ४३ वर्षीय विक्रमबहादुर थापा र धादिङको सिद्धलेक गाउँपालिकाका ३९ वर्षीय पितनारायण श्रेष्ठ पक्राउ परेका थिए ।

उनीहरूले बा ६ च ३८३ नम्बरको कारमा राखेर बिक्री गर्न लैजाँदै गर्दा लागूऔषध बरामद गरिएको थियो । ब्यूरोले यो आर्थिक वर्ष अर्थात् २०८०/०८१ मा २ हजार ५ सय ८९ जनालाई पक्राउ गरेको छ, त्यसमध्येमा ६ जना तेस्रो देशका नागरिक छन् ।

भारतका १० जना महिला र ११३ जना पुषरुसहित १२३ जना पक्राउ परेका छन् । नेपालीहरू २ हजार ४६० जना पक्राउ परेका छन्, जसमा २ हजार ३४२ जना पुरुष र ११८ जना महिला रहेको ब्यूरोका एसएसपी थपलियाले लोकान्तरलाई बताए । 

यो आर्थिक वर्षमा ५ हजार ७०७ केजी गाजा, १ सय ५३ चरेस, साढे ५ केजी हेरोइन, ३ केजी अफिम, १६ हजार २४७ एम्पुल ब्रुप्रेनोर्फिन, १८ हजार ५५२ एम्पुल डाइजापाम, २७ हजार ८४६ एम्पुल फेनेरागन, ४९ हजार ९०३ नाइट्राभेट, ४५ हजार ५०९ ट्रामाडोल र अन्य लागूऔषध १० हजार ४० एम्पुल बरामद गरेको ब्यूरोको तथ्यांकले देखाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x