×

NMB BANK
NIC ASIA

बस दुर्घटना अपडेट

कपिलबस्तु बस दुर्घटनाः मृतक १० जनाकै सनाखत, सात जना कञ्चनपुरका

बुटवल | फागुन ३, २०८०

NTC
Premier Steels

कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । ज्यान गुमाउनेमध्ये सात जना कञ्चनपुरका छन् । 

Muktinath Bank

मृत्यु हुनेमा रौतहटको औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सौनिक हल-३ बस्ने कालिजंग गण गोरुसिंगेमा कार्यरत नेपाल आर्मीका ४१ वर्षका अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका ५५ वर्षीय सकिल मुसलमान, महेन्द्रनगर-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी र भिमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, दुर्घटनामा भिमदत्त नगरपालिका–१६ कन्चनपुर सन्जु थापा, कञ्चनपुरको भिमदत्त नगरपालिकाका  २७ वर्षीया खगेश्वरी खाती, भिमदत्त नगरपालिका–२ का २२ वर्षीय सुदीप भट्ट, पुर्नवास–९ बिसफाटाका अन्दाजी ७० वर्षकी विमलादेवी भट्ट, पुर्नवास–९ बिसफाटा कञ्चनपुरका अन्दाजी ८० वर्षका विशनदत्त भट्टको ज्यान गएको कपिलवस्तु प्रहरी प्रमुख नवरत्न पौडेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

जिल्लाको शिवराज नगरपालिका–१ सुरही खोलामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस गएराति सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो । 

Vianet communication

दुर्घटनाका घाइतेमध्ये ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोकबहादुर कार्की, गाडी चालक भिमदत्त–४ का पूर्णबहादुर चन्द, कैलालीको बेलडाडी नपा–१ बस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ति सुनारी गापा–२ बस्ने वर्ष २३ को सुशील कुँवरको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, गुल्मी मालिका गापा–७ बस्ने वर्ष २९ का अर्जुन कार्की, कन्चनपुर भिमदत्त न.पा.–१८ बस्ने बर्ष २८ का सन्तोष चौधरी, कन्चनपुर महेन्द्रनगर न.पा.–१८ बस्ने वर्ष ३५ का केशव हमाल, बैतडी मेनौली न.पा. –१ बस्ने वर्ष २२ का राजेश दयाल, कन्चनपुरको महेन्द्रनगर नगरपालिका–१ बस्ने वर्ष १८ को नितेश सुनारको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।  

अन्य घाइतेको चन्द्रौटास्थित कपिलवस्तुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताए । तीब्र गतिका कारण  अनियन्त्रित भएर दुर्घटना बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x