×

NMB BANK
NIC ASIA

सहकारीपीडितको कथा

सूर्यदर्शनले दिएको पीडा: भीमप्रसादको बुढेसकालको सहारा खोसियो, राधिकाको १० वर्षे बचत गुम्यो

काठमाडाैं | फागुन ३, २०८०

NTC
भीमप्रसाद दम्पती
Premier Steels

मोटरबाटोबाट ठ्याक्कै तल रहेको सानो एकतले घर । बाटोबाट आँगन झरेपछि देखिने दुई कोठा । आँगन छेउमा गुन्द्री ओछ्याएर बसिरहेका वृद्धवृद्धा । यिनै हुन्, बुढेसकालमा एकअर्काका सहारा । बुढ्यौलीमा आफ्नै ज्यानले साथ नदिने जानेर केही रकम जोहो गरेका थिए, भीमप्रसाद चपाईँले । ज्यानले सकुञ्जेल जोगाएको पैसा धेरथोर गरेर सहकारीमा बचत गरे । तर, बुढेसकाललाई साँचेको त्यो पैसा बालुवामा पानीसरह भयो । विश्वास गरेर बचत गरेको सूर्यदर्शन सहकारीका सञ्चालक रकम हिनामिना गरेर फरार छन् ।

Muktinath Bank

साढे तीन वर्षअघि सहकारीका कर्मचारी पोखरा बजारबाट आधा घण्टा माथि उक्लिएर सराङकोट पुगे । भीमप्रसादलाई विश्वास दिलाए । ब्याजको लोभ देखाए । त्यसपछि हो भीमप्रसादले सहकारीमा रकम जम्मा गर्न थालेको । जग्गा बेचेर कृषि विकास बैंकमा राखेको पैसा पनि सहकारीमा नै ल्याए । त्यहाँ उनको ब्याजसहित २० लाख फसेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

पहिले सानोतिनो सरकारी जागिर थियो । पढाइ साक्षरता । आम्दानी थोरै । घर चलाउन गाह्रो । स्थायी जागिर छाडेर गैरसरकारी संस्थामा काम गरे । आम्दानी राम्रै हुन थाल्यो । घरपरिवार सम्हालेर राख्न उस्तै मुश्किल थियो । त्यताबाट पनि राजीनामा दिए । माथि गाउँ नै उक्लिए । खेतीपाती गर्न थाले । परिवार सँगै थिए । आफ्नै गाउँघरमा जीवन गुजारा भएकै थियो । आफ्नो नाममा जग्गा थियो । पामेमाथि र सराङकोटमा गरी दुई ठाउँको जग्गा बेचे । बैंकमा पैसा राखे । ब्याज आउँथ्यो । बुढाबुढीलाई आइपर्दा टर्थ्यो । दैनिकी कृषिले धानेको थियो । कृषि विकास बैंकमा ब्याज १० प्रतिशत थियो । सहकारीले १२ प्रतिशत दिने भनेर लोभ्यायो । चाहिँदा आफैँ ल्याइदिन्छौं भन्यो । 

Vianet communication

‘तपाईँहरूको सहारा हुन्छ, बुढाबुढी हुनुहुँदो रैछ भने । हो क्यारे भन्ठानियो, अनि लगेर राखियो । एक वर्ष पुगेपछि पैसा झिक्नुपर्‍यो भन्दा नझिक्नुस्, हुँदैन भने । तपाईँलाई चाहिएछ भने एक वर्ष राख्नुस्, सहयोग गर्नुस्, १४ प्रतिशत दिन्छु भने, अनि राखियो,’ उनले सुनाए । 

एक वर्ष बित्यो । त्यतिञ्जेल सहकारीको रकम हिनामिनाको विषय बाहिरिसकेको थियो । सञ्चालक फरार भए । उनीहरूविरुद्ध सहकारीपीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

भीमप्रसाद दम्पतीका दुई छोरा छन् । अशंबण्डा लगाइसकेका । आफ्नो भागमा परेको जग्गा नै हो उनले बेचेको । सबै सन्तानले आफ्नो सुर कसिसके । बेग्लाबेग्लै बस्छन् । कहिलेकहीँ काम पर्दा घरमा कान्छी बुहारी आउँछिन् । के कसो छ, हालखबर बुझ्छिन् । त्यही हो आडभरोसा ।

‘भएको पैसा सर्लक्क लगेर उतै राखेको । न ब्याज दिए, न सावाँ आयो । मेरो खर्च चलाउने उपाय केही छैन । बुढी नसाको बिरामी छे । यत्तिकै बुढो भैँसी पालिछम् । सन्तानले दया धर्मले पालेछन् र देखेछन् भने ठिकै भयो, नत्र मेरो उपाय केही छैन,’ भीमप्रसादले दुखेसो पोखे । 

उमेरले ७८ कटे । हात चल्दासम्म जोगाएको पैसा बुढेसकालमा सहारा बन्ला भन्ने आशा थियो । रोगले छुन लाग्यो । श्रीमती दीर्घरोगी छिन् । खानलाउन धौ हुने बेलामा उपचार खर्चको जोहो कसरी गर्नु, उनलाई थाहा छैन । कहिलेकाहीँ छोरीले घर व्यवहार धान्न सहयोग गर्छिन् । घरमा आइरहने कान्छी बुहारीले हेर्छिन् । 

****

पृथ्वीचोकको होहल्ला पार गरेपछि बायाँतिरको गल्ली । धुलाम्मे बाटो । मान्छेको भीडभाड उस्तै । सटरैपिच्छे व्यापारीको व्यस्तता । स–साना व्यापरिक सटरको बीचमा छ, एउटा चटपट र पानीपुरी पसल । भर्‍याङमुनि सानो र कुचुक्क परेको स्थानमा एउटा बेन्च अटेको छ । 

राधिका केशरीले त्यसरी चटपट बेच्न थालेको धेरै भएको छैन । पृथ्वीचोकको सडकमा ठेलामा फलफूल व्यापार गर्थिन्, उनी । पोखरा महानगरले सडकमा व्यापार गर्न प्रतिबन्ध लगाएपछि महिनाको पाँच हजार भाडा तिरेर पसल थापेकी हुन् । 

null

ठेलामा व्यापार गरेर कमाएको पैसा सूर्यदर्शनमा जम्मा गर्न थालेको १० वर्ष भएको थियो ।  

‘शुरूदेखि नै जम्मा गर्न थालेको । बचेको ५०/१०० रुपैयाँ गर्दै जम्मा गरेको पैसा । घरको टेन्सन छुट्टै छ । सहकारीले छुट्टै टेन्सन दिएको छ,’ उनले रुँदै भनिन् ।

उनको नाममा दुईवटा खाता छ । छोरा, आफू र श्रीमान्को खातामा रहेको रकम समेत २० लाख ५० हजार रुपैयाँ सहकारीमा फसेको उनले बताइन् । छोरा रोहित घरमा झ्यालढोका हाल्ने काम गर्छन् । पहिला अर्कै कम्पनीमा जागिरे थिए । कमाएको पैसा सहकारीमा राखे । पछि, जागिर त्यस्तै भयो । अहिले काम आए मात्र हिँड्छन् । आम्दानीको ठेगान हुँदैन । राधिकाका श्रीमान् साइकलमा तरकारी बेच्दै हिँड्छन् ।

घरव्यवहार चलाउने जिम्मा राधिकाले लिएकी थिइन् । उनकै सुझबुझले हो, सहकारीमा पैसा राखेको । यसै विषयमा कहिलेकाहीँ घरमा मनमुटाव हुन्छ । परिवारका सदस्यले राधिकालाई बचन लगाउँछन् ।

null

२०७९ कात्तिकमा राधिका बिरामी भइन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्दा चिकित्सकले उनको स्तनको अपरेसन गर्नुपर्ने बताए । तत्काल रकम आवश्यक पर्‍यो । बचत गरेर राखेको रकमको आशा थियो । पैसाकै कारण हतोत्साहित हुनुपर्ने लागेन, किनकि बचत थियो । सहकारी पुग्दा रोहित छाँगाबाट खसेजस्तै भए । सहकारीले पैसा लिनका लागि टोकन थमायो । टोकनको पालो तत्काल हैन, महिना दिन पछिलाई थियो ।

‘आमाको स्तनमा घाउ भयो । डाक्टरले अपरेसन छिटो गर्नुपर्छ, नत्र क्यान्सरको डर हुन्छ भने । विकल्प नभएपछि हुन्छ भनियो । सिरियल नम्बरमा नाम टिपाए । पालो कुर्नुस् भने,’ उनले सुनाए । 

उपचारका लागि लागेको पैसा ऋण लिएर जोडजाम गरे । एक वर्षदेखि धाएका हुन्, उनीहरू सहकारीमा पैसा फिर्ताका लागि । यही साउन २२ मा मात्र हो, सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको । गत वर्षको कात्तिकमा आफूहरूले पैसा नपाउँदा समेत सहकारी समस्याबारे उनीहरूलाई भेउ थिए । पछि, बजारमा हल्ला फैलिन थाल्यो । चेक नसाटिने समस्या आयो ।

null

सहकारी समस्याबारे थाहा पाएपछि सबै रकम फिर्ता मागे । सहकारीले पालो आउनुपर्छ भनेर कुरायो । पालो आएपछि बोलाउँछौं भन्यो । उनीहरू फोनको प्रतीक्षामा बसे । त्यतिबेलासम्म सहकारीका सञ्चालक फरार भइसकेका थिए । 

दैनिक मजदुरी गरेर जम्मा गरेको रकम चाहिएको बेला उपलब्ध छैन । राधिकालाई घरव्यवहार धान्न गाह्रो छ । आमासँगै रोहितका आँखा भरिन्छन्, सहकारी सम्झँदा ।

पारिवारिक परिस्थितिले घर व्यवहारको जिम्मा रोहितकै काँधमा आएको छ । जिम्मेवारीकै कारण स्नातक तहमै पढाइ छाडेका छन् । 

दुई बहिनी स्नातक र ११ कक्षामा पढ्दैछन् । बहिनीहरूलाई पढाउने रकम समेत छैन ।​

बचतकर्ताको रकम अपचलन गरेका ५ सहकारी
 
भीम र राधिका दुई प्रतिनिधि पात्र हुन् । सहकारीका कारण उनीहरू जस्तै हजारौं बचतकर्ता घर न घाटको भएका छन् । दुःख गरेर कमाएको पैसा डुबेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पोखरामा ३६०० बचतकर्ताले पाँच सहकारीविरुद्ध उजुरी दिएका छन् ।

पोखरामा सबैभन्दा पहिला इमेज सहकारीविरुद्ध वैशाख ३१ गते जाहेरी परेको थियो । त्यसका सञ्चालक ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली हुन् । हाल उनी फरार छन् । 

त्यसको अर्को दिन वैशाख ३२ मा शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्ध जाहेरी पर्‍यो । त्यसपछि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध साउन २२ गते १ हजार ३५ जनाले उजुरी दिएका थिए । सहकारीका सञ्चालक गितेन्द्रबाबु (जिबी) राई फरार छन् ।

यो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएका छन् । उनीविरुद्ध समेत सहकारीपीडित संषर्घ समितिले पूरक जाहेरी दिएको छ ।

इमेज र सूर्यदर्शनका अलावा बलिदानी सहकारीविरुद्ध असोज १४ गते जाहेरी परेको थियो । यता, मित्र मिलन सहकारीविरुद्ध मंसिर १६ गते ७ सय १४ जनाले जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार पाँच सहकारीका ९२ सञ्चालकविरुद्ध उजुरी परेको छ । त्यसमध्ये ३० जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्तिहरू सहकारीका सदस्य, लेखा समिति सदस्य, व्यवस्थापक, अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षलगायत छन् ।

null


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x