×

NMB BANK
NIC ASIA

आईसीसी क्रिकेट विश्वकप लिग–२

नेदरल्यान्ड्सविरुद्ध नेपालः बलिङ र ब्याटिङ दुवैमा अब्बल

काठमाडाैं | फागुन ५, २०८०

NTC
Sarbottam
बलिङ र ब्याटिङ दुवैमा उच्च प्रदर्शन गरेका कुशल भुर्तेल ।
Premier Steels
Marvel

आईसीसी क्रिकेट विश्वकप लिग–२ एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध जीत निकाल्दा नेपाल बलिङ र ब्याटिङ दुवैमा अब्बल देखिएको छ । भारतमा गत अक्टोबर र नाेभेम्बरमा भएको विश्वकप खेलेको नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको सानदार जीत निकाल्दा नेपाली खेलाडीले बलिङ र ब्याटिङ दुवैमा अब्बल प्रदर्शन गरेका हुन् ।

Muktinath Bank

नेदरल्यान्ड्सले दिएको १३८ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेट गुमाएर १४१ बनाउँदै सजिलै पूरा गर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

नेपालका लागि अनिल साह र आसिफ शेखले नटआउट अर्धशतक प्रहार गरे ।

Vianet communication
Laxmi Bank

ओपनर कुशल भुर्तेलले १० बलमै २८ रन बनाएर सनसनी मच्चाए । ११ औँ बल खेल्दा उनी आउट हुन पुगे । 

यस्तै अनिलले ३६ बलमा सर्वाधिक ५७ रन बनाए । अनिलले ६ चौका र ४ छक्का प्रहार गरेर खेल सिध्याए ।

null

यस्तै आसिफले ४५ बलमा ५२ रन जोडे । उनले ८ चौका र १ छक्का प्रहार गरे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार बिहान नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रन बनाउँदा अलआउट भएको थियो ।

null 

यस्तै कुशलले २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै नेदरल्यान्ड्सलाई शुरूआतदेखि नै दबाबमा राखेको थियो । नेपाली बलरसामु नेदरल्यान्ड्सका ब्याटर खुलेर खेल्न सकेनन् ।

null

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । त्यस्तै, बास डे लीडेले २७ रन बनाए । सिब्रान्ड इंगेलब्रेच्टले २३ रन बनाए । अन्य ब्याटरले व्यक्तिगत १५ रन पनि कटाउन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गर्दा उनले २.८५ को इकोनमी राखे । पार्टटाइम बलरको रुपमा रहेका कुशलको यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । ब्याटिङ पनि फिस्फोटक गरेका उनी खेलका पनि उत्कृष्ट खेलाडी चुनिए ।

null

यस्तै ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र कप्तान रोहितकुमार पौडेलले १-१ विकेट लिए  । नेदरल्यान्ड्सका २ जना खेलाडी रनआउट भए ।

लिग–२ को पहिलो खेलमा भने नेपाल नामिबियासँग पराजित भएको थियो । दोस्रो खेलमा बलियो टोली नेदरल्यान्ड्सविरुद्ध सानदार प्रदर्शन गरेको छ । नेदरल्यान्ड्स त्यही टोली हो जसले गत विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशजस्ता टोलीलाई हराएको थियो ।

यस जीतसँगै नेपालले लिग– २ मा महत्वपूर्ण ३ अंक जोडेको छ । यसअघि अंक तालिकाको पुछारमा रहेको नेपाल दोस्रो स्थानमा उक्लिएको हो । पहिलो स्थानमा यसअघि नेपाललाई हराएको नामिबिया छ ।

नेपालले शनिवार प्लेइङ ११ मा परिवर्तन गरेको थियो । यसक्रममा दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको थियो । पछिल्लो खेलबाटै करण केसी र पवन सर्राफ भने बाहिर छन् ।

null

यस्तो थियो नेपालको प्लेइङ ११:

कप्तान रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी र ललित राजवंशी ।

बेन्चमाः

आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ र करण केसी ।

अब घरेलु टोली नेपालले यही फागुन ७ गते नामिबियासँग र १३ गते फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x