×

NMB BANK
NIC ASIA

कोशीपछि मधेशमा सत्ता पल्टाउने खेल

संघीय सरकारकै जग हल्लाउने 'राजनीतिक कू'को प्रयास विफल, भारत पुर्‍याइएका थिए ५४ सांसद !

काठमाडाैं | फागुन ७, २०८०

NTC
तस्वीरमा माओवादी संसदीय दलका नेता साह
Premier Steels

संघीय सरकार समेत हल्लिने गरी मधेश प्रदेशमा हुन लागेको राजनीतिक 'कू' प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अन्तिम समयमा थाहा पाएपछि विफल बनेको छ ।

Muktinath Bank

जसपाका सरोजकुमार यादवको सरकार ढालेर नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साहलाई मुख्यमन्त्री बनाउने तयारीसहित अगाडि बढेको प्रयास अन्तिम समयमा विफल बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ सरकार बनाउने तयारीसहित एमाले, माओवादी, जनमत, लोसपा, अन्य साना दल र स्वतन्त्र समेत गरी ५७ सांसदको हस्ताक्षर जुटाइएको थियो । त्यसमध्ये ५४ सांसदलाई भारत पुर्‍याएर एक साथ राखिएको थियो ।


Advertisment
Nabil box
Kumari

सांसदहरूलाई भारतको बिहारस्थित सुर्सन्डमा रहेको दामोदर एकेडेमीमा राखिएको विश्वस्त स्रोतले दाबी गर्‍यो । उक्त स्थान महोत्तरी सदरमुकाम जलेश्वरबाट ७ किलोमिटर टाढा पर्छ ।

Vianet communication

मधेशमा जसपाको सरकार ढलेको भए जसपा संघीय सरकारबाट समेत बाहिरिने खतरा थियो । जसपा बाहिरिँदा सत्ता गठबन्धन नै संकटमा पर्ने निश्चितप्राय: थियो ।

उक्त तयारीबारे माओवादीका शीर्ष नेताहरूलाई समेत शुरूमा जानकारी नरहेको पाइएको छ । प्रचण्डले अन्तिम समयमा थाहा पाएपछि कूटनीतिक च्यानल प्रयोग गरेर भारत पुगेका सांसदहरूलाई नेपाल फर्काउन सफल भएको स्रोतको दाबी छ ।

आफ्ना सांसदहरूसँग सम्पर्क हुन नसकेपछि प्रचण्ड कूटनीतिक च्यानल प्रयोग गरी लोसपालाई 'ब्याक' गराउन सफल भएका थिए ।

'नेकपा एमालेका २३, जनमतका १३, माओवादीका ८, लोसपाका ९, राप्रपा, संघीय समाजवादी र नागरिक उन्मुक्तिका १/१ तथा स्वतन्त्र सांसद प्रमोद जयसवालसहित ५७ जना सांसदको हस्ताक्षर गरेर प्रदेश प्रमुख समक्ष बुझाउने तयारी थियो,' नेकपा एमालेका एक सांसदले लोकान्तरसँग भने, 'तर, अन्तिममा लोसपा ब्याक भयो । लोसपाका सांसदलाई पार्टी नेतृत्व र भारतीय पक्षबाट समेत दबाब आएको बुझेका छौं ।'

सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या अभियोगमा दोषी ठहर भएपछि लोसपा संसदीय दलका नेता अभिराम शर्मा भारतमा लुकेर बस्दै आएका छन् । उनी भारतको सुर्सन्डमै बस्ने गरेका कारण लोसपा नेतृत्व र बाह्य शक्ति केन्द्रले दबाब बढाएपछि लोसपा 'ब्याक' भएको ती सांसदले खुलाए ।

दामोदर एकेडेमीमा राखिएका सांसदलाई नेपाल फर्काउन भारतीय प्रशासनले समेत भूमिका खेलेको स्रोतको दाबी छ ।

'भारतमा हुँदा माओवादीकै सांसद पनि प्रधानमन्त्रीको सम्पर्कमा थिएनन् । अन्तिममा उहाँ (प्रचण्ड)ले कूटनीतिक च्यानल प्रयोग गरेर सुर्सन्डका प्रहरी समेत परिचालित गराउनुभयो । भारतीय प्रहरी हामी बसेको ठाउँसम्म आएका थिए,' त्यहाँ भेला भएका एक सांसदले लोकान्तरसँग भने, 'रातभर सुर्सन्डमै बस्यौं । ६ गते बिहानै त्यहाँबाट जनकपुरका लागि प्रस्थान गरेका थियौं ।'

लोसपाका अभिराम शर्मालाई भारतीय प्रहरीबाटै प्रत्यक्ष दबाब आएको अर्का एक सांसदले खुलाए ।

'शर्माले भारतमा नै सेल्टर लिएर बसिरहनुभएको छ । हाम्रो कुरा नमाने पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाइदिन्छौं भनेर उहाँलाई भारतीय प्रहरीले दबाब दिएको हामीले बुझेका छौं, त्यसपछि उहाँ (अभिराम शर्मा) 'ब्याक' हुँदा हाम्रो प्रयास सफल हुन सकेन ।'

जनमत पार्टीले सरोज यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका करण मुख्यमन्त्री यादवले फागुन ६ गते प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो । त्यसको एक दिनअघि नै कांग्रेस र जसपा बाहेकका सांसदहरू भारतको सुर्सन्ड पुगेका थिए ।

१०७ जना प्रदेश सांसद रहेको मधेश प्रदेशमा सरकार बनाउनका लागि ५४ मत आवश्यक पर्छ । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै सांसदहरूलाई हस्ताक्षरसहित प्रदेश प्रमुख हरिशंकर मिश्रको कार्यकक्षमा उपस्थित गराउने तयारीअनुसार भारत पुर्‍याएर एकसाथ राखिएको मधेश प्रदेशस्थित माओवादी केन्द्रकै एक सांसदले स्वीकारे ।

माओवादीको नेतृत्वमा सरकार बनाउने गरी तयारी अगाडि बढे पनि यो सम्पूर्ण खेलमा मुख्य भूमिका भने एमाले र लोसपाले खेलेको स्रोतको दाबी छ । शुरूआति तयारी निकै गुपचुप थियो ।

फागुन ६ गते ५७ सांसद भारततिर लागेको खबर बेलुका मात्र प्रचण्डसम्म पुगेको थियो । त्यसपछि बल्ल उनले यो सम्पूर्ण खेलबारे जानकारी पाएको स्रोतले बतायो ।

कूटनीतिक च्यानल प्रयोग गरी भारतबाट फर्काएपछि प्रचण्डले पार्टीका सांसदलाई केन्द्रको निर्देशनविपरीत नलाग्न निर्देशन दिएका थिए ।

'प्रधानमन्त्री प्रचण्डसमक्ष उक्त सूचना पुगेपछि उहाँ पनि आश्चर्यचकित हुनुभएको रहेछ,' माओवादीका एक सांसदले लोकान्तरसँग भने, 'मधेश प्रदेशमा हुने चलखेलले संघीय गठबन्धन नै अप्ठ्यारोमा पर्ने भनेर उहाँले सरोज यादवलाई विश्वासको मत दिन निर्देशन दिनुभयो ।'

मधेशको सरकारबारे गठबन्धनमा छलफल हुने आश्वासन दिँदै प्रचण्डले साहलाई 'ब्याक' गराएको ती सांसदको दाबी छ ।

लोसपा 'ब्याक' भइसकेकाले साहसामु अर्को विकल्प पनि बाँकी थिए । यस विषयमा बुझ्दा लोसपा सांसद रानी शर्माले त्यस्तो केही नभएको जिकिर गरिन् । लोसपाकै जीतेन्द्र सोनल भने यो प्रक्रियामा सामेल थिएनन् ।

यस विषयमा बुझ्न खोज्दा माओवादी संसदीय दलका नेता साहले प्रतिक्रिया दिन मानेनन् ।

नेकपा (माओवादी केन्द्र)बाट मधेश सरकारमा मन्त्री रहेकी सुनिता यादवले यस विषयमा आफूलाई खासै जानकारी नरहेको बताइन् ।

'पार्टीबाट यही सरकारलाई समर्थन गर्ने निर्देशन थियो । भरतजीले त्यस्तो कुनै चलखेल गर्नुभएको हो भन्ने केही गन्ध त हिजै पनि आएको थियो । त्यस्तो भएको हो भने त्यो पार्टीको निर्णयविपरीतको काम हो,' मन्त्री यादवले लोकान्तरसँग भनिन् ।

सरकार ढाल्न सांसदहरू भारतमा जम्मा भएको सूचना आफूले पनि थाहा पाएको मुख्यमन्त्री यादवले बताए ।

'त्यो सूचना मैले पनि पाएको थिएँ, तर खासै चासोचाहिँ दिइनँ,' मुख्यमन्त्री यादवले लोकान्तरसँग भने, 'गठबन्धनको शीर्ष तहमा नै मलाई विश्वासको मत दिने निर्णय भएकाले ढुक्क थिएँ । प्रधानमन्त्रीज्यूले यही गठबन्धन रहन्छ भनिसक्नुभएकाले मैले केही गर्नै परेन ।'

सबै खेल असफल भएपछि मधेशका मुख्यमन्त्री सरोज यादवले आइतबार प्रदेश सभामा विश्वासको मत पाएका छन् । १०४ जना सांसद उपस्थित भएको प्रदेश सभा बैठकमा ६९ जनाले यादवको पक्षमा मतदान गरेका थिए । विपक्षमा ३५ मत पर्‍यो ।

कोशी प्रदेशमा कांग्रेस सांसदले गरेको विद्रोहले राजनीतिक मान्यता पाएपछि मधेश प्रदेशमा त्यस्तै शैलीमा सत्ता पल्टाउने खेल सफल हुन सकेन ।

यससँगै तत्कालका लागि जसपाको नेतृत्वमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपासहितको गठबन्धन कायम छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x