असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ भनेर नहुने पनि होइन र गर्नु हुन्न भनेको भरमा नहुने पनि होइन । यो त त्यस्तो चीज हो, जुन नजानेर हुन्छ, नजान्दासम्म भइरहन्छ । त्यसैले गल्ती हुन नराम्रो होइन । हुन दिनुपर्छ । अन्यथा आफू पनि डरपोक भइन्छ, आफ्ना नानीहरूलार्ई पनि डरपोक बनाइन्छ । संंसार डरपोकका लागि होइन । वीरभोग्या वसुन्धरा हो । हरेक कुरामा डराउन थालियो भने त एकै पाइलो अघि बढ्न पनि सकिन्न ।
मानौँ कुनै सज्जन कतै जाँदै थिए । बाटो जङ्गलको छ । साथमा कोही थिएन । यस्तो अवस्थामा के हुन्छ थाहा छ ? पर कतै रुखको ठुटो देखियो भने पनि कुनै हिंस्रक जनावरको कल्पना गरी डराउन थालिन्छ । डोरी भए सर्प ठानिएला, रुख बिरुवा वा ठुटामुडा भए हिंस्रक जनावर ठानिएला । उनलार्ई पनि त्यस्तै भयो । रुखको ठुटो देखियो मनमा हिंस्रक जनावरजस्तो लाग्यो र डर पलायो । यही डरका कारण बिस्तारै त्यो चल्न चटपटाउन मात्र थालेन डरको मात्राअनुसार बिस्तारै आफू भएतर्फ आउन लागेकोसमेत देखिन थाल्यो । फलतः उनी गन्तव्यमा नपुगी फर्कन बाध्य भए । यही हो डरको परिणाम । वास्तवमा त्यहाँ कुनै हिंस्रक जनावर थिएन । अपितुको रुखको ठुटो थियो, तर उनका मनका डरले हिंस्रक जनावर बनाइदियो ।
त्यस्तै हेरौँ अर्को पनि उदाहरण । कुनै एक सज्जनलाई कुकुरदेखि निकै डर लाग्थ्यो । घरपरिवारले सानैदेखि कुकुरको नजिक जानु हुँदैन नत्र टोकिदिन्छ भन्ने डर देखाएका थिए । यसैको कारण उनको मनमा कुकुरको डर यति बढी गडेको थियो कि कुकुर देख्नेबित्तिकै १२ हात पर भाग्ने गर्थे तर के गर्ने सँधै भागेर काम चल्ने त थिएन । उनलाई दैनिकजसो काम विशेषले पल्लो गाउँसम्म पुग्नुपर्ने हुन्थ्यो । बाटामा पर्ने घरहरूमा भुस्याहा कुकुर हुन्थे । उनी कुकुरले देख्छ कि भनेर लुकिलुकी हिँड्थे तर कुन सड्को कुकुरले देखिहाल्थ्यो र झम्टिन आउँथ्यो । भुस्याहा कुृकुरलाई भाग्ने मानिस भेटेपछि के चाहिन्थ्यो र । एवंरीतले केही समय बित्यो । अन्त्यमा केही नलागेपछि जे त पर्ला भनेर हातमा लठ्ठी लिएर अघि बढे । कुकुर आफैँ भाग्न थाल्यो । डराउँदासम्म उनी भुस्याहा कुकुरसित भाग्थे । डर हटेपछि उनीसँग भुस्याहा कुकुर भाग्न थाले ।
यी केही एउटा उदाहरण हुन् । वस्तवमा जहाँ पनि यही नियमले काम गरेको हुन्छ । समस्यासित डराउन थाले समस्याले खेदिरहन्छ । सामना गर्न थाले समस्या आफैँलार्ई भाग्न कर लाग्छ तर के गर्ने हामीमा गल्ती हुन्छ कि भन्ने डर यति बढी छ कि मरिकाटे त्यसबाट उम्कन सक्दैनौँ । सक्ने पनि कसरी जब सानैदेखि घरपरिवारले त्यही सिकाएको छ । समाजले त्यही सिकाएको छ । सरकारले त्यही सिकाएको छ । शिक्षा, संस्कार र शास्त्रले त्यही सिकाएको छ ।
बालबालिकाले गल्ती गरे अविभावकले गाली गर्दन् । पढाइमा केही गडबडी भए शिक्षकले गाली गर्छन् । असल नियतले काम गर्दागर्दै पनि कुनै गल्ती भयो भने समाजले गाली गर्छ । सरकारी काममा कुनै गल्ती भयो भयो भने कानूनले छाड्दैन । सरकारी कर्मचारीबाट गल्ती भयो सरकारले छाड्दैन । यस्तो अवस्थामा नडराएर गर्ने पनि के ?
के गल्ती गर्नु अपराध हो र ? होइन नि ! यो सिकाइको एउटा माध्यम हो । सिक्ने भनेकै गल्तीबाट हो । गल्ती न गर्नेले सिक्नै सक्दैन । जब सिक्न सक्दैन तब काम गर्न पनि सक्दैन । काम सुरु गर्नुपूर्व नै डराउन थालेपछि आधा असफलता भइसकेको हुन्छ । सिक्नका लागि अवसर चाहिन्छ । अवसर दिने काम गल्तीले गर्छ । त्यसैले गल्ती हुन्छ भनेर डराउने होइन । आफू पनि डराउनु हुन्न र बालबालिकालाई डरपोक बनाउनु हुँदैन । केही दिन्छ भने पनि यसैले दिन्छ कतै पुर्याउँछ भने पनि यसैले पुर्याउँछ । होइन गल्ती हुन्छ कि भनेर डराउन थालियो भने कहीँ पनि पुगिन्न ।
त्यसो भए के गर्ने त ?: प्रश्न गम्भीर छ तर उत्तर त्यति गम्भीर छैन । केही पनि नगर्ने गल्ती गर्ने, गर्न दिने तर आफूले पनि गल्ती नदोहोर्याउने र बालबलिकालार्ई पनि दोहार्याउनु हुन्न भन्ने । यही नै गल्ती दर्शनको सन्देश हो । गल्ती नगर्दासम्म सिकिन्न । दोहोर्उन थाले चौपट हुन्छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...