×

NMB BANK
NIC ASIA

क्रिकेट विश्वकप लिग २

नेपाल नेदरल्यान्ड्ससँग सहजै पराजित, ४ खेलमा तेस्रो हार

काठमाडाैं | फागुन १३, २०८०

NTC
Premier Steels

आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली नेपाल नेदरल्यान्ड्सँग सहजै पराजित भएको छ ।

Muktinath Bank

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतवार भएको खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपालमाथि ८ विकेटको सहज जीत निकालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले दिएको १७२ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्ले ३७.५ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।


Advertisment
Nabil box
Kumari

नेदरल्यान्ड्सलाई सहज जीत दिलाउन विक्रमजीत सिंहले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५८ रन बनाए । 

Vianet communication

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले १–१ विकेट लिए पनि त्यो टोलीको जीतका लागि पर्याप्त भएन ।

यता ब्याटिङतर्फ कुशत भुर्तेलबाहेक अरू खेलाडी चल्न नसक्दा नेपालले सामान्य १७२ रन मात्र बनाउन सकेको थियो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पूरै ४९.३ ओभरमा १० विकेट गुमाउँदै १७२ रन जोडेको हो ।

null

यसक्रममा ओपनर भुर्तेलले ९३ बलमा ६६ रन बनाए ।

८ औं विकेटका लागि आरिफ शेख र करण केसीले टीमको थोरै रन उकासे । यस क्रममा आरिफले ५० बलमा २२ रन बनाए । करणले २७ बलमा २६ रन बनाए । 

अरू खेलाडीले उल्लेख्य रनको योगदान दिन सकेनन् । यसले गर्दा नेपालले नेदरल्यान्ड्सलाई मध्यम लक्ष्य पनि दिन सकेन । 

नेपालका लागि आसिफ शेखले १७, कप्तान रोहित पौडेलले १६, अनिल साह ७, गुल्सन झा ५ कुशल मल्ल २ रन बनाएर आउट भए । यस्तै भीम सार्की ८ बल खेल्दा खाता नै नखोली आउट भए । 

नेदरल्यान्ड्सका लागि आर्यन दत्ता र भिभियन किग्माले ३–३ विकेट लिए । 

यससँगै नेपालले लिग २ अन्तर्गत घरेलु मैदानमा भएका ४ खेलमध्ये ३ मा हार ब्यहोरेको छ ।  घरेलु मैदानमा नेपालको यो धेरै नै खराब नतिजा हो ।

आइतवार सकिएको श्रृंखलामा नेपालले नामिबियासँगका दुवै खेल गुमायो । क्रमशः ४ र २ विकेटले पराजित भएको हो । तर नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जीत निकालेको थियो ।   

यो श्रृंखलामा नेपालको ब्याटिङ लगभग फ्लप देखियो । बलिङ पनि धारिलो देखिएन ।

आइतवारको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध पनि नेपाल ब्याटिङमै फ्लप देखियो । यस्तै बलिङले पनि खेलमा कमब्याक गराउन सकेन ।

लिग २ मा नेपालको ४ खेलबाट २ अंक छ। नामिबियाको ४ खेलबाट ६ र नेदरल्यान्ड्सको ४ खेलबाट ४ अंक रहेको छ ।   

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x