×

NMB BANK
NIC ASIA

खेलकुद विकास समिति विवाद : जनप्रतिनिधिले नै लगाए मेयर र अधिकृतको कार्यकक्षमा ताला

बुटवल | फागुन १४, २०८०

NTC
Premier Steels

रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

Muktinath Bank

सोमवार बिहान हुल दंगा गर्दै नगरपालिका पुगेका नगरकै जनप्रतिनिधिले उनीहरूको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरूले प्रशासकीय अधिकृत सापकोटाको नेमप्लेट, टेबुल, सिसालगायतका सामग्री तोडफोड गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो कार्यकक्षमै बसेर काम गरिरहेका सापकोटालाई उनीहरूले हातपातको समेत प्रयास गरेका थिए । तर नगर प्रहरीले उनीहरूलाई रोकेको थियो ।


Advertisment
Nabil box
Kumari

मेयर खरेल र सापकोटाविरुद्ध नाराबाजी गर्दै दुवै जनाको कार्यकक्षमा तालाबन्दी गरेपछि अवस्था तनाबग्रस्त बन्न पुगेको थियो ।

Vianet communication

कार्यालय पुगेका सेवाग्राहीले समेत जनप्रतिनिधिको क्रियाकलापलाई गैरजिम्मेवार, अलोकतान्त्रिक र अराजक भएको बताए ।

मेयर खरेलले नगर खेलकुद विकास समितिमा कमल पाण्डेलाई नियुक्त गरेपछि कांग्रेसले एमालेबाहेक अन्य पार्टीलाई समितिको नेतृत्व दिनुपर्ने भन्दै विवाद सृजना गरेको थियो ।

वडा नम्बर–४ का वडा अध्यक्ष दमननाथ रेग्मीले मेयर र हाकिमको शैली पक्षपात पूर्ण भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

‘वडाअध्यक्ष र केही जनप्रतिनिधिको असहमति हुँदाहुँदै प्रमुख प्रशासकीय अधिकृतले सबैलाई मिलाएर लैजानुपर्ने ठाउँमा नगर प्रमुख र उपप्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्यहरूबीच द्वन्द्व सृजना गराए कोरम नपुग्दा-नपुग्दै घर-घरमा गएर हस्ताक्षर गराए नगरसभा सञ्चालन गरिएपछि आफूहरू बाध्य भएर आन्दोलित हुनुपरेको हो’, रेग्मीले भने ।​

null

देवदहका मेयर र उपमेयर दुवै जना एमालेबाट निर्वाचित हुन् ।

तालाबन्दीले नगरको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् । ७ जना वडा अध्यक्षसहित २२ जना जनप्रतिनिधि आन्दोलित भएका छन् ।

मेयर खरेलले जनप्रतिनिधि नै पालिकाका मेयर र अधिकृतको कार्यकक्षमा तोडफोड गर्दै तालाबन्दी गर्ने कार्य सह्य नहुने बताए ।

‘पटक-पटक छलफल गरियो । कांग्रेसका नेतासँग छलफल गरियो । मुढे बलले हुने भए मेयर हाकिम किन चाहियो ? हामी अधिकार क्षेत्रबाहिर गएर काम गरेको भए सजाए भोग्न तयार छौं । यस्तो कार्य स्वीकार्य छैन’, मेयर खरेलले भने, ‘आफूले भनेको मान्छे बनाउन पाइएन । नगरप्रमुखको क्षेत्राधिकार भित्रको काम जवरजस्ती काम गर्न नदिने वातावरण सृजना भएपछि बाध्य भएर खेलकुद विकास समिति गठन गरिएको हो । भएको निर्णय तलमाथि हुँदैन ।'

एमाले नगर इन्चार्ज याम रानाले वडाअध्यक्ष र कार्यपालिका सदस्यले अत्यन्त अभद्र र उदण्ड शैलीमा गरेको तालाबन्दी तथा तोडफोड सार्वभौमसत्ता र जनताबाट निर्वाचित जनप्रतिनिधिमाथिको प्रहार भएको बताए ।

आन्दोलित जनप्रतिनिधिले नदीजन्य पदार्थ चोरी तस्करीका टेम्टर जेसीबी कारवाही गर्नुको साटो मिलेमतोमा छाडिएको, शिक्षक कर्मचारी नियुक्ति पारदर्शी नभएको, कार्यपालिकाको निर्णयविना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शीर्षकमा रकम बाँडेको आरोप लगाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x