×

NIC ASIA

अन्तरविद्यालय छात्रा क्रिकेटः बालिका र सरस्वती स्कूल फाइनलमा

विराटनगर | फागुन १८, २०८०

Prabhu Bank
NTC
Premier Steels

विराटनगरमा जारी दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय छात्रा क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कूल र बालिका स्कूल फाइनलमा प्रवेश गरेका छन् ।

Muktinath Bank

नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउन्ड्रीको सहयोगमा विराटनगर– ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रवार भएका खेलमा सरस्वती र बालिका विजयी भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो खेलमा सरस्वती स्कूलले महेन्द्र स्कूललाई ६४ रनले पराजित गरेको छ । 


Advertisment
Nabil box
Kumari

सरस्वतीले दिएको १२२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ७ विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो । जसमा शिवानी खातुनले सर्वाधिक ६ रनको योगदान दिइन् । सरस्वतीका चाँदनी यादव र अञ्जली मण्डलले २–२ विकेट लिइन् ।

Vianet communication

यसअघि टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर १२१ रनको योगफल बनाएको थियो ।

 जसमा प्लेयर अफ दी म्याचसमेत भएकी कृतिषा धामीले सर्वाधिक ४३ रनको योगदान दिइन् । 

यस्तै महेन्द्रकी धनवन्ती रायले १ विकेट लिइन् । 

दोस्रो खेलमा वालिका स्कूलले आदर्श स्कूललाई ३५ रनले पराजित गरेको छ । १११ रनको विजयी लक्ष्य पाएको आदर्श निर्धारित ओभरमा ४ विकेट गुमाइ ७५ रनमा सीमित भयो । जसमा करुणा राजवंशीले सर्वाधिक १८ रनको योगदान दिइन् । बालिकाकी बबिता गुप्ताले २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको बालिकाले निर्धारित १६ ओभरमा ४ विकेट गुमाएर ११० रन बनाएको थियो । जसमा प्लेयर अफ दी म्याच बुदिता राजवंशीले सर्वाधिक ३० रन बनाउँदा सकुन्तला सहनीले २५ रन जोडेकी थिइन् । आर्दशकी अपर्णा राजवंशीले २ विकेट लिइन् ।

अब बालिका र सरस्वतीले उपाधि भिडन्त गर्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x