×

NIC ASIA

दाङ क्रिकेट लिग–२ : तुलसीपुर रोयल्स र दङ्गाली लायन्स उपाधिका लागि भिड्ने

दाङ | फागुन १८, २०८०

Prabhu Bank
NTC
Premier Steels

 तुलसीपुर रोयल्स र दङ्गाली लायन्स दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’ को उपाधिका लागि भिड्ने भएका छन् । फाइनल खेल शनिबार घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा हुने छ । 

Muktinath Bank

दाङ क्रिकेट सङ्घको आयोजनामा यही फागुन १४ गतेदेखि सुरु भएको लिग चरणको अन्तिम खेलमा आज तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई तथा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तुलसीपुर रोयल्स लिग चरणका चारवटै खेलमा अपराजित रहँदै आठ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै दङ्गाली लायन्स चार खेलमा तीनमा जित तथा एउटामा   हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सहभागी घोराही टाइगर्स चार अङ्कसहित तेस्रो, पुरन्धारा च्यालेन्जर्स दुई अङ्कसहित चौथो तथा लिग चरणमा जितबिहीन रहेको देउखुरी वारियर्स अङ्क तालिकाको पुछारमा रहेको छ ।


Advertisment
Nabil box
Kumari

आज भएको पहिलो खेलमा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले हराएको हो । देउखुरीले दिएको एक सय २६ रनको लक्ष्य दङ्गालीले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । यस अघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो ।

Vianet communication

यसैगरी आजै भएको लिग चरणको अन्तिम खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित ग¥यो । घोराहीले एक सय ५१ रनको लक्ष्य पाए पनि २० ओभरमा नौ विकेटको क्षतिमा एक सय नौ रन मात्र बनायो । यस अघि टस हारेर ब्याटिङको निम्तोे पाएको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५० रन बनाएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x