×

NMB BANK
NIC ASIA

त्रिदेशीय टी–२० सिरिज

नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट बलिङ: नेपालले पायो १२१ रनको लक्ष्य

काठमाडाैं | फागुन १९, २०८०

NTC
Premier Steels

नेपाली बलर चम्किएपछि त्रिदेशीय टी–२० सिरिजअन्तर्गत नेदरल्याण्ड्सले जितका लागि नेपाललाई १२१ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स १९.३ ओभरमा १२० रन बनाउँदै अलआउट भएको हो । 

Muktinath Bank

नेपालका लागि करण केसी, प्रतिश जिसी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले प्रत्येक ओभरमा २/२ विकेट लिए । पहिलो ओभरमै नेपालका लागि करण केसीले दुई विकेट लिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करण केसीले माइकल लेभिटलाई पहिलो ओभरको चौथो बलमा ४ रनमा क्याचआउट गराएका थिए । चौथो बलमा लेबिटलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराएपछि पहिलो ओभरको अन्तिम बलमै फेरि करणले साइब्रान्डलाई आशिफ शेखबाट क्याचआउट गराएर उत्कृष्ट शुरूआत दिलाएका थिए ।


Advertisment
Nabil box
Kumari

नेपालका लागि प्रतिश जिसीले ३, केसीले २ र कुशल मल्लले पनि २ विकेट लिए । करणपछि नवौ ओभरमा प्रतिश जिसीले पनि दुई विकेट निकालेर नेदरल्याण्डसलाई दबाबमा राखे । ८.१ ओभरमा जिसीले स्कट एडवार्डलाई १८ रनमा बोल्ड गरेका हुन् । इडवार्डले २१ बलमा १८ रन बनाए । जिसीले ८.५ ओभरमा म्याक्स ओडाउडलाई पनि बोल्ड गर्न पुगे । आउट हुनु अघि म्याक्सले २४ बलमा ३१ रन बनाए । 

Vianet communication

१० औं ओभरमा कुशल मल्लले पनि २ विकेट लिए । कुशलले ९.५ र अन्तिम ओभरको अन्तिम बलमा लगातार दुई विकेट लिए । कुशलले नस क्रसलाई ३ र आर्यन दत्तालाई शून्य रनमा आउट गरेपछि १० ओभरमा नेदरल्याण्डस् ६० रन जोड्दा ६ विकेट गुमाउन पुग्यो । 

दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । १८ औ ऐरीको ओभरमा पनि नेपालले २ विकेट लियो । १४.३ ओभरमा प्रतिशले फेरि तेजा निदामनरुलाई ५ रनमा बोल्ड गर्दै तीन विकेट लिए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x