×

NMB BANK
NIC ASIA

माओवादी नेतृ कोइरालाको ‘अमरगाथा’ प्रकाशित

काठमाडाैं | फागुन २०, २०८०

NTC
Premier Steels

दमौली–नेकपा (माओवादी) केन्द्रकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको पुस्तक ‘अमरगाथा’ प्रकाशित भएको छ । सशस्त्र द्वन्द्वका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने शहीद तथा बेपत्ता योद्धाहरूको जीवनीमा आधारित ‘अमरगाथा’ पुस्तकको शनिवार विमोचन गरिएको हो । 

Muktinath Bank

जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उक्त पुस्तकको विमोचन गरे । पुस्तकमा तनहुँमा सहादत प्राप्त गर्ने ६५ र बेपत्ता १५ गरी ८० जना सहिद तथा बेपत्ताको जीवनी समावेश गरिएको जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्र तमुवान राज्य समितिबाट प्रकाशित वासु सन्देश, स्थानीय शान्ति समितिबाट प्रकाशित शान्ति स्मारिका, सहिद र बेपत्ता योद्धाहरूको सम्भव भएसम्म घरै पुगेर परिवारसँग गरिएको कुराकानी र जानकारीका आधारमा पुस्तक प्रकाशन गरिएको कोइरालाले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

पुस्तकमा सोतीवेशीका होमनाथ अधिकारी र गोमा अधिकारीका दुई छोरा भरतचन्द्र अधिकारी, गजेन्द्र अधिकारी, छोरी इन्दु अधिकारी र बुहारी कलावती अधिकारी गरी चार जनाको बलिदान भएको हृदयविदारक कथासमेत समेटिएको कोइरालाले बताइन् । 

Vianet communication

पुस्तकलाई शहीद तथा बेपत्ता योद्धाहरूको जीवनीमात्र नभएर तनहुँ जिल्लाको जनयुद्धकालीन इतिहासका रूपमा लिन सकिने पुस्तकको प्रकाशकीयमा उल्लेख गरिएको छ । प्रकाशकीयमा भनिएको छ, ‘इतिहास आफैँमा एउटा नितान्त जटिल र कष्टसाध्य विधा हो, इतिहास लेख्ने काम सजिलो हुँदैन । यसका लागि निकै सुक्ष्म र गहन अध्ययनका साथमा लामो र कठोर तपस्या जरुरी हुन्छ ।’

तनहुँको जनयुद्धकालीन इतिहासलाई लिपिबद्ध गर्न शुरूआत गरिएको पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, कम्युनिस्ट नेता मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवलगायतको शुभकामना सन्देश समावेश गरिएको छ । 

पुस्तक विमोचन गर्दै महासचिव गुरुङले सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिए । शहीदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको महासचिव गुरुङको भनाइ थियो । शहीदको सपना साकार पार्नु मुख्य कार्यभार रहेकाले त्यसतर्फ सरकार र पार्टीको ध्यान गएको उनले बताए ।

शुक्लागण्डकी नगरपालिका–५ निवासी कोइराला विसं २०७० मा संविधानसभा सदस्य बनेकी थिइन । उनी विसं २०७४ मा महिला तथा बालबालिकामन्त्री बनेकी थिइन् भने २०७४ सालमै गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । –रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x