बैशाख ७, २०८१
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ ।
लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आज काठमाडौंमा आयोजित कार्यक्रममा प्राडा खगेन्द्रप्रसाद लुइँटेलले विमोचन गरेका हुन् ।
यसअघि ‘पिल्सिएको परदेशी मन’ र ‘सुगन्धित माटो’ कृति लेखिसकेका साहित्यकार अविनाशीको आज विमोचन गरिएको नियात्रासङ्ग्रह तेस्रो कृति हो ।
उक्त कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनाहरूसँग सम्बद्ध रोचक संस्मरण सङ्ग्रहित छन् ।
साहित्यकार लामाका मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी, काठमाडौँ सहर, म तिम्रो परदेशी, आफ्नो बन्न नसकेको, बिरक्तिँदा खानी खोश्री, आफू गयौं नेटो काटी, सिक्किमेली नानी, बारुले कम्मर, मिलिजुली, क्यार्यौ कुन्नी जस्ता आधुनिक गीतहरु श्रव्यदृश्य प्रकाशित भइसकेका छन् ।
सुरभि साहित्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा बोल्दै प्राडा लुइँटेलले नेपाली साहित्य क्षेत्रको विकासमा राम लामाले खेल्नुभएको भूमिका सराहनीय रहेको बताए ।
‘आफ्नो व्यापार व्यवसायबाट आम्दानी गरेको रकम साहित्य क्षेत्रमा लगानी गर्नु नेपाली साहित्य क्षेत्रका लागि गर्वको कुरा हो’, उनले भने ।
उक्त कृतिमा आप्रवासको झल्को पाइएको उनको भनाइ थियो । प्राडा लुइँटेलले कृति सरल र पठनीय रहेको उल्लेख गरे ।
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...