×

NMB BANK
NIC ASIA

अल्पमतको मुख्यमन्त्रीका अलोकप्रिय कदम

सुदूरपश्चिममा सातामै चारपटक मन्त्रिमण्डल पुनर्गठन, नाउपाका ७ मध्ये ५ सांसद मन्त्री

सरकार जोगाउन सांसदको घरमै पुगेर हारगुहार !

धनगढी | फागुन ३०, २०८०

NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पद जोगाउने अन्तिम कसरतमा छन् । सरकार जोगाउन उनले कुनै कसर बाँकी राखेका छैनन् । कांग्रेसबाट मुख्यमन्त्री बनेका उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा र स्वतन्त्र एक सांसदको समर्थनमा सरकार सञ्चालन गर्ने दाउमा छन् ।

Muktinath Bank

बझाङबाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको निधनपछि ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा अहिले कूल ५२ सांसद छन् । कांग्रेस १८ सांसदसहित पहिलो दल, ११ सांसदसहित माओवादी केन्द्र दोस्रो र १० सांसदसहित एमाले तेस्रो दलका रूपमा छ । प्रदेश सभामा ७ सांसदसहित नागरिक उन्मुक्ति पार्टी चौथो दल हो । एकीकृत समाजवादीका ४ सांसद छन् भने राप्रपा र स्वतन्त्रका एक/एक सांसद छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ सांसद रहेको नाउपाका पाँच मन्त्री
प्रदेशमा सरकार बनाउन २७ सांसदको समर्थन चाहिन्छ । अहिले कांग्रेसका १८ सहित नाउपाका ७ सांसद जोड्दा पनि २५ मात्रै पुग्छ । नाउपालाई सरकारमा राख्न उनले निकै मेहनत गरेका छन् । कतिसम्म भने नाउपाका ७ सांसद मध्ये ५ जनालाई मन्त्री बनाइएको छ । 


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिम सरकारमा नाउपा संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला तथा योजना मन्त्री, रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, इन्दिरा गिरी कृषि राज्यमन्त्री, लक्ष्मण किशोर चौधरी र खुसीराम चौधरी विना विभागीय मन्त्री छन् । नाउपालाई होल्ड गर्न शाहले मुख्यमन्त्रीमा समेत आलोपालोको सहमति गरेको श्रोतको दाबी छ । ‘मुख्यमन्त्रीमा आलोपालोको सहमति भएको छ । बाँकी रहेका २ जना सांसदहरूको पनि व्यवस्थापन गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता जनाएपछि हामीले सरकारमा थप मन्त्री पठाएका हौँ,’ नाउपाका एक प्रदेश सभा सदस्यले भने ।

Vianet communication

आर्थिक मामिला मन्त्रीसमेत रहेका नाउपा संसदीय दलका नेता घनश्याम चौधरी पार्टीभित्र कुनै समस्या नरहेको बताउँछन् । ‘कुरा रेशम र रञ्जिताको हैन, पार्टीको हो । प्रदेश संसदीय दलले सरकारमा सहभागी हुने निर्णय गरेका हौँ । यो बहुमत सांसदको निर्णय हो । हाम्रो भागमा ५ मन्त्री परेका थिए । सोहीअनुसार हामीले शपथ पनि लिइसकेका छौँ । अब अन्यको व्यवस्थापन हुन्छ,’ चौधरीले भने ।

पार्टीका संरक्षक भनिएका रेशम चौधरीले पनि सुदूरपश्चिम सरकारको समर्थन फिर्ता नहुने बताएका छन् । ‘सङ्घीय सरकारमा नजाने तर, प्रदेशका लागि छलफल गर्ने निर्णय गरेका छौँ । नाउपा सरकारको नेतृत्व गर्न चाहन्छ । यसका लागि हामी आन्तरिक तयारीमा छौँ,’ चौधरीले भने । 

तर, अध्यक्ष रञ्जिता श्रेष्ठले भने नाउपा केन्द्रकै समीकरणमा रहेको बताएकी छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन ह्वीपसमेत लगाएकी छन् । ‘सङ्घीय सरकारलाई विश्वासको मत दिन सबैलाई स्पष्ट निर्देशन दिएका छौँ । प्रदेश सरकारमा सहभागी भएकाहरूलाई पनि समर्थन फिर्ता लिन पार्टीले आदेश दिएको छ । पार्टीको निर्देशनविपरीत जाने जो कोहीलाई पनि कारबाही हुन्छ,’ पार्टी अध्यक्ष श्रेष्ठले भनिन् । नाउपाले साथ दिँदा पनि सुदूरपश्चिम सरकार सुरक्षित भने छैन ।

राप्रपा सांसद विष्टको घरमै पुगे मुख्यमन्त्री
सत्ता टिकाउन निर्णायकजस्तै देखिएको राप्रपा सांसद खेमादेवी विष्टलाई मनाउन मुख्यमन्त्री शाह उनकै घरमा समेत पुगेका छन् । स्रोतकाअनुसार आइतबार विष्टको कञ्चनपुरस्थित घरमै पुगेर मुख्यमन्त्री शाहले विश्वासको मत मागेका छन् । तर, राप्रपा सांसद विष्टले भने पार्टीको निर्णय नै निर्णायक हुने प्रतिक्रिया दिएकी छिन् । ‘पार्टीले सङ्घीय सरकारमा तत्काल सहभागी नहुने र प्रदेश सरकारको हकमा छलफल गर्ने बताएको छ । हामी छलफलमै छौँ । पार्टीले सरकारमा सहभागी हुन आदेश दिएमा म सहभागी हुन्छु । नहुने निर्णय गरेमा विपक्षमा रहन्छु,’ विष्टले भनिन् । 

विष्ट राप्रपाको तर्फबाट प्रदेश सभामा निर्वाचित एक मात्र सांसद हुन् ।  मुख्यमन्त्री शाहले उनलाई सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमध्ये एक रोजेरै लिन प्रस्ताव गरेका छन् । सरकारमा तत्काल सामेल हुन नसक्ने अवस्थामा सरकार बाहिरै रहेर पनि विश्वासको मत दिन मुख्यमन्त्री शाहले विष्टलाई आग्रह गरेका छन् । राप्रपा सांसद विष्टले भने निर्णयमा पुग्न नसकेको बताएकी छिन् ।

प्रदेश सभामा रहेका स्वतन्त्र सांसद डा. तारा जोशी सरकारमा सामेल हुने लगभग पक्का भएको छ । तर, यसका लागि उनले सुनिश्चितता खोजेका छन् । ‘उहाँ सरकारमा जान तयार हुनुहुन्छ । यसमा लागि सरकार सुरक्षित रहेको मुख्यमन्त्री शाहले विश्वास दिलाउन सक्नुपर्छ । नाउपाभित्र आन्तरिक किचलो छ । एक पक्षले यहीँ सरकारमा रहने र अर्को पक्षले सरकारबाट बाहिरिने निर्णय गरेको अवस्थामा उहाँ जानुहुन्न । नागरिक उन्मुक्ति र राप्रपा सांसद सरकारमा जान तयार भए उहाँबाट असहयोग हुँदैन,’ डा. जोशी निकट एक जनाले भने ।

स्रोतकाअनुसार स्वतन्त्र सांसद जोशीले आर्थिक मामिला तथा योजना मन्त्रालय मागेका छन् । तर, मुख्यमन्त्री शाहले आर्थिक मामिला तथा योजना मन्त्रालय नाउपाका संसदीय दलका नेता चौधरीलाई हस्तान्तरण गरी सकेका छन् । ‘आर्थिक मामिला मन्त्रालय डा. जोशीको रोजाइमा हो तर, त्यो मन्त्रालय अहिले खाली छैन । सामाजिक र पर्यटकमध्ये एक मन्त्रालय लिन मुख्यमन्त्री शाहले अफर गरेका छन् । यसका लागि उहाँ सरकार सुरक्षित हुने अवस्थामा मात्रै जानुहुन्छ,’ स्वतन्त्र सांसद जोशी निकट एक नेताले भने ।

राप्रपाकी विष्ट र स्वतन्त्र सांसद जोशीलाई रिझाउन मुख्यमन्त्री शाहले दुई मन्त्रालय खाली राखेका छन् । उनीहरू सरकारमा सामेल हुन राजी भएको अवस्थामा दुवै मन्त्रालय फुटाएर बाँकी रहेका नाउपाका २ विना विभागीय मन्त्रीलाई पनि सेट गर्ने तयारीमा रहेको मुख्यमन्त्री कार्यालयको विश्वस्त श्रोतले जनाएको छ । मुख्यमन्त्री शाहले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउने आन्तरिक तयारी गरेका छन् । 

शाहको रफ्तार, केन्द्रको ब्रेक 
दुवै पक्षसँग बार्गेनिङमा रहेको नाउपालाई भुलाउन मुख्यमन्त्री शाहले एक साताकै अवधिमा ४ पटक मन्त्रिमण्डल हेरफेर गरेका छन् । अल्पमतमै रहेका बेला दुई पटक गरेर उनले नाउपाका ५ मन्त्री थपेका हुन् । कांग्रेसनिकट मानिने तत्कालीन प्रदेश प्रमुख देवराज जोशीले पनि मुख्यमन्त्री शाहले भनेकै समयमा नवनियुक्त मन्त्रीहरूको शपथ गराएका छन् । यतिसम्मकी कार्यक्रममा सहभागी हुन अछाम गइरहेका उनी नाउपाका तर्फबाट मन्त्रीहरू थपिँदा डडेल्धुराबाटै रातारात फर्किएका थिए । सोमवार नाउपाका तर्फबाट विना विभागीय मन्त्री बनेका लक्ष्मण किशोर चौधरीलाई शपथ खुवाइरहेकै समयमा प्रदेश प्रमुख जोशी पदमुक्त बने । योसँगै मुख्यमन्त्री कमल शाहको रफ्तारमा सङ्घीय सरकारले ब्रेक लगाएको छ । 

सुदूरपश्चिमको प्रदेश प्रमुखमा नजिर मियाँलाई पठाउने निर्णय मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अब भने मुख्यमन्त्री शाहले चाहेकै समयमा प्रक्रिया नपुर्‍याएर मन्त्री बाँड्न सक्ने छैनन् । ‘प्रदेश प्रमुखले अल्पमतमै रहेको समयमा मन्त्रीहरू नियुक्त गरिरहन नदिन सक्छन् । मुख्यमन्त्री शाहले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेपछि मात्रै मन्त्री थप्न निर्देशन दिन सक्छन्,’ एक प्रदेश सभा सदस्यले भने । यति गर्दा पनि उनको सरकार जोगिने निश्चित छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x