×

NMB BANK
NIC ASIA

हाम्रो मन अत्यन्त चञ्चल छ । एकैछिन् पनि चुप लागेर बस्न सक्दैन । कहिले विगतमा हराउँछ, कहिले आगतमा दौडिन्छ । एकै सेकेन्डमा संसारको सात फन्को मार्न भ्याइरहेको हुन्छ । सबैलाई थाहा भएकै कुरा हो ‘बौलाहा’ बाँदरलाई चर्कने कमिलाले टोक्यो भने के हुन्छ । मन पनि त्यस्तै हो कति बेला कस्तो उधुम मच्चाउन पुग्छ पत्तै हुँदैन । चानचुने प्रयासले यसलाई नियन्त्रण गर्नै सकिन्न । गीतामा अर्जुनले कतिसम्म भनेका छन् भने– मनलाई नियन्त्रण गर्ने काम त हावालाई मुठीमा बन्द गर्नुभन्दा पनि कठिन रहेछ । तथापि यथार्थ के हो भने उसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने चाहिँ होइन । तीव्र वैराज्ञ र अभ्यासले वशमा राख्न सकिन्छ । गीतामा कृष्णले यस्तै कुरा गरेका छन् । यस आलेखमा यसैबारे केही सरल सूत्र प्रस्तुत गर्ने प्रयास गरिएको छ ।  

Muktinath Bank

पहिलो सूत्र हो अनाहदनादको ध्यान गर्ने अभ्यास गर्ने । अनाहदनाद भनेको आहत विनाको नाद हो । दुवै कानको प्वास बन्द गरेर बस्दा जुन आवाज सुनिन्छ त्यही हो अनाहतनाद । यसका लागि सर्वप्रथम मेरुदण्ड सिधा पारेर बस्नुपर्छ र दुवै कानको प्वाललाई कपासले बन्द गर्नुपर्छ । सकिन्छ भने अधोबस्त्रको बाहिरपट्टी कुनै सफा टालो राखेर तलको द्वारलाई पनि बन्द गर्नु राम्रो हुन्छ । यसरी दैनिक करिब १५ मिनेटजति बसेर भित्रबाट आउने गुनगुन आवाज सुन्ने बानी बसाउने हो भने मनलाई नियन्त्रण गर्न सजिलो पर्छ । केही समयपछि बानी पर्छ र कानको प्वाल बन्द नगरी पनि आवाज सुन्न थालिन्छ । त्यसपछि जुनसुकै अवस्थामा पनि फुर्सद हुनासाथ अभ्यास गर्न सकिन्छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो सूत्र हो उल्टो हिँड्ने । अर्थात् दैनिक सय पाइला जति उल्टो हिँड्ने बानी बसाउने । यसले पनि  मनलाई एकाग्र हुन निकै हदसम्म सहयोग पुर्याउँछ । किनभने हामी सुल्टो हिँड्नमा अभ्यस्त छौँ । त्यसैले हिँड्दा पनि गोडा स्वतः गन्तव्यतर्फ सोझिन्छ र मनले फुर्सद पाउँछ । जब मनले फुर्सद पाउँछ, तब नानाभाँतीका जोड घटाउ गर्न थालिहाल्छ । जब उल्टो हिँड्न थाल्छौँ, तब उसलाई त्यसको सन्तुलन मिलाउनुपर्ने हुन्छ र बिस्तारै एकाग्र हुन कर लाग्छ । 


Advertisment
Nabil box
Kumari

तेस्रो सूत्र हो दैनिक १०० देखि एकसम्म उल्टो गन्ने प्रयास गर्ने । यो पनि उल्टो हिँडे जस्तै हो । एकदेखि १०० सम्म सँधै गन्ने गरेकाले गन्दा पनि मन यतायता भागिरहेको हुन्छ तर जब उल्टो गन्न थालिन्छ त्यसको सन्तुलन मिलाउनुपर्ने भएकाले उसलाई त्यतै केन्द्रित हुन कर लाग्छ । 

Vianet communication

चौथो सूत्र हो टाउकोमा पूर्ण घडा राखेर राखेर दैनिक ५०–६० पाइला हिँड्ने प्रयास गर्ने । मनको एकाग्रताका लागि यो पनि उत्तिकै भरपर्दो तरिका हो । जब हामी यसो गर्न थाल्छौँ तब घडा ढलेर पानी पोखिन्छ कि भन्ने डर हुन्छ र उसलाई त्यसैमा एकाग्र हुन कर लाग्छ । 

पाँचौँ सूत्र हो सानो चम्चामा गुच्चा राखेर मुखले च्याप्ने र दैनिक २०–३० पाइला हिँड्ने प्रयास गर्ने । यसो गर्दा पनि चम्चाबाट गुच्चा झर्छ कि भन्ने डरले मनलार्ई एकाग्र हुन कर लाग्छ । 

छैँटौँ सूत्र हो कुनै तलाउ वा घरमा माछाको कुर (एक्वरियम) छ भने त्यसैको छेउमा बसेर माछाको खेल हेर्ने । माछाहरू तल–माथि वा यता–उता गरेर नाचिरहेका छन् । हामी उनीहरूको गतिविधि हेरिरहेका छौँ । हेर्दाहेदैै मनले कतिबेला समाधि लिसकेको हुन्छ पत्तै हुँदैन ।  

सातौँ सूत्र हो डोरीमा हिँड्ने वा हातको औँलामा लामो लठ्ठी राखेर औँलाहरूमा चाल्ने प्रयास गर्ने । गोर्खेलौरी खेल्ने नेपालको पुरानो चलन हो । यो विधि पनि त्यस्तै हो । यसो गर्दा औँलाबाट लठ्ठी खस्छ भन्ने भन्ने डर हुन्छ र मनलाई त्यसैमा केन्द्रित हुन कर लाग्छ ।  

यी उदाहरणका लागि प्रस्तुत गरिएका केही सूत्र हुन् । खोज्दै गए यस्ता सूत्रहरू अरू पनि फेला पर्न सक्छन् । आफूलाई जुन मन पर्छ त्यही अपनाए हुन्छ । जुन भए पनि यी भनेका मन स्थिर गर्ने प्रारम्भिक चरण हुन्, जसले मनलाई एकाग्र बनाउन सहयोग पुर्‍याउँछ । जब मान एकाग्र हुन थाल्छ तब काममा सफलता मिल्न थाल्छ । यस्तो अवस्थामा काम जुनसुकै गरे पनि स्वतः त्यो योग हुन पुग्छ । आखिर योग भनेको पनि के हो र इष्ट व्यक्ति, वस्तु वा विषय प्राप्तिका लागि अप्नाइने पद्धति नै त हो । अस्तु अहिलेलाई यति नै ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x