×

NMB BANK
NIC ASIA

मापदण्ड र प्रक्रिया नपुग्दा एयरपोर्टमै छोडिन सक्छन् घरपालुवा जनावर

काठमाडाैं | चैत ५, २०८०

NTC
Premier Steels

गत बिहीवार काठमाडौँका सुजन अधिकारी आफूले घरमा पाल्ने गरेको टाइगर नाम गरेको कुकुरसँगै विराटनगर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलतिर लागे ।

Muktinath Bank

त्यहाँ विमानस्थलका कर्मचारीले टाइगरको भेटेनरी सर्टिफिकेट मागे तर उनले त्यो बनाएका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्टिफिकेट नभए लैजान नपाइने भन्दै टाइगरलाई उनीहरूले फिर्ता गरिदिए । सुजन निन्याउरो मुख लगाएर आफ्नो प्यारो टाइगर आफूलाई छोड्न आएका भाइको हातमा थमाएर विराटनगरतिर लागे ।


Advertisment
Nabil box
Kumari

दैनिक दर्जन भन्दा बढी यात्रु आफ्नो पाल्तु जनावर लिएर हवाई यात्रा गर्न खोजिरहेका हुन्छन् । तर यसरी यात्रा गर्ने प्रक्रिया नबुझ्दा कतिपयले आफ्नो पाल्तु जनावर फिर्ता गर्नुपरेको हुन्छ ।

Vianet communication

त्यस्तै घटना भयो शुक्रवार । कृष्टि बोहराले लुना नाम गरेको एउटा बिरालो लिएर पोखरा जाँदै थिइन् । उनले बुद्ध एयरको टिकट काटेकी थिइन् ।

शुरुमै उनलाई विमानस्थलका कर्मचारीले रोके । उनीसँग भेटेनरी सर्टिफिकेट त थियो तर बिरालो राखेको टोकरी दिसा पिसाब बाहिर निस्कने खालको थियो, अर्थात लिकेज प्रुफ थिएन ।

त्यो टोकरी मा बिरालो राखेर भित्र लैजाने अनुमति उनलाई भएन । उनले तत्काल बुद्ध एयरका कर्मचारीलाई यसबारे गुनासो गरिन् । ती कर्मचारीले बिरालोका लागि एउटा टोकरी उपलब्ध गराइदिए । अनि उनी खुसीसाथ पोखरा लागिन् ।

घरपालुवा जनावरसहित यात्रा गर्दा अपनाउनुपर्ने छुट्टै प्रक्रिया छ । यसलाई सहजीकरण गर्न बुद्ध एयरले केही प्रक्रियाबारे आफ्नो वेबसाइटमा पनि उल्लेख गरेको छ । यात्रुले उक्त प्रक्रिया पूरा गरेपछि मात्र घरपालुवा जनावरलाई जहाजमा सँगै लिएर जान पाउँछन् ।

यस्तो छ मापदण्ड:

यसका लागि जनावर लैजाने उपयुक्त टोकरी आवश्यक पर्छ । ती टोकरीहरू लिकेज प्रुफ हुनुपर्छ ।

बुद्ध एयर भन्छ, '२ हप्ता भन्दा कम उमेरका जनावरलाई हामीले जहाजमा यात्रा गर्ने अनुमति दिँदैनौं । त्यस्तै यात्रा गर्ने जनावर ६ हप्ता भन्दा पहिला गर्भवती छ भने पनि हामीले यात्रा अनुमति दिन्नौं ।'

त्यस्तै भेटेनरी डाक्टरले जनावरको स्वास्थ्य परीक्षण गरेको आधिकारिक कागजात पनि आवश्यक पर्छ । बुद्ध एयरका अनुसार एकपटकमा २ वटा मात्र पाल्तु जनावर लिएर यात्रा गर्न पाइन्छ ।

त्यस्तै जहाजमा जनावरका लागि कुनै मेडिकल सुविधा नहुने र यात्राका क्रममा जनावरको मृत्यु भएमा आफूले जिम्मेवारी नलिने बुद्ध एयरको भनाइ छ ।

यी सबै चरणहरुमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेका आफूसँगै लान चाहेको पशुको स्वास्थ्य अवस्थाको प्रमाणपत्र हो । यात्रा गर्ने दिनमा १० दिन नकटेको पशुको स्वास्थ्य विवरण उल्लेख गर्ने पशु चिकित्सकले प्रमाणित गरेको प्रमाणपत्र बिना पशुको कार्गो गर्न पाइँदैन । यसका लागि आफ्नो पशु चिकित्सक वा कार्गो कार्यालयको सम्पर्कमा रहेका पशु चिकित्सकबाट सहयोग लिन सकिन्छ ।

यात्रा सधैं रोमान्चक हुन्छ, तर कतिपय अवस्थामा घरपालुवा जनावरलाई घरमै छोडेर हिंड्नुपर्ने हुन्छ । आफूले माया गरेर पालेर राखेका जनावरलाई छोडेर केही दिन घरबाहिर बस्दा पक्कै पनि सबैको मन खिन्न हुन्छ ।

कस्तो प्रक्रिया अपनाउने ?

विमानबाट आफ्नो घरपालुवा जनावर लाने इच्छा लागेमा सुरुमा बुद्ध एयरको कार्गो कार्यालयमा जानकारी गराउनुपर्छ । आफूले लान चाहेको जनावरको विवरणसहित अग्रिम बुकिङ गराउनु पर्छ ।

यसले विमानका कार्गोका कर्मचारी तथा चालकदलका सदस्यलाई यात्रुले आफूसँगै लैजान चाहेको जनावरका बारेमा बुझ्न र व्यवस्थापन गर्न मद्दत पुर्‍याउँदछ ।

अग्रीम बुकिङका लागि टिकट लिएको ट्राभल एजेन्टमार्फत वा बुद्ध एयरको कार्गो कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

काठमाडौंभन्दा बाहिरको हकमा अग्रीम बुकिङ गराउन सम्बन्धित स्थानको बुद्ध एयरको कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ ।

यस्तो अवस्थामा जनावर लैजान पाईदैन

यदि घरेलु जनावरलाई कुनै रोग लागेको भएमा वा घाइते वा घाउ चोटपटक लागेको भएमा, पशु गर्भवती भएमा अथवा गन्तव्यको विमानस्थलले त्यस्तो कार्गोका लागि अनुमति नदिएमा जनावरको कार्गो हुदैन । त्यसैगरी, भर्खरै शल्यक्रिया गरिएका वा मृत जनावरको पनि कार्गो हुँदैन ।

बुद्ध एयरका कर्मचारीहरु सजीव घर पालुवा जनावरको व्यवस्थापनका लागि विशेष रुपमा प्रशिक्षित गरेको कम्पनीले बताएको छ ।

यस्ता कार्गोका कर्मचारीहरुको सहयोगमा र सबै प्रक्रिया पुर्‍याएको खण्डमा यात्रुले घरपालुवा जनावरलाई आफूसँगै लान सक्नेछन् ।

बुद्ध जस्तै नेपालका अन्य घरेलु एयरलाइन्सहरूमा जनावरलाई कार्गो सेक्सनमा राखिन्छन् । तर विदेशमा केही अन्तर्राष्ट्रिय उडानहरूमा ती जनावरलाई यात्रुसँगै राख्ने प्रबन्ध पनि मिलाइएको हुन्छ ।

यस्तो छ बुद्ध एयरको मापदण्ड, प्रक्रिया र भाडा 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x