×

NMB BANK
NIC ASIA

अर्थतन्त्रको दिशा नै यू–टर्न भयो, हामी १५ वर्षअघिका प्राथमिकतामा अल्झेका छौं– विनोद चौधरी

काठमाडाैं | चैत ५, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

नेपाली कांग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीले सूचना प्रविधिको क्रान्तिका कारण विश्व अर्थतन्त्रको दिशा नै यू–टर्न भएपनि नेपाल भने १५ वर्षअघिका प्राथमिकतामा अल्झिरहेको टिप्पणी गरेका छन् ।

Muktinath Bank

२०४८ सालमा शुरू भएको अर्थतन्त्र सुधारको उपज अहिलेको अर्थतन्त्र भएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि सोमवार प्रतिनिधि सभाको छलफलमा भाग लिँदै चौधरीले १५ वर्षअघि निर्धारण गरिएका प्राथमिकतामै अहिले पनि रुमल्लिनुपरेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

बितेको दुई दशकमा छिमेकी देशले आर्थिक विकासमा फड्को मारे पनि नेपालले यो अवधिमा अपेक्षित विकास गर्न नसकेको उनले बताए । 

Vianet communication

२०६१ सालमा नेपालमा दुई अंकको आर्थिक वृद्धि सम्भव छ भनेर बहस गराएको उनले संसद्मा स्मरण गरे । 

‘२०६१ सालमा नेपालमा दोहोरो अंकको आर्थिक वृद्धि सम्भव छ भनेर आशा जगाउने काम गरेका थिएँ, नेपाल तीव्र आर्थिक विकासको चरणमा प्रवेश गर्न सक्छ भनेको थिएँ’, चौधरीले भने, ‘नयाँ नेपालको नारा घन्किएको समयमा फिनल्यान्डले जस्तै कृषिको व्यावसायीकरण, १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन र वार्षिक २० लाख पर्यटक भित्र्याउने अवधारणा सार्वजनिक गरेको थिएँ । तर १५ वर्षपछि त्यतिबेलाका प्राथमिकता अहिले पनि छन् ।’ 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री बनेको समयमा अर्थतन्त्र विकासका लागि बहस गराए पनि कार्यान्वयनमा आउन नसकेको गुनासो उनले गरे । ‘व्यावसायिक कृषिको नारा खेतका गरामा आउन सकेनन् । १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादनको कुरा चुनावी घोषणा पत्रमा मात्र सीमित भयो,’ चौधरीले भने । 

उनले २०४८ सालमा खुलाबजार अर्थतन्त्रको नीति अवलम्बन गरिएका कारण नेपालले अर्थतन्त्रमा विकास गरे पनि दोस्रो चरणको सुधार हुन नसकेको बताए । 

‘२०४८ सालमा खुलाबजार अर्थतन्त्रको नीति अवलम्बन गरेपछि आर्थिक वृद्धिदर ७ प्रतिशतले बढेको थियो । डाबर, लिबरजस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा आए । कार्पेट र गार्मेट निर्यात भएको थियो । ३ दशकअघिको अर्थतन्त्र सुधारको आधारमा अर्थतन्त्र अगाडि बढाइरहेका छौं । दोस्रो चरणको सुधार शुरू हुन सकेन,’ चौधरीले भने ।  

विश्वव्यापीरूपमा अर्थतन्त्रको दिशा नै यू–टर्न भएकाले नेपालले डिजिटल युगको अर्थतन्त्रबाट लाभ लिनुपर्ने चौधरीले बताए । 

आर्थिक विकासको अवधारणामा हलो अड्काउने र गोरु चुट्ने काम भइरहेको उनको गुनासो छ । ‘हामी हाइड्रो बनाउने लाइसेन्स दिन्छौं, तर ट्रान्समिसन लाइन बनाउँदैनौं । सिमेन्टको लाइसेन्स दिन्छौं, तर चुनढुंगा निकाल्न दिँदैनौं,’ चौधरीले भने । 

१५ वर्षअघिको तुलनामा विदेशिने युवाको संख्या दोब्बर भएको तथ्यांक सुनाउँदै चौधरीले निजी क्षेत्रले लगानी नगरी रोजगारी वृद्धि नहुने बताए ।

देशलाई आर्थिक रूपमा समृद्ध बनाउने आफ्नो एजेण्डालाई पश्चिम नवलपरासीका जनताले अनुमोदन गरिदिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x