×

NMB BANK
NIC ASIA

काभ्रेमा वषौंदेखि मापदण्डविपरित एम्बुलेन्स सञ्चालन

काठमाडाैं | चैत ८, २०८०

NTC
Premier Steels

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा मापदण्डविपरीत एक्बुलेन्स सञ्चालन भएको पाइएको छ । सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी जिल्लामा  वषौंदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन् ।

Muktinath Bank

जिल्लास्थित एम्बुलेन्स व्यवस्थापन समितिले स्थानीय तहमा सञ्चालित एम्बुलेन्सको अवस्थाको विवरणमा निर्देशिकाले भनेबमोजिमको मापदण्ड नरहेको पाइएको जनाएको हो । निर्देशिकाले सेवारत एम्बुलेन्समा जिपिएस जडान भएको हुनुपर्ने, तालिमप्राप्त चालक र आकस्मिक चिकित्सकीय प्राविधिक (ईएमटी) रहनुपर्ने व्यवस्था उल्लेख गरेको छ । समितिका अनुसार काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा ४४ एम्बुलेन्स सञ्चालनमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाका सञ्चालित एम्बुलेन्समध्ये धुलिखेल अस्पतालका तीनमा १८ जना इएमटी रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । ४० एम्बुलेन्समा ईएमटी नभएको, ३५ वटा एम्बुलेन्स जिपिएस प्रणालीमा आबद्ध नभएको, २८ एम्बुलेन्सका चालकले प्राथमिक उपचार तालिम नलिएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानुकृष्ण श्रेष्ठले जिल्लामा सञ्चालित एम्बुलेन्समा निर्देशिकाअनुसार सुविधा नरहेको बताए । उनका अनुसार एम्बुलेन्स सञ्चालनार्थ धुलिखेल अस्पतालमा रहेको डिस्प्याच सेन्टर (प्रेषण केन्द्र)अन्तर्गत सञ्चालनमा रहेका छैनन् ।

Vianet communication

जिल्लामा रहेका एम्बुलेन्समा निर्देशिकाअनुसार तथा भाडादरमा एकरुपता ल्याउन तथ्याङ्क सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख अनिता खनालले बताए । उनका अनुसार विभिन्न सङ्घसंस्था एवं दातृ निकायबाट प्राप्तमध्ये स्थानीय तहद्वारा सञ्चालित एम्बुलेन्स केही बिग्रिएर थन्किएका छन् भने केहीलाई सञ्चालनका लागि प्रशासनिकरूपमा नवीकरण तथा मर्मतको प्रयास भइरहेका छन् ।

समितिको विवरणअनुसार मण्डनदेउपुर नगरपालिकामा रहेका तीनमध्ये रेडक्रसद्वारा सञ्चालित एक एम्बुलेन्स नचलेको र चौँरीदेउराली गाउँपालिकामा आइपुगेको एम्बुलेन्स सञ्चालनमा ल्याउन प्रक्रिया थालिएको जनाइएको छ । 

बनेपा नगरपालिकामा आठ, धुलिखेलमा चार, पाँचखालमा चार, नमोबुद्धमा तीन र पनौतीमा दुई एम्बुलेन्स सञ्चालनमा ल्याइएको थियो । यस्तै खानीखोला गाउँपालिकामा दुई, महाभारतमा एक, भुम्लुमा तीन, बेथानचोकमा दुई, खानीखोलामा दुई, तेमालमा एक, रोशीमा तीन एम्बुलेन्स सञ्चालनमा थिए ।

गत पुसमा समितिको बैठकले जिपिएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न जिल्लामा भएका सरकारी निकाय, सामाजिक संस्था तथा व्यक्तिसँग एम्बुलेन्सको अवस्थाका बारेमा जानकारी लिइने निर्णय गरेको थियो । 

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा जिपिएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सहसंयोजक रहनेगरी मेथिनकोट अस्पताल, धुलिखेल अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख रहनेगरी चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो । -रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x