×

NMB BANK
NIC ASIA

धार्मिक पर्यटकीय गन्तव्य शालग्राम सङ्ग्रहालय : २ महिनामा गरे १२ हजारले अवलोकन

बाग्लुङ | चैत ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

शिरमा पञ्चकोट, नजिकै पवित्र कालीगण्डकी र बागलुङ कालिका मन्दिर, बागलुङ बजार केही पर शालग्राम सङ्ग्रहालय छ ।

Muktinath Bank

धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको शालग्राम सङ्ग्रहालय पछिल्लो समय नेपालीसँगै भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा सुरुङ निर्माण गरेर सवा लाख शालग्राम सङ्ग्रहित गरिएको छ । त्यसले धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ ।​


Advertisment
Nabil box
Kumari

शालग्रामलाई हिन्दू धर्मावलम्बीले भगवान्का रुपमा पुज्ने गर्दछन् ।

Vianet communication
Laxmi Bank

सवा लाख शालग्रामसँगै रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरमा हिजोआज भक्तजनको भीड लाग्ने गर्छ । बागलुङ–म्याग्दी–मुस्ताङ सडक छेउमै रहेको शालग्राम सङ्ग्रहालयमा मुस्ताङको मुक्तिनाथ पुग्ने तीर्थालु पुग्न थालेका छन् ।

नजिकै रहेको पञ्चकोट र बागलुङ कालिकाले सङ्ग्रहालयलाई जोडेको छ । पञ्चकोट आउने अधिकांश पर्यटक सङ्ग्रहालयमा पुग्ने गर्छन् । सङ्ग्रहालयमा शालग्राम मात्रै राखिएको छैन । सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति एकै ठाउँमा बनाइएको छ ।

त्यसले धेरैलाई आकर्षित गरिरहेको छ । शालग्राम सङ्ग्रहालय वरपर बनेका मन्दिर र त्यहाँ बनेका अनेक प्रकारका आकृतिले धेरैलाई लोभ्याउने गरेको छ ।

बागलुङ बजारदेखि करिब तीन किलोमिटर पश्चिममा रहेको सङ्ग्रहालय गाडीमा पाँच मिनेट र पैदल यात्रामा १५ मिनेट लाग्छ । यहाँ पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै पर्यटकको चहलपहल निकै बढेको छ ।

पछिल्लो दुई महिनामा करिब १२ हजार भारतीय तथा नेपाली पर्यटकले शालग्राम सङ्ग्रहालयको अवलोकन गरेको शालग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए ।

उनले गत फागुन ९ देखि २३ गतेसम्म पञ्चकोटमा अनन्त श्री ब्रह्माण्डीय महायज्ञ लागेको र यस अवसरमा धेरै झक्तजनले सङ्ग्रहालयको अवलोकन गरेको उनले जानकारी दिए ।

ऋषि प्रपन्नाचार्यका अनुसार यहाँ मन्दिर, सङ्ग्रहालयलगायत संरचना निर्माण गर्न रु १० करोड बढी लगानी भएको छ । चाडपर्व र बिदाको समयमा धेरै पर्यटक आउने गरेको उनले बताए । पहिले मुक्तिनाथ जाने भारतीय पर्यटक निकै कम आउने गरेको सुनाउँदै अहिले दैनिक आउने गरेको ऋषि प्रपन्नाचार्य बताउँछन् ।

'हरेक वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, धेरै संरचना बने तर प्रचारप्रसार कम भएको थियो, अहिले प्रचार पनि व्यापक भयो, सञ्चारमाध्यममा जताततै प्रचार भएपछि घुम्न आउनेको सङ्ख्या निकै बढेको छ, गत आर्थिक वर्षमा एक लाख बढी पर्यटकले शालग्रामको अवलोकन गरेका थिए, माघ अन्तिम सातादेखि अहिलेसम्म दुई महिनाको अवधिमा १२ हजार पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन्', ऋषि प्रपन्नाचार्यले भने, 'पहिले मुक्तिनाथ जाने पर्यटक कम आउँथे, अहिले यही बाटो भएर यात्रा गर्ने हुँदा धेरै आउन थालेका छन्, अझै धेरै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौं, यहाँ अझै धेरै संरचना बन्दै छन्, केही वर्षपछि यो ठाउँमा दैनिक हजारौं पर्यटकको भीड लाग्ने छ ।'​​​​

शालग्राम सङ्ग्रहालय वरपर रङ्गविङ्कटेश्वर मुक्तिनारायण मन्दिरसहित मुक्तिनाथ वेद विद्याश्रम पाठशाला सञ्चालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शन गर्न पाउँछन् ।

पछिल्लो समय पशुपति, जनकपुर, लुम्बिनी र मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन तथा पर्यटकले शालग्राम सङ्ग्रहालयलाई प्राथमिकतामा पारेका हुन् ।

भारतको हरिद्वारबाट भ्रमणमा आउनुभएका रामविलास दासीले एकै ठाउँमा सवा लाख भगवान्को दर्शन गर्न पाएको बताए । संसार घुम्दा भट्याउन नसकिने भगवान शालग्राम सङ्ग्रहालयमा भेट्न सकिने उनको भनाइ छ ।​

यसभन्दा पहिला बागलुङ कालिकामा आएर पूजाआज गरेको सुनाउँदै सङ्ग्रहालयमा आउन नपाएको सुनाए । बत्तीस जनाको टोली धार्मिक भ्रमणमा रहेको सुनाउँदै उनले पोखराको विन्ध्यवासिनी, म्याग्दीको गलेश्वर, मुक्तिना, बागलुङ कालिका, पञ्चकोट र शालग्रामको दर्शन गरेको बताए ।

उनले भने, 'यो ठाउँमा यसरी शालग्राम भगवान हुनुहुन्छ भन्ने पहिला मलाई थाहा थिएन, पहिला पनि आएको थिए बागलुङ, अहिले दर्शन गर्ने मौका मिल्यो, यो ठाउँ साँच्चिकै पवित्र ठाउँ रहेछ, हाम्रो टिममा ३२ जना छ, सबैले अवलोकन गर्‍यौं, यहाँको अवलोकनले मनमा शान्ति मिलेको छ, यहाँबाट मुक्तिनाथ पुग्न पनि धेरै समय लाग्दो रहेनछ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x