×

NMB BANK
NIC ASIA

नेपालले संरक्षण र वातावरणीय व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको छः मन्त्री बस्नेत

काठमाडाैं | चैत १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले संरक्षण र वातावरणीय व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको बताउँदै यस क्षेत्रमा नेपाल विश्वमै उदाहरणीय बनेको उल्लेख गरेका छन् ।

Muktinath Bank

 राष्ट्रिय प्रकृति संरक्षण कोषले आज आयोजना गरेको कार्यक्रममा उनले प्राकृतिक सम्पदाको संरक्षणमा नेपालको समर्पण र अथक प्रयासहरू सहनीय रहेको र विश्वभरका संरक्षणवादीहरूका लागि उत्कृष्ट उदाहरणको रूपमा रहेको उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“वर्तमान सन्दर्भमा जलवायु परिवर्तनका मुद्दाहरू मुख्य छन् । हिमाली राष्ट्रको रूपमा, नेपालले जलवायु परिवर्तनबाट गम्भीर खतराहरूको सामना गरिरहेको छ, हाम्रा हिमालय र हिमनदीहरू तीब्र रुपमा पग्लिरहेका छन् । यस संकटलाई निम्त्याउने उत्सर्जनको लागि हामी थोरै जिम्मेवारी वहन गर्दा पनि हामी यसको प्रभावलाई न्यूनीकरण गर्न र यसका चुनौतीहरूलाई अनुकूलन गर्ने हाम्रो प्रतिबद्धतामा प्रतिबद्ध छौं” मन्त्री बस्नेतले भने । यसमा विश्वको ध्यान जानुपर्ने उनको भनाई थियो ।


Advertisment
Nabil box
Kumari

विगतका केही दशकमा, नेपालले हाम्रो प्राकृतिक वनको ढाँचा बढाउन र समुदायमा आधारित वन व्यवस्थापन अभ्यास लागू गर्न उल्लेखनीय प्रगति गरेको जानकारी गराउँदै मन्त्री बस्नेतले भने, “पछिल्लो दशकमा नेपालमा बाघको सङ्ख्या झण्डै तीन गुणा बढेको छ र एकसिङ्गे गैँडाको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । यस सन्दर्भमा, म विश्व समुदायलाई हामीले प्रदान गर्ने अमूल्य वातावरणीय सेवाको लागि नेपाललाई चिन्न र क्षतिपूर्ति दिन आह्वान गर्दछु । अर्बौं मानिसलाई पानीको प्रबन्ध गर्नेदेखि लिएर सङ्कटमा परेका प्रजातिको संरक्षणसम्म, विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय योग्य छ ।”

Vianet communication
Laxmi Bank

कार्यक्रममा संयुक्त अधिराज्यको हाउस अफ लर्डस्का सदस्य एवं कोषका सदस्य क्यामोइजले नेपालले जैविक विविधता संरक्षणमा हासिल गरेको उपलब्धि र स्थानीयको सहभागिताको प्रशंसा गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे। नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले संरक्षण अभियानमा कोषको लामो अनुभव र हासिल गरेका उपलब्धि प्रशंनीय रहेको चर्चा गर्दै संरक्षण अभियानमा नेपालले भोग्नुपरेका चुनौतीको सामना गर्न विश्व समुदायको वित्त र प्राविधिक सहयोगको आवश्यकता औँल्याए ।  

कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले नेपालले संरक्षण अभियानमा हासिल गरेका उपलब्धि र प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x