×

NMB BANK
NIC ASIA

टी–२० क्रिकेट शृंखला

दोस्रो खेलमा पनि आयरल्यान्डविरुद्ध नेपालको सहज जीत

काठमाडाैं | चैत १३, २०८०

NTC
Premier Steels

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड 'ए'विरुद्ध नेपालले दोस्रो टी-२० मा पनि सहज ७१ रनको जीत हात पारेको छ ।

Muktinath Bank

पहिलोमा ६ विकेट र दोस्रो पनि सहज जीत हात पारेपछि नेपाल २–० जित्न पुग्यो । टस जितेर ब्याटिङ गर्दै १९९ रनको लक्ष्य दिएको नेपालले आयरल्याण्डविरुद्ध ७१ रनको जीत दर्ता गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२० ओभरमा ७ विकेट गुमाउँदै नेपालले १९९ रनको लक्ष्य दिएको थियो । नेपाली बलरसामु टिक्न नसक्दा आयरल्यान्ड १८.३ ओभरमा १२७ रन बनाउँदै अलआउट भयो ।​


Advertisment
Nabil box
Kumari

आयरल्यान्डका लागि स्टेफन दोहनीले २६, मोर्गन टोपीलले २१, केड कार्रिमेचलले १८, कप्तान नेल रकले १७, रोस अडेरले १७ रन बनाए । 

Vianet communication

८ बलर खेलाएको नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए ।

करण केसी, विवेक यादव र कुशल भुर्तेलले एकएक विकेट लिए ।​

आयरल्यान्डलाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए । कुशल मल्लले १३ बलमै ३४ रन बनाउँदा रोहित पौडेलले ३३ रनको योगदान दिए । 

कुशल भुर्तेलले २५, सन्दीप जोराले १० बलमा २१, अनिल साहले १२ र आसिफ शेखले ११ रनको योगदान दिए । डेब्यु गरेका विवेक यादवले ८ बलमा ७ रन बनाए । 

सोमवार पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x