×

NMB BANK
NIC ASIA

बूढानीलकण्ठमा 'विन्दास' देउवा

गठबन्धन भत्किए पनि पोहोरजस्तो चिन्तित छैनन् देउवा, भेट्न जानेलाई भन्छन्- धैर्य गरौं !

काठमाडाैं | चैत १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आलोपालोमा १० महिनापछि प्रधानमन्त्री पाउने अपेक्षामा रहेका शेरबहादुर देउवा सत्ता समीकरण फेरिएपछि चुपचाप बूढानीलकण्ठस्थित निवासमा बसिरहेका छन् । 

Muktinath Bank

सामान्यतया आफूप्रतिकूल राजनीतिक घटनाक्रम हुँदा आरोप–प्रत्यारोपमा उत्रिने नेपालका नेताहरूको चलन छ । प्रतिस्पर्धी पार्टीका नेताप्रति आक्रोश व्यक्त गर्ने होडबाजी नै चल्छ । अप्रत्यासित रूपमा सत्ताबाट बाहिरिनु परे पनि देउवा निकै शान्त देखिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीसहितका दलसँग गरिएको गठबन्धन अघिल्लो वर्षको १० पुसमा भत्किँदा देउवामा ठूलो बेचैनी छाएको थियो । तर, यसपटक आफूले गठबन्धन जोगाउन जनाएको सबै प्रतिबद्धता र अग्रसरताबीच समीकरण टुटेपछि देउवा शान्त देखिएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘गत स्थानीय, प्रदेश तथा प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, माओवादीसहितका दलले एक अर्कालाई दिएको मतले बाँधिएका थिए । यसैले १० पुसमा गठबन्धन टुट्दा सभापतिजी चिन्तित हुनुहुन्थ्यो । सोही रियलाइजेसनपछि तत्काल यसलाई सुधार्नतिर लाग्नुभयो, त्यो भयो पनि,’ देउवा निकट स्रोत भन्छ, ‘तर, यसपटक प्रतिबद्धता जनाउँदा र गठबन्धनप्रति इमान्दारिता देखाउँदा पनि गठबन्धन टुटेपछि सभापतिमा कुनै पछुतो देखिन्न ।’

Vianet communication
Laxmi Bank

भेट्न आउने नेता/कार्यकर्तालाई देउवाले यसपटक आफ्नो कारण नभई प्रचण्डकै कारण गठबन्धन टुटेको भनेर धैर्य रहन सम्झाउने गरेका छन् ।

‘पार्टीले बचाउन चाहँदाचाहँदै पनि गठबन्धन टुट्यो भन्ने चिन्ता लिएर थुप्रै नेता र कार्यकर्ता निवासमा आउनुहुन्छ । तर, सभापतिजीले आफूले गठबन्धन अगाडि जाने भनेर महासमितिबाट निर्णय गराए पनि प्रचण्ड प्रतिबद्धताबाट भागेका हुन्, चिन्ता लिनुपर्दैन भनेर सम्झाउनुहुन्छ,’ उनी निकट स्रोतले भन्यो, ‘यसैले यसपटक अघिल्लो वर्षजस्तो चिन्ता र तनाव लिएर बस्नुपर्ने अवस्था छैन । पार्टी काममा प्रतिबद्ध भएर लाग्नुपर्छ भन्ने सन्देश नेता र कार्यकर्ताहरूलाई दिइरहनुभएको छ ।’ 

राजनीतिक गल्ती नगरेपछि यसपटक पछुताउन नपर्ने देउवाले बताउँदै आएका छन् । 

'गुनासो गर्नेहरूसँग सभापतिले जनताबीच गरिएको वाचा त एक वर्ष टिकेन, बन्द कोठाको सहमति कति दिन टिक्ला र ? भन्ने आशय व्यक्त गर्नुहुन्छ,’ देउवा निकट स्रोतले भन्यो ।

फेरिएको समीकरणको भविष्य के होला भनेर पनि देउवासमक्ष थुप्रै नेता र कार्यकर्ताले गुनासो राख्ने गरेका छन् । यस्तोमा देउवाले जनताबीच गरिएको वाचा त नटिक्ने अवस्थामा बन्द कोठाको सहमति धेरै समय नजाने संकेत गर्दै आएका छन् ।

‘एउटा जिम्मेवार र ठूलो पार्टीको नेता भएपछि अब के होला ? यो समीकरण कहिलेसम्म जाला भन्ने चिन्ता र चासो भेट्न आउने नेता/कार्यकर्तामा हुनेगर्छ, नै यो स्वाभाविक हो,’ देउवानिकट स्रोत भन्छ, ‘यस्तो गुनासो गर्नेहरूसँग सभापतिले जनताबीच गरिएको वाचा त एक वर्ष टिकेन, बन्द कोठाको सहमति कति दिन टिक्ला र ? भन्ने आशय व्यक्त गर्नुहुन्छ ।’

विकसित समीकरणको भविष्यलाई लिएर एमाले र माओवादीभित्रै अनेक अड्कलबाजी भइरहेको छ । यस्तोमा स्वार्थ बाझिएका दलहरू जमघट भएर पछिल्लो समीकरण बनेको देउवाको बुझाइ छ । यसैले सानो फाइदा र बेफाइदाको स्वार्थपूर्ण राजनीतिक लोभले पनि समीकरण लामो समय नजाने लख देउवाले काटिरहेको उनलाई भेटेर फर्किने नेताहरू बताउँछन् । 

‘भन्नलाई अर्को चुनाव र वामपन्थी एक हुनेगरी अगाडि बढ्ने नारा अगाडि सारेर गठबन्धन टुटाइएको छ । तर, कम्युनिष्ट धारहरू साँच्चै चुनावसम्म मिलेर जान सक्ने अवस्था देखिँदैन’ देउवालाई भेटेर फर्किएका एक नेता भन्छन्, ‘एकाएक फेरिएको समीकरण नेपालबाट मात्रै निर्देशित छैन भन्ने हामी सबैले बुझेका छौं । यस्तोमा डोहोरिनेलाई त झन् थाहा छँदैछ ।’ 

एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनमा प्रचण्ड बहकिएको मूल्यांकन पनि देउवाले गर्ने गरेको नेताहरू बताउँछन् । 

देउवा र शशांक

‘शेरबहादुर देउवा गठबन्धनप्रति इमान्दार थिए भन्ने कुरा विश्वासको मत लिने दिन केपी ओलीले भेटौं न कुरा गरौं न भन्दा पनि नमानेको भनेबाट पुष्टि हुन्छ,’ देउवा निकट स्रोत भन्छ, ‘ओलीले पटक–पटक मिलेर जान संकेत गर्दा पनि गठबन्धनको सहमतिभन्दा दायाँबायाँ गर्न हुँदैन भन्नेमा सभापति बस्नुभयो । तर, यसपटक ओलीले दिएको दबाब वा आश्वासनमा (प्रचण्ड) उहाँ मख्ख पर्नुभएको छ । यसैले कांग्रेसलाई अप्ठ्यारो पारौं भन्ने भएको होला ।’ 

ओलीको यस्तो सन्देशपछि कतिपय नेता कार्यकर्ताले बरु एमालेसँग मिलेर जान सुझाएको कांग्रेसका अर्का एक नेता बताउँछन् । 

‘ओलीजीले पनि बोल्नुभयो, कांग्रेसका नेताले पनि बोलिरहेका छन्, पटक–पटक धोकाधडीको राजनीतिपछि धेरै पब्लिकको चाहना बरू कांग्रेस र एमाले नै मिलेर सरकार बनाए पनि हुन्छ भन्ने पनि देखिन्छ,’ ती नेता भन्छन्, ‘सडकमा सर्वसाधारणको चाहना पनि यस्तो छ ।’

१० पुसमा समीकरण टु्ट्दा देउवालाई गाली गर्ने कांग्रेसभित्रकै नेताहरू यसपटक प्रचण्डलाई गाली गरिरहेका छन् । यस्तो परिस्थितिले कांग्रेसलाई एकढिक्का बनाउन सहयोग पुगेको नेताहरू बताउँछन् । 

‘मुखैमा आएको सत्ता छाड्नुपर्दा वा गुमाउनु पर्दा अरू नेताहरूको आक्रोश सुनिनसक्नुको हुन्छ । तर, हाम्रो सभापति सार्वजनिक कार्यक्रममा समेत बोल्नुभएको छैन । राजनीतिक प्रतिक्रिया पनि दिइरहनुभएको छैन,’ देउवानिकट स्रोत भन्छ, ‘बरु गठबन्धन चाहिँदैन भन्ने महामन्त्री गगन थापाहरू नै प्रचण्डले धोका दिनुभयो भनेर ठूलो–ठूलो स्वरमा बोल्दै र गाली गर्दै हिँड्नुभएको छ । पार्टीको लाइनको रक्षामा अरू नेता नै खुलेर बोल्नुले यसपटक सभापतिलाई दबाब नभएको देखिन्छ ।’

१० दिनजति अगाडि सभापतिलाई भेटेर फर्किएका कांग्रेस नेता उदयशमशेर राणा पनि यसपटक सभापतिमा आफूहरूबाट कुनै गल्ती नभएको बुझाइ पाएको बताउँछन् । 

‘तत्कालीन समीकरणमा केही समस्या देखापरेको थियो । महासमिति बैठकका विषय र कोशीमा केही समस्या थिए । तर, गठबन्धन टुटिहाल्नुपर्ने थिएन । राजनीतिक रूपमा कांग्रेसले गठबन्धनप्रति निर्णयमै लेखेर प्रतिबद्धता जनाएको थियो,’ राणाले लोकान्तरसँग भने, ‘कतिपय कुरा पार्टीका आन्तरिक हुन्छन् । भोट बढाउन रणनीतिक कुरा डकुमेन्टमा लेखिन्छन् । यी स्वाभाविक हुन् । अर्को पार्टीले प्रचण्ड जिन्दावाद भनेर त आफ्नो डकुमेन्टमा लेख्दैन नि ! यसैले प्रचण्डजीले लगाउनुभएको चार्ज यसपटक ठीक छैन भन्ने बुझाइ सभापतिको छ ।’

एमाले अध्यक्ष ओली र रास्वपा सभापति रवि लामिछानेसँगको नियमित भेटबारे सूचना आए पनि संसद् चलाउने र टीआरसी विधेयकसहितका विषयमा केन्द्रित रहेको भनेर प्रचण्डले आफूलाई झुक्याएको देउवाले निकटस्थहरूसँग बताउने गरेका छन् । 

नेता राणा तत्काल प्रतिपक्षमा पुगेकाले फेरिएको समीकरणलाई लिएर कुनै प्रस्ट भविष्यवाणी गर्ने मुडमा सभापति नरहेको बताउँछन् । ‘भर्खर समीकरण फेरिएको छ, हेरौं न कति चलाउँछन् भन्ने मात्रै सभापतिको कुरा छ । अरू कुनै भविष्यवाणी गर्नुभएको छैन,’ राणाले भने । 

‘अघिल्लोपटक कतै आफ्नै कारणले गठबन्धन टुट्यो कि भन्ने मानसिकतामा उहाँ देखिनुभएको थियो । यससपटक चिन्ता गरेको देखिएन, बरु विन्दास देखिनुभएको छ,’ महरले भने, ‘समीकरणको के होला भन्नेमा उहाँले केही समय हेरौं भन्नुभएको छ ।’

स्वार्थपूर्ण समीकरण बनेकाले केही समय धैर्य गर्दा सरकार आफैं संकटमा पर्ने बुझाइ सभापतिको रहेको उनले बताए ।

केही दिन अगाडि देउवासँग भेटेर फर्किएका नेता नैनसिंह महरले पनि यसपटक सभापति विन्दास मूडमा रहेको बताए ।

‘अघिल्लोपटक कतै आफ्नै कारणले गठबन्धन टुट्यो कि भन्ने मानसिकतामा उहाँ देखिनुभएको थियो । यससपटक चिन्ता गरेको देखिएन, बरु विन्दास देखिनुभएको छ,’ महरले भने, ‘समीकरणको के होला भन्नेमा उहाँले केही समय हेरौं भन्नुभएको छ ।’

प्रतिपक्षमा पुगेपछि कांग्रेस अब सत्ताको खेलमा नलागी जनतासँग जोडिने र अर्को चुनावमा बहुमतको तयारीमा जुट्नुपर्ने उनी बताउँछन् । 

२१ फागुनपछि पहिलोपटक बिहीबार बालुवाटार पुगे देउवा

२१ फागुनमा सत्ता समीकरण टुटेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बिहीबार बालुवाटार पुगेका छन् । समीकरण टुटेपछि कुनै सार्वजनिक टिप्पणी र प्रतिक्रिया नदिएका देउवासँगको भेटमा संसद्को गतिरोध, शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउने विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । 

‘उहाँहरूबीच एक घण्टाजति भएको छलफल सकारात्मक छ । प्रधानमन्त्रीले देउवाजीसँग संसद्लाई बिजनेस दिन, शान्ति प्रक्रियाका कामलाई सत्ता पक्ष र विपक्ष नभनी टुंग्याउन मैले पहिलदेखि नै पहल गर्दै आएको छु । जनताको मुद्दामा वादविवाद नगरी अगाडि बढौं । पर्याप्त छलफल गरौं, मिलेर जाऔं भन्ने प्रस्ताव प्रधानमन्त्रीको छ,’ आचार्यले भने, ‘देउवाजीले पनि सकारात्मक जवाफ दिनुभएको छ ।’

पछिल्लो समय कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद्मा विरोध गर्दै आएको छ । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले स्वार्थ बाझिने गरी उनी मन्त्री पदमा बस्न नहुने अडान लिँदै आएको छ । 

समीकरण फेरिएको एक महिना पुग्न लागे पनि देउवा पार्टीको आन्तरिक छलफल, संसद बैठकसहितमा मात्रै व्यस्त छन् । सार्वजनिक कार्यक्रममा पनि देउवा देखिएका छैनन् । बिहीबार दाङ जाने कार्यक्रम पनि मौसमले रोकिएको देउवाका कानूनी विज्ञ केशवराज जोशी बताउँछन् । 

यसबीचमा निवासमै पदाधिकारी र पूर्व पदाधिकारी बैठक, संसदीय दल, यसको कार्यसमितिसहितका बैठक बसेर विश्वासको मत फिर्ता लिएको जोशी बताउँछन् । यसबाहेक संसद् बैठक र समिति बैठकमा जाने, छलफलमा भाग लिने र खाली भएको समयमा निवासमा नेता/कार्यकर्तासँग भेटघाट गर्ने दैनिक कार्यक्रम रहेको जोशी बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x