×

NMB BANK
NIC ASIA

सहकारी ठगीमा संसदीय छानबिन माग

संसद्‌मा फेरियो कांग्रेसको रणनीति : बैठक अवरुद्ध नगर्ने, गृहमन्त्री लामिछानेको विरोध गरिरहने

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels
Marvel

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रणनीति बदलेको छ ।

Muktinath Bank

कांग्रेसले आइतवारको बैठकमा संसदीय छानबिन समिति गठन नभए बैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत ६ गते बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी ठगीमा रविको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै बचाउ गरेका थिए । प्रधानमन्त्रीको जवाफबाट सन्तुष्ट नभएपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको थियो ।


Advertisment
Nabil box
Kumari

चैत ७ गते बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले संसदीय समिति गठन नभए आगामी बैठक अवरुद्ध गर्ने चेतावनी दिएकी थिइन् । ११ दिनको अन्तरालमा आइतवार बसेको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले संसदीय छानबिनको माग गरे, तर संसद् अवरुद्ध गर्ने चेतावनी दिएनन् ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री प्रचण्डले आफैं न्यायाधीश बनेर विगतका राजा महराजाले जस्तो रविलाई क्लिन चिट दिन खोजेको आरोप लगाए । ‘हामी चाहँदैनौं कि अवरोध गरौं, तर सरकारले संसदीय छानबिन समिति गठन गरेन भने हामी त्यो ठाउँमा पुग्न सक्ने स्थिति बन्न सक्छ’, गौतमले भने । 

गौतम बोलेपछि प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयको कार्यक्रम चलेको छ । कांग्रेसका एक पदाधिकारीले संसदीय छानबिन समितिको माग कायमै रहेको बताए । ‘संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा हामी अडिक छौं, रणनीति मात्र बदलिएको हो’, ती नेताले लोकान्तरसँग भने । 

कांग्रेसले रविलाई संसद्‌मा कुनै प्रस्ताव पेश गर्न नदिने समेत बताएको छ । यसअघि पनि रविलाई प्रस्ताव पेश गर्न दिइएपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । 

शनिवार साँझ भएको भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग संसद् अवरोध नगर्न आग्रह गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x