×

NMB BANK
NIC ASIA

बाबुरामको टिप्पणी: क्रान्तिकारीहरू सत्ताको चास्नीमा डुबे, रूपान्तरणको काम अधूरै रह्यो

काठमाडाैं | चैत १९, २०८०

NTC
Premier Steels

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई सम्बोधन गर्दै उनले यही कारण देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रहेको बताएका छन् । 

Muktinath Bank

युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेको उनको भनाइ छ । 'इतिहासको नियमैअनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए ! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो ! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्,' उनले भनेका छन्, 'बाबुरामहरूजस्ता केही 'मूर्ख'हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौं र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन् ! तर त्यो अरण्यरोदन बनिरहेछ !'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो छ बाबुरामको टिप्पणी
नयाँ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए।बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाल आफ्नै साथीहरूबाट  'गद्दार' घोषित भएर एक्लिएका थिए!


Advertisment
Nabil box
Kumari

दिनदिनै रेडियोबाट समाचार आउॅथ्यो- आज प्रनेका ( प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पंचायत प्रवेश गरे! भोलि प्रनेकपा ( प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी) का पोलिटब्युरो सदस्य पंचायत प्रवेश गरे! आदि इत्यादि ! मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे - राजाको निरंकुश ‘पंचायती प्रजातन्त्र’ सय बर्ष टिक्नेभयो!

Vianet communication

अर्को बर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए!  राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट  पार्टीमा फर्कन थाले! फेरि पनि जनमत संग्रहमा बहुदललाई धाँधली गरेर हराइयो! 

पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिॅएकै अवस्थामा 'गद्दार' कै पगरी भिरेर संसारबाट विदा भए! बिपीले केही बर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे।

दशबर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाळ सजिए।

परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो! दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन/मधेसविद्रोहलगायत संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो!

तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाॅ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्। बाबुरामहरू जस्ता केही 'मूर्ख'हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरैौ र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!

के इतिहासको गति रोकिन्छ त?  भनिन्छ- History repeats, because men repeat their mistakes ! गल्ति सच्याऊॅ, इतिहास दोहोरिन नदिऊॅ!

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x