×

NMB BANK
NIC ASIA

सत्ता गठबन्धनमा सहमति

आलोपालोमा मुख्यमन्त्री पाउने आश्वासनपछि नेकपा एसले जम्कट्टेललाई विश्वासको मत दिने

काठमाडाैं | चैत १९, २०८०

NTC
Premier Steels

आलोपालोमा मुख्यमन्त्री पाउने सहमतिपछि नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।​

Muktinath Bank

जम्कट्टेलले सोमवार प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार सत्ता गठबन्धनका शीर्ष नेताबीच आलोपालोमा नेकपा एसलाई पनि मुख्यमन्त्री दिने सहमति भएको थियो ।


Advertisment
Nabil box
Kumari

बालुवाटारमा सहमति भएपछि बागमती प्रदेश सभामा नेकपा एस संसदीय दलका नेता कृष्णप्रसाद खनालले विश्वासको मत दिने निर्णय भएको बताएका छन् । बागमतीमा नेकपा एसका ७ जना सांसद छन् । 

Vianet communication

७ मध्ये एक प्रदेशमा मुख्यमन्त्री नपाए बागमतीमा विश्वासको मत नदिने नेकपा एसले अडान राख्दै आएको थियो । नेकपा एसले तत्कालै सुदूरपश्चिममा मुख्यमन्त्री पाउने सहमति भएको दाबी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिक उन्मुक्ति पार्टीलाई पनि सुदूरपश्चिमको मुख्यमन्त्री दिने आश्वासन दिएका छन् । 

गठबन्धनबीच एक वर्ष जम्कट्टेलले नै सरकार चलाउने र बाँकी अवधिमा नेकपा एमाले र एसले मुख्यमन्त्री चलाउने सहमति भएको नेकपा एसका एक शीर्ष नेताले लोकान्तरलाई जानकारी दिए ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x