×

NMB BANK
NIC ASIA

सन्दर्भः उपनिर्वाचन

इलाम–२ मा उम्मेदवार छान्न कांग्रेसको कसरत, बोर्ड बैठकमा नोकझोक

काठमाडाैं | चैत २०, २०८०

NTC
Premier Steels

उपनिर्वाचनका उम्मेदवार छान्ने कसरतस्वरुप बसिरहेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकमा नेताहरूबीच नोकझोक भएको छ ।

Muktinath Bank

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो ३ बजेतिर शुरू भएको बैठकमा उम्मेदवार छान्ने विषयमा कुरा नमिलेपछि नोकझोक भएको बैठक स्रोतले लोकान्तरलाई जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलाम–२ मा सभापति देउवा पक्षका डम्बरबहादुर खड्का र डा शेखर कोइराला पक्षका भेषराज आचार्य प्रमुख दाबेदार छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै कोइराला पक्षकै रमेश लिङ्देनले पनि दाबी गरिरहेका छन् ।  

Vianet communication

कार्यसम्पादन समितिको बैठकअघि संसदीय बोर्डको बैठक बसेको हो । यसअघि नेताहरूबीच अनौपचारिक छलफल भएको थियो । 

बोर्डको बैठकपछि कार्यसम्पादन समितिको बैठक बस्ने छ । तर उम्मेदवारमा कुरा नमिलेपछि बैठक बस्न ढिलाइ भइरहेको छ 

सभापति देउवाले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयनसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएका हुन् ।

वैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

इलाम–२ मा भने सत्तारुढ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारको टुंगो लगाएर प्रचारमा लागिसकेका छन् । अर्को सत्तारुढ दल माओवादी केन्द्र र कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

बैठकअघि सभापति देउवाले दुवै निर्वाचन क्षेत्रको अवस्थाबारे ग्राउन्ड रिपोर्ट बुझेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x