×

NMB BANK
NIC ASIA

उपनिर्वाचनका लागि उम्मेदवार छान्न सकस

इलाम–२ मा उम्मेदवार छान्न बसेको कांग्रेसको बैठक निष्कर्षविहीन टुंगियो, बुधवार फेरि बस्ने

काठमाडाैं | चैत २०, २०८०

NTC
Premier Steels

इलाम–२ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति संसदीय बोर्डको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

Muktinath Bank

उम्मेदवारमा सर्वसहमति हुन नसकेपछि मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक बुधवार फेरि बस्ने गरी बिनानिष्कर्ष सकिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले बुधवार दिउँसो २ बजे पुनः संसदीय बोर्ड तथा अपरान्ह ४ बजे कार्यसम्पादन समितिको बैठक राखेको पार्टी केन्द्रीय कार्यालय, सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

'इलाम–२ र बझाङ प्रदेशसभा १ मा उम्मेदवार छान्नेलगायत विषयमा बैठक बसेको थियो । मंगलवार नेताहरूले बोल्ने क्रमको पालो नसकिएकाले निष्कर्षमा पुग्न सकिएन । अब बुधवार पुनः बैठक बस्नेछ,’ उनले भने ।

Vianet communication

मंगलवारको संसदीय बोर्डको बैठकमा नेताहरूबीच नोकझोक भएको बताइएको छ ।

बैठकमा उम्मेदवार छान्ने विषयमा कुरा नमिलेपछि नोकझोक भएको बैठकनिकट स्रोतले यसअघि लोकान्तरलाई जानकारी दिएको थियो ।

इलाम–२ मा सभापति देउवा पक्षका डम्बरबहादुर खड्का र डा शेखर कोइराला पक्षका भेषराज आचार्य प्रमुख दाबेदार छन् ।

यस्तै कोइराला पक्षकै रमेश लिङ्देनले पनि दाबी गरिरहेका छन् ।  

सभापति देउवाले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयनसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएका हुन् ।

वैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ । इलाम–२ मा भने सत्तारुढ दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवारको टुंगो लगाएर प्रचारमा लागिसकेका छन् । 

एमालेले आफ्ना दिवंगत उपाध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङलाई उठाएको छ । संविधानसभाका अध्यक्ष नेम्वाङको निधनपछि यो क्षेत्रमा उपनिर्वाचन हुन गइरहेको हो ।

अर्को सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

बैठकअघि सभापति देउवाले दुवै निर्वाचन क्षेत्रको अवस्थाबारे ग्राउन्ड रिपोर्ट बुझेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x