×

NMB BANK
NIC ASIA

सन्दर्भः उपनिर्वाचन

इलाम र बझाङका लागि उम्मेदवार छान्न बूढानीलकण्ठमा कांग्रेस बैठक

काठमाडाैं | चैत २१, २०८०

NTC
फाइल तस्वीर ।
Premier Steels

इलाम– २ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ लागि उम्मेदवार तय गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधवार अपरान्ह बैठक बसिरहेको हो । 

Muktinath Bank

इलाममा यसअघि ११४ मतले पराजित भएका डम्बरबहादुर खड्का कि भेषराज आचार्य भन्नेमा कांग्रेसका संस्थापन र इतर पक्षबीच विवाद भएको छ । संस्थापनले खड्का र इतर (शेखर कोइराला–गगन थापा) पक्षले आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान लिँदै आएका छन् । यी दुईबाहेक इलाम उम्मेदवारको लागि केशव थापा, रमेश लिङ्देन, नगेन्द्र कुमाल, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङ लगायतको नाम सिफारिस भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै बझाङ प्रदेशसभामा जगतप्रसाद जोशी र अभिषेक सिंहमध्ये एकजना उम्मेदवार हुने कांग्रेसका एक नेताले जानकारी दिए । यी दुईबाहेक बझाङ प्रदेशसभाका लागि सत्यराज भण्डारी, विष्णुकुमार सिंह, नन्दकृष्ण जोशी, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा र नारायण हमालको नाम क्षेत्र, जिल्ला र प्रदेशहुँदै केन्द्रका लागि सिफारिस भएको थियो । 


Advertisment
Nabil box
Kumari

पहिले संसदीय बोर्डको बैठकले उम्मेदवार सिफारिस गर्ने र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवारको नाम अनुमोदन गर्ने तयारी कांग्रेसको छ ।

Vianet communication

इलाम– २ का लागि नेकपा (एमाले)ले सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाइसकेको छ ।

आगामी वैशाख १५ का लागि उपनिर्वाचको मिति तोकिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x