×

NMB BANK
NIC ASIA

कर्णालीका मुख्यमन्त्रीको राजीनामा प्रकरण

मुख्यमन्त्रीबाट राजीनामा दिएका शर्माको असन्तुष्टि– गठबन्धनको नाममा सत्ताको खेल उदांगियो

काठमाडाैं | चैत २१, २०८०

NTC
Premier Steels

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाको बैठकमा राजीनामा दिएको वक्तव्यमा गठबन्धनको नाममा सत्ताको खेल हुँदा अस्थिरता आएको उल्लेख गरेका छन् । 

Muktinath Bank

नेकपा (एमाले)का निम्ति मुख्यमन्त्री छोड्नुपरेपछि शर्माले केन्द्रको सोझो असर पर्दा प्रदेशमा पनि उस्तै सत्ताको खेल भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पछिल्लो समय केन्द्रीय राजनीतिमा आएको परिवर्तनले गर्दा मेरो नेतृत्वको सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको र संवैधानिक प्रक्रियाअनुरुप मैले विश्वासको मतका लागि अगाडि बढिसकेको सन्दर्भमा प्रदेश सरकारको निरन्तरता नदिने तथा विश्वासको मत समेतका लागि अनुरोध गर्न नसकिने परिस्थिति उत्पन्न भयो,’ उनले भनेका छन्, ‘यसले सत्ताको खेललाई उदाङ्गो बनाएको छ । प्रदेश सरकारको स्थिरताबिनाको समृद्धि सम्भव छैन ।’


Advertisment
Nabil box
Kumari

गठबन्धनको नाममा हुने सत्ताको खेलले प्रदेश र दलीय पद्धतिलाई नै कमजोर बनाउने उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

‘संघीयताको मर्म र भावनाविपरीत सामन्ती एकात्मक मानसिकता राखेर गठबन्धनको नाममा सत्ताको खेल भइरहनाले विश्वासको संकट हुने, दलीय प्रणाली र सघीयतालाई नै कमजोर बनाउने तथा राजनीति प्रति वितृष्णा पैदा हुँदै जाने देखिन्छ,’ शर्माले भनेका छन्, ‘जसका कारण देश र जनता कसैको पनि भलाइ हुन सक्दैन र जनतामा नैराश्यता बढ्दै जान्छ ।’

केन्द्रको अंकगणितको सोझो असर प्रदेशमा पर्दा स्वविवेक, स्वायत्ततता र स्वतन्त्रताको अभ्यास गर्न नपाएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । 

‘केन्द्रीय राजनीतिमा देखिएको अंकगणितको सोझो असर प्रदेशमा पर्ने जुन अवस्था देखिने गरेको छ । यसबाट कम्तीमा प्रदेशले आफ्नो स्वविवेक, स्वायत्तता र स्वतन्त्रता प्रयोग गर्न पाएमात्र वास्तविक अर्थमा संघीयतालाई बलियो बनाउन सकिन्छ’ उनले थपेका छन्, ‘अतः म अनुरोध गर्न चाहन्छु कि कर्णाली प्रदेशले कम्तीमा पनि संसदीय खेलमा एक मानक र पर्यादा कायम राख्न सकोस् । यसो गर्न चुक्दा हामी गणतन्त्र र संघीयतालाई असफल बनाउने कारक मात्र बन्नै छेनौं, बरु कर्णालीबासीको सुन्दर सपना र भविष्यमाथि पनि कुठाराघात गरिरहेका हुनेछौं ।’

विश्वासको मत लिनुपर्ने गरी बैठक आह्वान गरिए पनि परिवेश बदलिँदा आफूले पदबाटै राजीनामा दिनुपरेको शर्माले जानकारी गराए । 

‘बैठक सञ्चालन हुँदै गर्दा, रोस्ट्रममा आउँदै गर्दा विषय अलि फरक थियो । विश्वासको मत लिने कुरा थियो । तर परिवेश बदलियो । त्यो बदलिएको परिवेशअनुसार विश्वासको मत लिने परिवेश थियो । म प्रदेशसभामा विश्वासको मत लिन गइरहेको छैन,’ राजीनामा घोषणा गर्दै उनले भने, ‘पछिल्लो राजनीतिक परिस्थितिमा मैले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा रहिरहन उपयुक्त नदेखी आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको कुरा सभासमक्ष जानकारी गराउँछु ।’ 

केन्द्रीय समीकरणअनुसार एमालेले कर्णालीको मुख्यमन्त्री लिने भएपछि आफ्नै दल माओवादी केन्द्रकै दबाबमा राजीनामा दिनुपरेपछि शर्मा असन्तुष्ट बनेका छन् । अब आलोपालोमा एमाले र त्यसपछि माओवादीले कर्णालीमा सरकार बनाउने दाबी नेताहरू गरेका छन् । 

मुख्यमन्त्रीमा रहिरहन उपयुक्त अवस्था नभएको भन्दै शर्माले विश्वासको मत नै नलिइ बुधवार पदबाटै राजीनामा दिएको घोषणा गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x