×

NMB BANK
NIC ASIA

कांग्रेसको संसदीय बोर्ड बैठक

कांग्रेसले दोस्रो दिन पनि उपनिर्वाचनका उम्मेदवार टुंग्याउन सकेन, बिहीवार फेरि बैठक

काठमाडाैं | चैत २१, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसले दोस्रो दिन बुधवार पनि इलाम र बझाङका लागि उम्मेदवार टुंग्याउन सकेन । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ मा उम्मेदवार टुंग्याउन नसकेको हो । 

Muktinath Bank

‘इलाम र बझाङका लागि सिफारिस भएका नाममा हामीले छलफल गर्यौं । नाममा सहमतिनजिक पनि पुगेका छौं’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘आकांक्षीलाई राखेर सहमति जुटाउन केही समय लाग्ने भयो । बिहीवार बिहान ९ बजे संसदीय बोर्ड र दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवार टुंग्याउँछौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापति देउवाले इलामका लागि डम्बरबहादुर खड्का र बझाङका लागि अभिषेश सिंहको नाम प्रस्ताव गरेका थिए । 


Advertisment
Nabil box
Kumari

तर इतर पक्षले इलामका लागि भेषराज आचार्य र बझाङका लागि जगतप्रसाद जोशीको अडान लिएको छ । संस्थापनले इलाम लिए बझाङ इतर पक्षबाट उठाउनुपर्ने अडान उनीहरूको छ ।

Vianet communication

सभापति देउवाले प्रस्ताव गरेका खड्का यसअघिको निर्वाचनमा इलाममा ११४ मतले पराजित भएका थिए ।

इलाम–२ मा केशव थापा, रमेश लिङ्देन नगेन्द्र कुमाल, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ राईको नाम पनि सिफारिस भएको छ । 

बझाङमा पनि सिंह र जोशीबाहेक सत्यराज भण्डारी, विष्णुकुमार सिंह, नन्दकृष्ण जोशी, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा र नारायण हमालको सिफारिस भएको छ । 

इलाम– २ का लागि नेकपा (एमाले)ले सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाइसकेको छ । नेकपा (माओवादी केन्द्र)ले धीरेन्द्र शर्मालाई उम्मेदवार बनाउने निर्णय गरे पनि पछि एमालेलाई सघाउने निधो गरेको छ ।

यसअघि मंगलवार बसेको संसदीय बोर्डको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x