×

NMB BANK
NIC ASIA

दोधारमा लुम्बिनीका मुख्यमन्त्री: विश्वासको मत लिने कि राजीनामा दिने ?

बुटवल | चैत २२, २०८०

NTC
Premier Steels
Marvel

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । 

Muktinath Bank

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)का मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, उनले विश्वासको मतअघि नै राजीनामा दिने सम्भावना पनि छ । विश्वासको मत लिने कि राजीनामा दिने भन्नेमा उनी दोधारमै रहेको कांग्रेसकै नेताहरू बताउँछन् । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले दिउँसो १ बजे बस्ने पार्टी संसदीय दलको बैठकले विश्वासको मत लिने कि पहिले नै राजीनामा दिने भन्ने टुंगो लाग्ने बताए । ‘विश्वासको मत पाउने अवस्था देखियो भने मत लिनुहुन्छ । त्यो अवस्था रहेन भने पहिले नै राजीनामा दिने भन्ने टुंगो बैठकले लगाउँला,’ तिमिल्सेनाले लोकान्तरसँग भने । 

Vianet communication
Laxmi Bank

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका (सभामुखसहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् । राप्रपाका एकजना सांसद भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका छन् ।

यता माओवादी र नेकपा (एमाले)सहित दलहरूले केन्द्रीय समीकरणअनुसार माओवादीको नेतृत्वमा  सरकार गठन गर्ने तयारी गरेका छन् । नयाँ समीकरणअनुसार लुम्बिनीको नेतृत्व माओवादीले गर्ने केन्द्रमा सहमति भएको छ ।

चौधरी गएको वैशाखमा मुख्यमन्त्री बनेका थिए । त्यसअघि एमालेका लिला गिरी मुख्यमन्त्री थिए । एक वर्षमै अब अर्को सरकार बनाउने तयारी छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x